जिल्लाकाे बिकास निर्माण तथा शुसासन सम्बन्धि सन्धिखर्कमा अन्तरकृया कार्यक्रम सम्पन्न

 

सन्धिखर्क एफएम,श्रावण १६ 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा जिल्लाको बिकास निर्माण तथा शुसासन सम्बन्धि अन्तरकृया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारि कार्यालय ,नगरपालिका तथा गाउँ पालिकाहरूले गत आर्थिक बर्षमा गरिएका कृयाकलाप ,भाबि कार्यक्रम ,समस्या र चुनौतिहरू बिषयमा प्रकाश पारेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले हामी सबै नया कार्यको अभ्यासमा भएकोले सबै तिर अलमलको वातावरण श्रृजना भए पनि ढिलो चाडो यो स्थितिको अन्त्य हुने बताउनु भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको सञ्चालन, प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको स्वागतमा सम्पन्न कार्यक्रमा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, ५ नम्बर प्रदेश सदस्य चेतनारायण आचार्य ,रामजि प्रसाद घिमिरे,जालपा भुसाल ,निर्मला क्षेत्रीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न पालीकाका जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।