बन्दले प्रदेश १ को जनजीवन प्रभावित

साउन २२, २०७५ धनकुटा : पूर्वमा क्रियाशील चार राजनीतिक दलले आह्वान गरेको प्रदेश १ बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। बन्दको प्रभाव प्रदेश १ का पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा बढी मात्रामा परेको छ। सुनसरी, मोरङ, झापा, इलाम, भोजपुर, सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगामा कम मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी कृष्ण प्रसाईले जानकारी दिए।

बन्दका कारण धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन्। अन्य जिल्लामा लामो दूरीका सवारी साधन चले पनि छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालनमा आएको डिएसपी प्रसाईले जानकारी दिए। आफूलाई पहिचानवादी राजनीतिक दलका रुपमा चिनाउने राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्वुवान पार्टी, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता पार्टीले बन्द आयोजना गरेको हुन्।

वि.सं. १८३१ साउन २२ गते गोरखा सरकार र लिम्बुवान सरकारबीच भएको सन्धिलाई कालो दिनको रुपमा स्मरण गर्दै २०६६ देखि हरेक वर्ष साउन २२ गते बन्द गर्दै आएको छ। बन्दमा लिम्बुवान जनता पार्टी, खम्बुवान राष्ट्रिय मञ्च, लिम्वुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्वुवान लोकतान्त्रिक पार्टी, लिम्वबवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्बुवान प्रान्तीय राष्ट्रिय मञ्चले ऐक्यवद्धता जनाएका छन्।

उनीहरुले एकीकरणको समयमा लिम्बुवानी जनतासँग भएको सम्झौता कार्यान्वयन नभएकाले बन्द गर्नु परेको राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य लोक आङलाले बताए।  बन्दमा एम्बुलेन्स, विवाह, मलामी, कुटनीतिक नियोग र प्रेसको सवारीसाधनलाई अवरोध नगर्ने बताइएको छ।

उजुरीमाथि जोशीकाे लिखित प्रतिक्रिया : राजनीतिक पूर्वाग्रहमा अस्वीकृत गरियो (पूर्णपाठसहित)

साउन २२, २०७५ काठमाडाै : संसदीय विशेष सुनुवाइ समितिबाट अस्वीकृत भएका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफूमाथि परेका उजुरीहरूको बारेमा लिखित जवाफ सार्वजनिक गरेको छन्। जोशीले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर अस्वीकृत गरिएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन्। जोशीको निजी सचिवालयले जोशीको प्रतिक्रिया सार्वजनिक गरेको हो।

यस्तो छ जोशीको प्रतिक्रिया  

संसदीय  सुनुवाइ  विशेष  समितिमा  प्रस्तावित  प्रधानन्यायाधीश दीपकराज जोशीउपर परेका उजुरी  र समितिको  निर्णयमा  निम्नलिखित  अवस्था सार्वजनिक गर्न उचित  रहेकोले  कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको निजी सचिवालयबाट कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको  निम्न प्रतिक्रिया सार्वजनिक गरिएको छ:

१. प्रधानन्यायाधीशको पदका प्रस्तावित व्यक्तिले प्रधान न्यायाधीशको  पदमा  नियुक्त  भएमा  के कसरी  जिम्मेवारी निर्वाह गर्ने हो भन्ने सन्दर्भमा ठोस अवधारणा र कार्ययोजना पेस  गर्न  नसकेको  भन्ने  आरोप  पूर्वाग्रही  र द्वेषपूर्ण  रहेकोले सो विषय स्पष्ट पार्न चाहान्छु। मैले सुनुवाइको क्रममा पेस गरेको ४४ पेजको लिखित ४४ बुँदे कार्ययोजना नै वास्तवमा मेरो कार्ययोजना हो भन्ने विषय घामजत्तिकै छर्लंग हुँदाहुँदै मैले कार्ययोजना प्रस्‍तुत गर्न नसकेको भन्ने आरोप आफैँमा पूर्वाग्रही भएको स्पष्ट छ।

