शितगंगामा खरको छाना हटाइ जस्तापाता लगाउन सुरु

प्रेम नारायण आचार्य: श्राबण ३० 

अर्घाखाँचीको शितगंगा नगरपालिकाले खरको छानो भएका घरमा जस्ता पाता लगाउन सुरु गरेको छ ।
भौगोलिक रुपमा नेपालकै ठुलो शितगंगा नगरपालिकाको वाड नम्वर १२ मा खरको छानो भएका विपन्न परिवारका १२ घरमा एक कार्यक्रमको आयोजना गरि जस्तापाता हस्तान्तरण गरिएको छ । बर्षाको समयमा पानी चुहिने घरमा बसेका स्थानीयहरु जस्तापाता पाँउदा हर्षित भएका छन ।

खरले छाएका घरमा बस्ने विपन्नलाइ बर्षामा पानी चुहिने चिन्ता र गर्मीयाममा आगोलागीको डर भएको ठहर गर्दै जस्तापाता वितरण गरिएको शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो । घरको साइज हेरिकन २५ देखि ३० पाता सम्मको दरले जस्ता वितरण गरिएको उहाको भनाइ छ ।

अहिले १२ नम्वर वडामा मात्र यो अभियान सुरु गरिएको र यो अभियानलाइ सवै वडामा लैजाने कार्य योजना रहेको उहाको भनाइ छ । वडा भित्र रहेका खरको छानो भएका अति विपन्न १२ घरपरिवारलाइ जस्तापाता वितरण गरिएको वडा अध्यक्ष वावुराम गैरेले बताउनु भयो । वडाका सबै घरमा जस्तापाता लगाउने कार्यक्रम अनुसार पहिलो चरणमा जस्तापाता वितरण गरिएको उहाको भनाइ छ ।

Advertisement

कालीगण्डकीले विद्यालय भवन बगायो

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीस्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए। कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत छन्। नदी कटानका कारण पर्यटकीय जिल्ला मुस्ताङ प्रवेश गर्ने पदमार्गमा रहेको कोप्चेपानीको बस्ती पनि जोखिममा परेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए।

कोप्चेपानीमा २६ घरपरिवारको बसोबास छ। कालीगण्डकी बस्तीको करिब पचास मिटर नजिकबाट बग्न थालेको छ। वर्षाका कारण कालीगण्डकीको बहाब उच्च बनेको छ। यसैबीच, गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन नेतृत्वको टोली घटनास्थल लागे पनि बेनी–जोमसोम सडक खण्ड अन्तर्गत भुरुङ तातोपानी खण्डमा सडक भासिएका कारण बीच बाटोमै रोकिएका छन्। घटनास्थल पुगेपछि बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र विद्यार्थीलाई वैकल्पिक अध्ययनको व्यवस्था मिलाईइने अध्यक्ष पुनले जानकारी दिए।

source:annapurna.com

रातभरिको बर्षापछि काठमाडौंका विभिन्न स्थान डुबानमा

साउन ३० काठमाडौं – बागमती नदीमा आएको बाढीका कारण काठमाडौंको तीनकुनेस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ। मंगलबार राति आएको भीषण वर्षाका कारण आएको बाढीले बागमती नदी किनारमा रहेका ३३० घर डुबानमा पारेको हो ।घर तथा टहरामा चार पाँच फिटसम्म पानी जमेको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ।

स्थानीयका अनुसार, रातिको बर्षासँगै बागमतीमा ठूलो बाढी आएको थियो । अहिले बाढीको सतह घट्दै गएको छ । यसैबीच, अनामनगर र आसपासको क्षेत्र धोवीखोलाको बाढीले डुबानमा परेको छ। त्यस क्षेत्रका सयौं घर डुबानमा परेका छन् । दर्जनौ घरपरिवार विस्तापित भएका छन् । केही पसल समेत डुबानमा परेकाले लाखौं क्षति भएको व्यवसायीले बताएका छन् ।

