अख्तियारद्वारा दुई कर्मचारी नियन्त्रणमा

साउन २३, २०७५ काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना कर्मचारीलाई घुस लिँदा लिँदै नियन्त्रणमा लिएको छ। नापी कार्यालय काठमाडौंका दुई जना कर्मचारीलाई अख्तियारले १५ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो। अख्तियारले नापी कार्यालय कलंकीका नापी सर्वेक्षक हरिबहादुर ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। नागारजुन नगरपालिकाको विवाद मिलाइदिने भनेर उनीहरुले घुस लिएको अख्तियारले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको समेत अख्तियारले जनाएको छ।
source:thahakhabar.com

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.