२. सुनुवाइका क्रममा आमनागरिकबाट मेरो विषयमा सार्वजनिक रूपमा समितिमा परेका उजुरीको विषयमा उचित जवाफ नदिएको भन्ने जवाफका सन्दर्भमा  मैले  सुनुवाइ समितिमा आफ्ना कुराहरू राखिसकेकोमा जवाफ नदिएको भनी राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप आधारहीन छ। तीमध्ये कतिपय उजुरीको विषय अदालतमा विचाराधीन  मुद्दासँग सम्बन्धित  रहेकाले  ती विषयमा  मेरा धारणाले विचाराधीन मुद्दामा समेत प्रभाव पार्नसक्ने भएकाले मैले जवाफ  नदिएकोमा सो को  मर्मलाई गलत अर्थ लगाई जवाफै नदिएको भन्नु पूर्वाग्रही सोचको पराकाष्ठा हो।

३. प्रस्तावित  व्यक्तिले अध्ययन गरेको संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरु सन्देहात्मक रहेको भन्ने आरोपको मैले यसअघि मिति २०७५-०४-१९  मा  नै  सार्वजनिक गरेको  तथ्यगत जानकारीसहितको  प्रेस विज्ञप्तिमा  सम्बन्धित निकायबाट अध्ययन अनुसन्धान गर्न आग्रह गरिसकेको छु। मेरा प्रमाणपत्रहरूको अवस्था के हो भन्ने विषय अध्ययनबाटै स्पष्ट हुने अपेक्षा मैले सार्वजनिक गरिसकेको छु।

४. प्रस्तावित  व्यक्तिले  सार्वजनिक आचरण र विगतको  काम कारबाहीका सम्बन्धमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरूबाट लिखितरूपमा टिप्पणी  भएको  पाइयो र सर्वाेच्च अदालतमा रहेर कार्य सम्पादन गरेको र नेपालको न्यायप्रणालीलाई योगदान दिन एवं न्यायपालिकालाई स्वतन्त्र, सक्षम र प्रभावकारी एवं   विकृतिविहीन बनाउने सन्दर्भमा कुनै योजना नभएको भन्ने निष्कर्ष वस्तुपरक नभई आत्मपरक रहको  स्पष्ट  छ। मैले  सुनुवाइका क्रममा दोषी देखिए कारबाही  गर्छु  भन्ने  धारणा  सार्वजनिक  गरिसकेको सन्दर्भमा हालैका दिनमा मैले सर्वाेच्च अदालतको नेतृत्व सम्हालेपछि परेका उजुरीका सम्बन्धमा भएको अनुसन्धान तथा   कारबाहीहरूबाटै स्पष्ट हुन्छ। सम्पत्ति विवरण नबुझाउने  न्यायाधीशहरूलाई  समेत न्यायपरिषद्ले जरिवाना गर्ने निर्णय यसको कार्यगत जवाफ हो।

यसका  साथै  निम्न बमोजिमका मुद्दामा मैले निम्नबमोजिमको फैसला गरेको विषयलाई समेत नजरअन्दाज गरिएको छ। एउटा न्यायाधीशले गरेको फैसलाको  विषयमा  मैले  यो  यो  विषयमा  यो यो फैसला गरेँ र यो यो विषयमा राज्यलाई यो-यो फाइदा भयो वा घाटा भयो भनी स्पष्टीकरण दिनुपर्ने विषय आफैँ प्रश्नयोग्य छ।  न्यायाधीशले गरेका कामबाट  राज्यलाई  यति  फाइदा  भयो  वा यति घाटा भयो भनेर हिसाबकिताब गरिनु कतिसम्म जायज हो भन्ने  विषयमा  जबसम्म  सोच्ने  दिन  आउँदैन तबसम्म  देशमा न्यायको   परिकल्पनासम्म पनि गर्न सकिँदैन।

