करलाई बैज्ञानिक र व्यवहारीक बनाउनु पर्ने

बुटवल, भदौ ४ 
सरकारले लगाएको कर अबैज्ञानिक र चर्को भएकोले बैज्ञानिक ढंगवाट कर समायोजन गर्न सरोकारबालाहरुलेमाग गरेका छन् । उनीहरुले प्रदेश र स्थानीयसरकारले बृद्धि गरेको करले सर्वसाधारणमारमा परेकोले करको दर नभइदायरा बढाउनुपर्ने बताए । करलाई बैज्ञानिक र व्यवहारीकबनाउनु पर्ने माग गरे ।

रिपोर्टर्स क्लवप्रदेश पाचँले आज बुटवलमा आयोजनाका गरेको साक्षात्कार कार्यक्रममाबोल्दै आर्थिक मामिलातथा योजनामन्त्रालयका सचिबथानेश्वर गौतमले मुलुकमाबित्तिय संघीयता अबलम्बन गरेको स्मरण गराउदै करको बारेमा सचेतनामुलकशिक्षा जरुरी रहेको बताए । संघीयतालाइ खराबभन्नथालिएको छ यसलाईब्यबस्थितगर्न जरुरी रहेको बताए ।उनले भर्ने कानुनबिपरित कतिपयनगरपालिकाहरुमाशुल्कलिइएको हल्ला सुनिएको छ यदित्यस्तो रहेछ भने प्रदेश ५ सरकारले यसलाइनियमनगर्दछ ।उनले देशमानयानीतिलिदाअलीकमहंगो हुनु स्वभाबिकभएकोले संघीयताको अहिले नै मुल्यांकनगर्न नहुने बताए ।यसलाई सहि मार्गमा लैजानको लागि सवै पक्षजिम्बेबार हुनुपर्ने बताए ।

छत्रदेब गाउपालिका अर्घाखांचीकाअध्यक्षलेखनाथपोखरेलले स्थानीयतहमापनि फरकफरक नीति देखिएको बताए ।उनले केहीनगर र गाउँपालिकाहरु कारणले सबै स्थानीयतहले कर जनतामाराबनाए जस्तौ देखीएपनिवास्तविकतानभएको दावी गरे ।

गाउँपालिकाहरुले पहिलाजनतालाई आयस्रोत बढाउनको तर्फ ध्यानदिनुपर्ने भन्दै करको दायरमाल्याउनु पर्ने बताए
। उनले स्थानीयतहले मात्रै सवै कर बृद्धि नगरेको केही जरिमानपनि करको रुपमाबुझेको बताए ।उनले भर्ने कर तिर्न योग्यबनाउनकालागिहामीलागेका छौं,हाम्रो आयु ४ बर्षको मात्रै आयु हो ,भोलीकोे हैसीयत के हो त्यो सम्झनुहोला ।उनले जनप्रतिनिधिलाइआग्रह गरे ।

तिलोत्तमानगरपालिकाकाप्रमुखप्रशाशकियअधिकृत कृष्ण प्रसाद सापकोटाले आफ्नो नगरपालिकाले कर बृद्धि गरेको हल्लाआएपनिआफुहरुले १२ प्रकारका छुट दिएको बताएका छन् ।
उनले तिलोत्तमाआएका करको सवै नकारात्कबिषयलाई मात्रबुझ्न नहुने बताए । बिषयगत बृहत छलफल गरी कर नगरपालिकाभित्रलागु गरीएको बताए ।

नेपालीकांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले अहिले बुटवलमा उपमहानगरपालिकाले कर जनताको आयस्रोत विना , भौतिकपुर्वधार विकास विनालागएको बताए ।

उनले बुटवलमा औषधिमा साढे सात सयप्रतिशत ,घरबहालमा ४ सय प्रतिशतसम्म,हाटबजारमा तरकारी बेच्नेले सम्म बृद्धि भएको तत्काल समायोजन नगरे कडा आन्दोलनगर्ने चेतावनीदिए ।

उनले करबृद्धि सबैदलको सहमतिमागर्नुपर्ने र करलाइजुन क्षेत्रबाट हो त्यहि क्षेत्रमालगाउनआग्रहगरे ।
उनले बुटवलमा नेपालीकाग्रेसले १ बर्ष सम्मपर्ख र हेरको स्थितीमा वसेपनि कर मनोपोली ढंगबाट बृद्धि गरेपछि बाध्यभएर सडक आन्दोलनजानु परेको बताए ।

बुटवल बहुमुखीक्याम्पसका सहप्राध्यापक नुरजंग केसीले कर तिरेको अनुभुतीजनतालाइहुननहुने बताए। उनले कर तिर्दा जनताले गर्व गर्ने बाताबरणमा मात्रै करको भ्यालु हुने भन्दै बुटवलउपमहानगरपालिकाले अस्वाभिक ढगँले कर बृद्धि गरेको बताए । उनले बुटवलमा कर आतंक सृजनाभएको बताए ।

करदानक्षमताको आधारमा कर लगाउनु जरुरी रहेको तर मकै पौल्ने देखीकुखुराको मासु काटेर बेच्चे सम्मलाई एउटै डालोमाहालेर नगरपालिकले कर लिएको बताए । रिपोटर्स क्लवप्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामाभएको कार्यक्रमको संचालनकपिल ज्ञवालीले गरेकाथिए ।

