ललितपुरको ज्वागल स्थित व्यस्त सडकमा बम फेला

काठमाडौं साउन २९– अपरिचित समूह ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा संकास्पद बस्तु छाडेर भागेको छ। मंगलबार केहिबेर अघि बीच सडकमा संकास्पद प्रेसर कुकर राखेर ती समूह युएन पार्कतर्फ भागेको प्रत्यक्षदर्शीले बनाएका छन् ।

सो संकास्पद बस्तु  सडकमा राखिएसँगै ज्वागल क्षेत्रको यातायात प्रभावित बन्नुका साथै स्थानीय त्रसित देखिएका छन् ।

यसैबीच एकाएक बम राखेर अपरिचित समूह  भागेसँगै  घटनास्थल नजिकै गुड्दै गरेको बा८९प  ७४६९ नम्बरका स्कुटर चालक दुर्घटनामा परेका छन् । उनलाई सामान्य चोट लागेको बताइएको छ ।

नेपाली  सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुग्ने क्रममा रहेको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा बम भेटिएकाले सो संकास्पद बस्तु पनि विप्लव समूहले नै राखेको आशंका गरिएको छ ।

झापामा बम विष्फोट, विप्लवका दुई कार्यकर्ता पक्राउ

साउन २९, २०७५ झापा  : झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ ।

ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए ।

 बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ ।

जिल्लाको दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

source:annapurnapost

नेपाल बन्दले बिहानै देखी अर्घाखाँचीको जनजीवन प्रभावित

IMG_20180513_134557
श्याम घिमिरे साउन २९ अर्घाखाँची
नेकपा (विप्लप) समुहले आयोजना गरेको नेपाल बन्दको कारण मंगलबार विहानै देखि अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत बिभिन्न स्थानको जनजीवन पुर्णरुपमा प्रभावित भएको छ ।

IMG_20180513_134551
बन्दका कारण विहानै देखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, उद्योगधन्दा तथा शिक्षण संस्थाहरु पुर्ण रुपमा ठप्प रहेका छन । बजारमा बन्द कर्ता भने बजारमा देखिएका छैनन् । नेकपाले आफ्ना पार्टीका स्थाथी समिति सदस्य तथा प्रबक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड लगायत केन्द्रिय नेतालाई विना कारण प्रकाउ गरेको भन्दै रिहाईकोे माग गदै आज नेपाल बन्दको धोषणा गरेको हो ।

IMG_20180513_134546

शवभित्र सर्प र भ्यागुता छ भनेर चिर्ने व्यक्ति पक्राउ

साउन २७, २०७५ गोरखा : धार्चे गाउँपालिका ६ स्थित काशीगाउँका भीम गुरुङको शवलाई काट्ने र महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने रोशन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। मीनकुमारी गुरुङको जाहेरीको आधारमा प्रहरीले रोशनलाई पक्राउ गरेर मुद्दा चलाएको छ।

शनिबार पक्राउ परेका गुरुङको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मीनाले रोशनका अलवा आइतीमाया गुरुङ, मीनमाया घले र ठूली गुरुङले आफू र आफ्नी आमा काली गुरुङलाई बोक्सीको आरोप लगाएको र कुटपिट समेत गरेको भन्दै गत साउन २० गते जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा प्रहरीले रोशनलाई पक्राउ गरेको हो। अन्य अभियुक्त पनि खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र नेपाल र आरुघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा गएको प्रहरीको टोलीले रोशनलाई घरबाटै पक्राउ गरेको हो। रोशनलाई घरबाटै पक्राउ गरिएको एसपी बिमल बस्नेतले जानकारी दिए । रोशन गुरुङले स्थानीय भीम गुरुङको शवभित्र बोक्सीले सर्प, भ्यागुता, छेपारो हालिदिएको भन्दै दाहसंस्कार गर्न चिहानडाँडा पुर्‍याएको शव गत शनिबार घरेलु हतियार प्रयोग गरी चिरेका थिए।

साथै आफूहरूमाथि भीम गुरुङलाई बोक्सी लगाई मारेको आरोप लगाएको भन्दै पीडित परिवार प्रहरीको सम्पर्कमा पुगेपछि गाउँले काली गुरुङ, मीनकुमारी गुरुङ लगायतमाथि हातपात गरेका थिए। घटनाबारे बुझ्न गएको प्रहरी टोलीमाथि पनि गाउँलेले हातपात गरेका थिए। यसअघि रोशनलाई नियन्त्रण गर्न गएको प्रहरीको टोलीलाई गाउँलेहरूले नै कुटपिट गरी फिर्ता पठाएका थिए।
source:hahakhabar.com

भक्तपुरको लोकन्थलीमा भेटिएको बम सेनाद्वारा ‘डिस्पोज’

साउन २९, २०७५ भक्तपुर : भक्तपुरको मध्यपुर ठिमी–१, लोकन्थलीमा बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।  मंगलबार सबेरै लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्प नजिक सर्भिस ट्र्याकमा रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर राखेको पाइएको थियो। खबर पाएसँगै नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको हो। स्थानीयले रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई खबर गरेका थिए। खबर पाउनेबित्तिकै घटनास्थल पुगेको सेनाको टोलीले बम निस्क्रिय पारेको हो। बम निस्क्रिय पारेपछि उक्त क्षेत्रमा सवारी सञ्चालन सहज भएको छ।