यथार्थमा न्यायाधीशले  गरेको  कामबाट  न्याय  पर्‍यो  कि  परेन  भन्ने  विषय हेर्नुपर्नेमा  सोसमेत  विचार नगरिएको  कार्य  गलत  रहेको  समेतस्पष्ट पार्न चाहन्छु।

क. बेल्लीज  नेपाल  प्रा.लि.(मल्ल  होटलमा  सञ्चालनमा  रहेको  क्यासिनो) को    निवेदनमा अन्तरिम आदेश मिति २०७४-०९-२३ मा जारी भएकोमा निवेदकले   मिति २०७५-०३-१३ मा निवेदन नै फिर्ता लिई मुद्दा टुंगिएको। र, निवेदकहरूले क्यासिनोको बक्यौताबापत राज्यलाई राजस्व रु ९ करोड  भुक्तानी  गराइएको  विषयसमेत  स्पष्ट  पार्न चाहन्छु।

ख. हदबन्दीभन्दा  बढी भएको  भनिएको गैरआवासीय नेपाली संघ सम्बन्धित रहेको उत्प्रेषण मुद्दामा माननीय  न्यायाधीश श्री दीपकराज जोशी र माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाबाट मिति २०७४-०५-११  मा अन्तरिम  आदेश भएको  र उक्त मुद्दामा मिति २०७४-०७-०१ मा प्रमाण मुकररको आदेश भई उक्त आदेशानुसार मिसिलहरू प्राप्त हुने क्रममा  रहेकोले उक्त  मुद्दा  विचाराधीन अवस्थामा रहेकोमा सो  विषयमा न्यायाधीशको  हैसियतले थप प्रस्‍ट पार्न  मिल्ने कुनै स्थान नरहेको व्यहोरा स्पष्ट छ।

ग. रवीन्द्र भन्ने रवीन्द्रलाल श्रेष्ठको भ्रष्टाचार मुद्दा मिति २०७४-०७-१७ मा पुनरावलोकनको  लागि निस्सा प्रदान भई  मिति २०७४-०५-७  को  पेशी  तारेख  रही  प्रस्तुत  मुद्दा कारवाहीयुक्त अवस्थामा रहेको छ।  अदालतमा विचाराधीन रहेको विषयमा चर्चा गर्नु  उचित हुँदैन भन्ने  कुरा आफैँमा स्पष्ट छ।

घ.जनज्योति मा.वि. भिमादको  मुद्दामा तत्कालीन प्रधानन्यायाधीश श्री सुशीला कार्की  र मा.न्या श्री गोपाल पराजुलीबाट मिति २०७३-०१-२९  मा मेलमिलापमा पठाएकोमा  सो मुद्दा मेलमिलाप हुन नसकी उक्त मुद्दा कारबाहीयुक्त अवस्थामा रहेकोले सो मुद्दाका विषयमा न्यायाधीशको हैसियतले कुनै कुरा भन्न नमिल्ने व्यहोरासमेत स्पष्ट पार्न चाहान्छु।

ङ.  विशाल बजार कम्पनी लि.विरुद्ध पूर्णमान महर्जनसमेत भएको उत्प्रेषण मुद्दामा  मा.न्या.  श्री  तेजबहादुर  के.सीद्वारा  मिति २०७४-१०-१०  मा अन्तरिम आदेश  जारी  भएको। उक्त मुद्दामा सबै विपक्षीहरूको लिखित जवाफ परेकोले  माननीय न्यायाधीश  श्री  हरिकृष्ण  कार्की  र  मा.न्या.  श्री  आनन्दमोहन भट्टराईबाट  मिति  २०७४-१२-२८  को  आदेशानुसार  पूर्ण सुनुवाइको अवस्थामा रहेकोले सो विषयमा समेत न्यायाधीशले कुनै कुरा भन्नु उचित नहुने व्यहोरासमेत जानकारी गराउँदछु।