खोलामा फोहोर फाल्ने, खोलामा जम्मा भएको फोहोर सफा नगर्ने कारण  हरेक बर्ष धोवीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गर्छ ।त्यस्तै बुढानिलकण्ठ नगरपालिका १३ नयाँबस्ती दोभानस्थित चियाने खोलामा रहेको कच्ची पुल आसपासको सुकुम्बासी बस्ती समेत डुबानमा परेको छ। २०÷२५ घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

गौशालामा रहेको गंगाहिटी तरकारी बजार पनि डुबानमा परेको प्रहरीले  जानकारी दिएको छ । बाढीबाट सिनामंगलमा रहेको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । कालोपुल आसपासको क्षेत्र र गुहेश्वरी क्षेत्र समेत डुबानमा परेको प्रहरीले जनाएको छ। source:ratopati.com

बागलुङमा पहिरोमा पुरिएर सासु–बुहारी वेपत्ता, प्युठानमा पनि पहिरो

साउन ३०, २०७५ : गएराति परेको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङमा दुई जना वेपत्ता भएका छन् । बागलुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी  श्रीमती धन (दिल)कुमारी शाही र बुहारी डल्ली शाही वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिए ।
घटनास्थलमा प्रहरी र स्थानीयबाट उद्धारकार्य भैरहेको प्रजिअ खरेलले जानकारी दिए ।

यता प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको ठाडो खोल्सा तथा बतासे खोलामा गएराति भलबाढी आउँदा बुर्तिबाङ बजारको सिमसार टोलका स्थानीय प्रभावित बनेका छन् ।

हिजो साँझबाट परेको अविरल बर्षासंगै राती करिव ११ बजेको समयमा बतासे खोलामा बाढी आउन सुरु गरेपछि सिमसार टोलका बासिन्दा प्रभावित भएका हुन् ।

बाढीले कुनै मानवीय क्षती भने गरेको छैन । यद्यपी बाढीले धनमाल बगाउँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि गत साउन १ गते राती आएको बाढीका कारण उक्त टोलका ४४ घरपरिवार प्रभावित भएका थिए । जस मध्य ६ घरपरिवार पुर्णरुपमा विस्थापित हुनुपरेको थियो । गएराती परेको मुसलधारे पानीले

मध्यपहाडी लोकमार्गको बुर्तिवाङदेखि  निसी बोहोरागाउ, भल्कोट हुँदै रुकुम खण्ड पनि अवरुद्ध बनेको छ । साे सडकमा साना ठुला कुनैपनि सवारी साधन चलेका छैनन् ।

प्यूठानमा पहिरोमा पुरिएर एकजना बेपत्ता 
अविरल वर्षापछि आएको पहिरोमा पुरिएर प्यूठानमा पनि  एकजना वेपत्ता भएका छन् । गौमुखी गाउँपालिका ४ डाँजगाउँका झलक बहादुर सुनार वेपत्ता भएका हुन् ।

आज (बुधवार) विहान करिब ७ वजे घर माथिबाट खसेको पहिरोमा पुरिएर उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पहिरोले सोहि स्थानका  देब बहादुर सुनार र रमेश सुनारको समेत घरगोठ समेत बगाएको छ । source: ratopati.com

खोलाले बगाएर एकको मृत्यु

साउन ३०, २०७५ जाजरकोट : जाजरकोटको  नलगाड नगरपालिका–७ दानीपिपल खोलाले बगाएर  बुधबार विहान एक जनाको मृत्यु भएको छ। खोलामा आएको बाढीले वगाएर ३९ वर्षीय उमेशवहादुर शाहीको  मृत्यु भएको नलगाड नगरपालिकाको नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए। खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पुर्‍याएपछि स्थानीयहरुले शाहीको उद्धार गरेका गरेको रावलले बताए। शाहीको घटनास्थलमै भएको रावलले जानकारी दिए।