परिवर्तन रेडियो श्रोता समुह सन्धिखर्क १ हटारीको बैठक सम्पन्न

सन्धिखर्क एफएम भाद्र,४ अर्घाखाँची
परिवर्तन रेडियो श्रोता समुह सन्धिखर्क १ हटारीको बैठक सम्पन्न भएको छ । पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा गठित श्रोत समुहको बैठकले रेडियो कार्यक्रम साझा बोलीलाई नियमित रुपमा सुन्दै सकारात्मक पक्षलाई समाजमा लागु गर्न पहल गर्ने निर्णय पनि गरेको छ ।
बैठकले भाद्र १५ गते युवा वर्ष जनता रबिचित्र माविमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले सुशासन र जवाफदेहिताको क्षेत्रमा समाजिक गतिबिधीलाई तत्परता दिन सन्धिखर्क नगरपालिकाको १ नम्बर वडा कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । कार्यक्रममा प्राचार्य टेकराज आचार्य, संस्थाका अध्यक्ष हृदयकमार भुसाल, कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ, सामुदायिक सञ्चारकर्मी रुद्रमणी भुसाल, शिक्षक रोमा आचार्य, मणि आचार्य लगायतको आथित्यता रहेको थियो । कार्यक्रम श्रोता समुहका अध्यक्ष सुजता पाण्डेको अध्यक्षता, सचिव अप्सरा थापाको सञ्चालन र उपाध्यक्ष प्रचलन भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य हुनुपर्छ-छैठौं उपाध्यक्ष कुँवर

श्याम घिमिरे ,सन्धिखर्क एफएम भाद्र १

अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।मुलुकमा दिन प्रतिदिन बलत्कार,लैङ्गिक हिंसा,चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा केहीहद सम्म बेरोजगारीले पनि साथ दिएको छ, उपाध्यक्ष कुंवरले भन्नुभयो यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्दछ ।

अखिल छैठौं प्रदेश ५ को आज कपिलवस्तुमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । समाजमा घट्ने यस्ता अपराधिक गतिबिधि रोक्न युवा बिद्यार्थीले सचेतना अभियान संचालन गर्नुपर्नेमा पनि उहांको जोड रहेको छ ।

प्रदेश कमिटी अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष सुमन भण्डारीको स्वागत मन्तव्य र सचिव सुरेश आचार्यको संचालनमा सम्पन्न बैठकले आगामी असौज २६,२७ र २८ गते झापाको बिर्तामोडमा हुन लागेको संगठनको २१ औं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल पार्न यस प्रदेशका १२ वटै जिल्लामा सांगठनिक गतिबिधिलाई तिब्र पार्ने निर्णय गरेको छ ।

जस अनुसार यहि भदौ १५ गतेभित्रमा सबै जिल्ला कमिटिका बैठकहरु सम्पन्न गर्ने,असौज १५ भित्रमा जिल्ला सम्मेलनहरु गर्ने साथै यस बिचमा अन्धबिस्वास र कुरिति बिरुद्ध नागरिक सचेतना अभियान संचालन गर्ने लगायतका निर्णय गरिएको अखिल छैठौं प्रदेश ५ का कोषाध्यक्ष प्रकाश जि.सी.ले जानकारी दिनुभएको छ ।

सूचना दिवसको दिन नगरप्रमुख र सिडियोलाई ज्ञापनपत्र

Image may contain: 7 people, including Rirday Bhusal and Premnarayan Acharya, people smiling, people standing and indoor

घनश्याम पौडेल,सन्धिखर्क, ३ भदौ
११ औँ राष्ट्रिय सूचना दिवस ‘सुचना हाम्रो अधिकार, सुशासन र विकासको आधार, कुनै पनि सार्वजनिक सरोकार, थाहा पाउने नागरिकको अधिकार’ भन्ने मुल नाराका साथ आईतबार देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको दिन एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीद्धारा गठित सुशासन प्रवद्र्धनका निम्ती जिल्ला स्तरीय नागरिक सञ्जालले सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल र प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई ज्ञापनपत्र बुझाएका हुन ।

सञ्जालका संयोजक फर्सुराम पाण्डे, एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदयकुमार भुसाल, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ लगाएतका नागरिक समाज संस्थाको प्रतिनिधीको उपस्थितीमा ज्ञापन पत्र बुझाईएको हो ।

‘नेपालको संविधान २०७२ ले धारा २७ मा सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको कुरा सर्बविदितै छ । सूचनाको हक सम्बन्धी ऐन २०६४, नियमावली २०६५ साथै स्वतः प्रकाशन गर्नु पर्ने विवरण सम्बन्धी निर्देशिकाले समेत कसैले नमागेपनि स्वत रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । सूचना सार्वजनिक गर्दा सार्वजनिक निकायलाई जवाफदेहि, पारदर्शी र उत्तरदायी बनाउन सघाउ पुग्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।

Image may contain: 2 people, people sitting and indoor
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख भुसालले शुसासन र जवाफदेहीताप्रति सकारात्मक रहेको बताए । प्रजिअ भुसालले मागेको सूचना सवै सार्वजनिक निकायले दिनुपर्ने भन्दै ध्यानाकर्षण पत्रलाई कार्यालय प्रमुखको बैठकमा छलफल गर्ने बताए ।

Image may contain: 8 people, including Lekali Him, Premnarayan Acharya, Rirday Bhusal and Jitendra Khatri, people standing