च. भ्याली  लिंक प्रा.लि.विरुद्ध  प्रधानमन्त्रीको कार्यालयसमेत भएको लगाउमा रहेको क्यासिनो ग्राण्डसमेत रहेको मुद्दामा मिति २०७५-०४-१६  मा पेशी तारेखमा  रही  कारबाहीयुक्त अवस्थामा रहेकोले सो विषयमा समेत न्यायाधीशको हैसियतले कुनै धारणा बनाउन तथा सार्वजनिक गर्न नमिल्ने व्यहोरासमेत स्पष्ट पार्न चाहन्छु।

छ.  रामप्रसाद  उपाध्याय  भट्टराईविरुद्ध मालपोत कार्यालय डिल्लीबजारसमेत  भएको  मुद्दामा  पुनः  निर्णय  गर्नु  भनी मालपोत  कार्यालय  डिल्लीबजारमा  मिसिल  फिर्ता  पठाएको। उक्त  मुद्दा  नं.  2067-WO-1167   को  उत्प्रेषण  मुद्दा  मिति २०७२-११-०९  मा  फैसला  भएकोमा  अदालतले मालपोत कार्यालयलाई नै निर्णय गर्नु भनिएको  विषयमा  अदालत  र न्यायाधीशलाई   दोषी देखाइनु कति उचित हुन्छ भन्ने विषयमा विचार गर्न आग्रह गर्दछु।

यसका  अतिरिक्त  माननीय  सभासदज्यूहरूबाट न्यायालयमा भइरहेको भ्रष्टाचारका विषयमा कुनै कुरा आएन भन्ने सन्दर्भमा मैले आफ्नो धारणा सार्वजनिक गरिसकको स्पष्ट छु। भ्रष्टाचारको विषय न्यायाधीशले फैसलामा  बोल्ने  विषय  हो भन्ने  कुरालाईसमेत  गलत अर्थ लगाई अन्यथा धारणा बनाउनु कतिसम्म उचित हो भन्ने विषयसमेत विचार नगरिनुले  मप्रति शक्तिमा  रहेका व्यक्तिहरू  राजनीतिक  र  वैचारिक पूर्वाग्रहबाट गरिएको स्पष्ट छ।

इलामको   पुनरावेदन अदालतमा न्यायाधीश हुँदा झापा जिल्ला अदालतको गाँजासम्बन्धी मुद्दा पनि जोशीले उल्टाएका थिए भन्ने अर्काे उजुरीका सम्बन्धमा न्याय परिषदमा उजुरी  परी  सो विषयमा न्यायपरिषद्ले  गरेको  निर्णय  न्यायपरिषद्को अभिलेखमा सुरक्षित रहेको व्‍यहोरासमेत स्पष्ट पार्न चाहन्छु। सो विषय अगाडि बढाउन  उचित  नरहेको  भन्नेसमेत न्यायपरिषद्को  निर्णयमा उल्लेख भएकोमा सोही आधारमा ममाथि कुनै धारणा बनाइनु कुनै पनि हिसाबले स्वाभाविक नरहेको स्पष्ट छ।
source:thahakhabar.com

आफ्नै छिमेकीलाई दाउराले हानेर मार्ने ५५ बर्षिया उमा एक वर्ष पछि पक्राउ

प्रेम सुनार

साउन २१ । अर्घाखाँचीमा एक वर्ष अघि घरमा मृत फेला परेकी एक बृद्धाको हत्या भएको खुलेको छ । त्यहाँको प्रहरीले हत्या अभियुक्त एक महिलालाई आईतवार पक्राउ गरी म्याद थप समेत गरेको छ । २०७४ साल असोज ३ गतेका दिन छत्रदेव गाउँपालिका वडा नम्वर ७, साविक भगवती गाविसको काउले की ६४ बर्षिया बृद्धा श्यामकला पाण्डे घर भित्र रक्त्ताम्मे अवस्थामा मृत फेला परेकी थिईन ।

उनलाई छिमेकी महिला ५५ वर्षिया उमा पाण्डेले दाउराले हानेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । डिएसपी मल्लले भने–‘त्यसको केहि समय अघि ति बृद्धाको घरबाट बग्ने कुलेसो तल अभियुक्त महिलाको घरबाट बग्ने र त्यस विषयमा झगडा भएको हत्याको पहिलो कारण देखिन्छ । त्यस भन्दा अघि ति बृद्धाले उमा पाण्डेका श्रीमान शोभाखर पाण्डेलाई जग्गाको बैना लिएर पछि अर्कैलाई उक्त जग्गा बेचेको रिस पनि देखिन्छ ।’

मल्लले हिजो अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी बढाएको बताए । हत्याको उक्त दिन ति बृद्धा लडेको स्थानमा रगतको पोखरी थियो । उनले छोडाउँदै गरेका मकै समेत रगतमा डुवेका थिए । अघिल्लो दिन छोराहरु घरमा आई बावुको तिथी गरेर त्यसै दिन विहान बुटवल तर्फ फर्केका थिए । उनि घरमा एक्लै बस्दै आएकी थिईन ।

source:deuralifm.com

अर्घाखाँचीका युवाको मलेसियामा सवारी दुर्घटनामा मृत्यु

साउन २१
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७, साविक नुवाकोटको घोराखोरीका एक युवाको मलेसियामा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
नुवाकोटको घोराखोरीका गुन बहादुर रोकाका २६ वर्षिय छोरा मदन रोकाको मलेसियाको सेलानगर दारुल एह्सानमा आफुले काम गर्ने सेरी उलुलाङत पाल्म ओल्ड मिल कम्पनीको गाडीको ठ्क्करबाट जुलाई ३१ गते घटनास्थानमा मृत्‍यु भएको हो ।
मदनको शब आईतबार दिउसो १२ बजे नेपाल ल्याइएको छ ।  मदन ४ वर्षदेखि वैदशिक रोजगारीका सिलसिलामा मलेसियामा थिए ।
अविबाहित मदन दसैं मनाउन नेपाल आउने तयारीमा थिए । उता मलेसिया स्थित नेपाली राजदुताबासले कम्पनीबाट पाउने क्षतिपुर्तीका लागि पहल गर्ने बताएको छ ।

‘हुँदा’ सबै ‘नहुँदा’ एक्लै (पढ्नुहोस हृदय विदारक कहानी)

'हुँदा' सबै 'नहुँदा' एक्लै !

सन्धिखर्क sसाउन २२ : सन्धिखर्क नगरपालिका–२ भद्रीखोला निवासी २५ वर्षीया पुनम वादी (पासवान) सन्धिखर्क जिल्ला अस्पतालको प्रसुति वार्डमा अलपत्र अवस्थामा छन्। न उनीसँग सरकारले दिने सुविधा पाउन नेपाली नागरिकता छ, न बस्ने बाँस न त खाने गाँस नै।

जेठाजु र देवरले श्रीमान्को हत्या गरेपछि उनको मायाको चिनोलाई धर्तीमा टेकाउने समयमा बिरामी परेपछि आर्थिक अभावमा परेकी उनलाई अरूले सहयोग गरेर अस्पतालमा भर्ना गरेका हुन्।

११ वर्षअघि उनको १४ वर्षको कलिलो उमेरमा कपिलवस्तु बहादुरगञ्ज सुरानियानिवासी शंकर पासवानसँग प्रेम विवाह भयो। एक छोरा र दुई छोरी जन्मिए। तर श्रीमान् शंकरले हेला गर्ने, खान नदिने गर्दै वास्ता गर्न छाडें पुनमलाई।

मान्छेको मन न हो, त्यो कुरा पुनमको श्रीमान्लाई चित्त बुझेन। अनि अनेक शंका गर्न थाले श्रीमान् नै। गाली गर्न थाले। त्यो कुरा बाहिरी समाजसम्म पुग्यो। दुईपटक गाउँ भेला भयो। गाउँलेले ‘यस्तो हुनै सक्दैन ऊ भारत छ भाउजूलाई पैसा पठाइदिनु के नराम्रो कुरा भयो र ?’ भनेर सम्झाए। तर शंकरको मनमा शंकाले जरा गाडिसकेको थियो।

दाइले भाउजुलाई वास्ता गर्न छाडेको थाहा पाएपछि उनका देवर प्रेम पासवानले भारतबाट केही रकम पठाइ दिन थाले। भाउजूलाई उनले ‘चिन्ता नगर्नुस्, छोराछोरी राम्रोसँग पाल्नुस्’ भनेर सम्झाउन थाले।

मान्छेको मन न हो, त्यो कुरा पुनमको श्रीमान्लाई चित्त बुझेन। अनि अनेक शंका गर्न थाले श्रीमान् नै। गाली गर्न थाले। त्यो कुरा बाहिरी समाजसम्म पुग्यो। दुईपटक गाउँ भेला भयो। गाउँलेले ‘यस्तो हुनै सक्दैन ऊ भारत छ भाउजूलाई पैसा पठाइदिनु के नराम्रो कुरा भयो र ?’ भनेर सम्झाए। तर शंकरको मनमा शंकाले जरा गाडिसकेको थियो।

अन्ततः भारतबाट देवरलाई झिकाएर उनीहरूलाई गाउँ निकाला गरे। गाउँ निकाला गर्दा उनीहरू छोराछोरी छोडेर भारततर्फ लागे। ‘भारत गएर हामी चार÷पाँच महिनासम्म पवित्र रूपमा देवर भाउजुको रूपमा बस्यौं’, पुनमले अन्नपूर्णसँग भनिन्, ‘तर यो कुरा कसैले पनि पत्याउन सक्ने अवस्था थिएन। त्यसपछि हामी श्रीमान् र श्रीमतिका रूपमा अगाडि बढ्यौं।’

छोराछोरीले दुःख पाएको थाहा पाएर नेपाल फर्किए उनीहरू। छोराछोरी लिएर सन्धिखर्क–५ बलेबाङ खोलामा बालुवा गिट्टीको काम गर्न थाले। उनका अनुसार, अर्का साइला जेठाजु पनि हामीनजिकै काम गर्थे।

पुनमका पहिलाका पतिले सन्धिखर्क–१० बिहारको इट्टाभट्टामा काम गर्थे। ‘उहाँले मसँग फेरि आएर छोराछोरीले दुःख पाए, अब मिलेर फेरि पति पत्नी भएर बसौं भनेर प्रस्ताव गर्नुभयो’, उनले सुनाइन्, ‘तर त्यो समय अत्यन्तै ढिलो भएको थियो। किन कि निजका भाइको पेटमा बच्चा बनेको अबस्थामा मैले मान्ने कुनै कुरै थिएन।’

पुनमले प्रस्ताव नमानेपछि मेरा पति (पहिलो) र निजको भाइ कृष्ण पासवानले आफ्नै भाइ मारेर मलाई श्रीमती बनाउने मनसाय राखे। दुई भाइले मेरा पतिलाई मार्ने योजना बनाए।

‘अन्ततः साँझ एक्कासि हामी बस्ने प्लास्टिकको छाप्रोमा आई उनीहरूले चक्कु प्रहार गरे, लिभरले हाने। उहाँ गुहार माग्दै भाग्नुभयो’, गहभरि आँसु झार्दै पुनमले भनिन्, ‘पछि जंगलबाट घाइते अवस्थामा जिल्ला अस्पताल ल्याउने क्रममा उहाँको मृत्यु भयो।’

२०७४ माघ २५ गते बिहान बज्रपात परेको कालो दिन सम्झँदै उनले भनिन्, ‘शंकर र कृष्ण दुई भाइले बिहानैदेखि खुकुरी उदाउने चक्कुमा साँध लगाउने गर्नुभएको थियो। मैले सोधे, के काट्नु हुने हो र ?’

पुनमले सोधपुछ गर्दा ‘भरे भाले काट्ने हो’ भनेर भनेपछि आफूलाई पनि एक÷दुई सयको मासु राखिदिन अनुरोध गरिन्। दिउँसोदेखि ‘भाइ–भाइ झगडा गर्ने कि तु मरेगा, कि हम मरेगा’ भन्दै जिस्कने हाँस्ने अनि सामान्य रूपमा लड्ने गर्न थाले।

यी सबै दृष्यले शंका लागेर जिल्ला प्रहरी र पाली प्रहरीलाई फोन गर्दा जिल्ला प्रहरी कार्यालय आउनुहोस् भनेर प्रहरीले अनुरोध ग¥यो। घटनाप्रति प्रहरीले हेलचेक्र्याई देखाएको  पुनमको भनाई छ।

‘अन्ततः साँझ एक्कासि हामी बस्ने प्लास्टिकको छाप्रोमा आई उनीहरूले चक्कु प्रहार गरे, लिभरले हाने। उहाँ गुहार माग्दै भाग्नुभयो’, गहभरि आँसु झार्दै पुनमले भनिन्, ‘पछि जंगलबाट घाइते अवस्थामा जिल्ला अस्पताल ल्याउने क्रममा उहाँको मृत्यु भयो।’

प्रेमको हत्या गर्ने दुवै दाजुभाइ २० वर्ष कैदको भुक्तानका लागि कारागार चलान भइसकेका छन्। निज पुनम अहिले एक छोरा र दुई छोरीका साथ भद्रीखोलामा भाडा तिरेर बसेकी छन्  । उनी अब न घर जान सक्छिन्। न उनीसँग सरकारले दिने सुविधा पाउन नेपाली नागरिकता छ। न बस्ने बाँस छ न त खाने अन्न नै।

‘दानीलाई हानी हुँदैन। सेवा नै धर्म हो, मरेर कसैले लिएर जाने होइन, प्रत्यक्ष रूपमा पुण्य कमाउने काममा विगत वर्षजस्तै यसपटक पनि सहयोगको अपेक्षा गरेको छु’, अभियानकर्ता बिसीले भने।

केही दिनअघि पुनम बिरामी परेर मरणाशन्न अवस्थामा पुगिन्। बिरामी भएको खबर सन्धिखर्कका समाजसेवी सहयोगी बिसीले थाहा पाए। समाजसेवामा वर्षौंदेखि लागेका दीनदुःखीको सेवामा तल्लीन बिसीले जिल्ला अस्पतालको प्रसुति कोठा नं.–१ मा भर्ना गरेका छन्।

बिसीले भने, ‘जिल्ला अस्पतालबाट हुन सक्ने सबै सुविधा पाउँदा पनि अन्य औषधि खरिद, विभिन्न परीक्षणलगायत डेरामा रहेका बालबच्चाको निम्तिसमेत व्यवस्थापन गर्नुपर्ने अवस्था भएकोले सामाजिक सञ्जालमार्फत सहयोग मागेका छौं।’

‘दानीलाई हानी हुँदैन। सेवा नै धर्म हो, मरेर कसैले लिएर जाने होइन, प्रत्यक्ष रूपमा पुण्य कमाउने काममा विगत वर्षजस्तै यसपटक पनि सहयोगको अपेक्षा गरेको छु’, अभियानकर्ता बिसीले भने। सहयोगका लागि ९८५७०२८२१३ मा प्रत्यक्ष सम्पर्क गर्न सकिने उनको भनाई छ।

(अर्घाखाँचीका पत्रकार प्रेम आचार्यले लेखेको यो समाचार हामीले अन्नपूर्ण पोष्ट डटकमबाट साभार गरेका हौं ।)