कामु प्रधानन्यायाधीश मिश्रले तोके पेशी-संवैधानिक संटक छैन : कानूनविद्

साउन २०, २०७५  काठमाडौं :

सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशको हैसियलतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आइतबारदेखि काम शुरु गरेका छन्। संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम् न्यायाधीश मिश्र कामु प्रधानन्यायाधीशको हैसियतले आज मुद्दाको पेशी तोकेर काम शुरु गरेका हुन्।

जोशीलाई प्रधानन्यायाधीश हुन समितिले अयोग्य ठहर गरेपछि उनी आजबाट छुट्टीमा बस्नुभएकाले मिश्रले कामुका प्रधानन्यायाधीशको हैसियतमा काम शुरु गरेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए। न्याय सम्पादनका क्रममा अदालतमा बसेर स्वतन्त्र, सक्षम र विकृतिहीन न्यायपालिका बनाउन उचित भूमिका निर्वाह गर्न नसेको भन्ने प्रश्न उठेपछि जोशीलाई न्यायाधीशका रुपमा काम गर्न पनि नैतिक संकट परेकाले उनी विदामा बसेका हुन्।

संवैधानिक संटक छैन : कानूनविद्  संसदीय सुनुवाइ विशेष समितिले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीश बन्न अयोग्य ठहर गरेपछि केही कानून व्यवसायीले संवैधानिक संकट उत्पन्न हुने आशंका व्यक्त गरेका छन्।  कानून व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले शुक्रबार प्रेस विज्ञप्ति नै जारी गरेर समितिले न्यायालयमाथि ठाडो हस्तक्षेप गरेको हुँदा न्यायालयमा संवैधानिक संकट उत्पन्न हुन सक्ने उल्लेख गरेको थियो। एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले राससँगको कुराकानीमा भने, “सुनुवाइका क्रममा अर्को प्रस्तावित प्रधानन्यायाधीशको पनि नाम अस्वीकृत हुन सक्छ, समितिले के के विषयमा सुनुवाइ गर्ने हो, त्यसमा क्षेत्रधिकार नै तोकेर अघि बढ्नुपर्छ।”

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीको सुनुवाइ नै संवैधानिक परिषद्को सिफारिशमा उक्त समितिले गर्ने भएकाले कुनै पनि संवैधानिक संकट उत्पन्न नहुने तर जोशीले राजीनामा दिएरै बस्न उपयुक्त हुने सुझाव दिए। “प्रधानन्यायाधीश हुन योग्य छ छैन भन्ने कुरा समितिको संवैधानिक अधिकार हो, श्रीलंकामा पनि एकजनालाई प्रधानन्यायाधीशमा अयोग्य साबित गरेकाले उनले राजीनामा दिएर बसेको उदाहरण छ, विश्वका धेरै यस्ता उदाहरण छन्, नेपालमा मात्र नयाँ हो”, उनले भने।

समितिले कामको मूल्याङ्कन गरेर निर्णय गरेपछि न्यायाधीशका रुपमा पनि काम गर्न नैतिक संकट हुने उल्लेख गर्दै उनले थपे, “सार्वभौम संसदीय समितिले प्रधानन्यायाधीश बन्न अयोग्य छ भनेको व्यक्तिले न्यायाधीशका रुपमा इजलासमा बसेर न्याय सम्पादन गर्दा नागरिकले के बुझन्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।” वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार समितिले जोशीलाई अयोग्य ठहर गरेपछि न्याय परिषद्ले सिफरिस गरेको वरिष्ठतम्का आधारमा ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर जवरामध्ये एकलाई संवैधानिक परिषद्ले सिफारिश गर्न सक्ने कानूनी व्यवस्था छ।

जोशी अयोग्य हुँदैमा संवैधानिक संटक उत्पन्न हुने देखिँदैन।  अमेरिमकामा तीन मतदानबाटै अयोग्य ठहर नेपालको संसदीय सुनुवाइको इतिहासमा प्रस्तावित प्रधानन्यायाधीशलाई मतदानबाट अयोग्य साबित गरेको पहिलो घटना भए पनि अन्य विकशित मुलुकका लागि भने यो नौलो घटना होइन। संयुक्त राज्य अमेरिकाको २३१ वर्षको इतिहासमा तीन प्रधानन्यायाधीश र नौ न्यायाधीशलाई सिनेट (संसद्को माथिल्लो सदन) ले मतदानबाट नै अयोग्य ठहर गरेको छ।

“अमेरिकी संविधानको मस्यौदा गर्ने संविधान विज्ञ रुट लेजलाई सन् १९९५ मा तत्कालीन राष्ट्रपति जर्ज वासिङ्टनले प्रधानन्यायाधीशका रुपमा सिफारिश गर्नुभयो”, वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले भने, “तर सिनेटले अयोग्य ठहर गर्‍यो।” सिनेटले अमेरिका र बेलायत बीचमा सन्धि हुँदा बेलायतको पक्षमा लागेको भनेर मतदानबाट अयोग्य ठहर गरेको थियो। त्यो घटना अमेरिकाको इतिहासमा छ।  अमेरिकामा २३१ वर्षको इतिहासमा १७ जना प्रधानन्यायाधीश भएका छन्। त्यहाँ एक प्रधानन्यायाशीले झण्डै १४ वर्षसम्म काम गर्छन्। अठार न्यायाधीशलाई एउटा राष्ट्रपतिले नियुक्त गरेकामा अर्को राष्ट्रपति बहाली भएपछि तिनलाई हटाइएको थियो।
source:thahakhabar.com

Advertisement

जाजरकोटकाे पहिरोमा आठको मृत्यु, एकजना अझै बेपता

साउन २०, २०७५ जाजरकोट : जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।  पहिरोले पुरेका ८ जनाको शव निकालिएको छ। १ जना अझै बेपत्ता छन्। एक जनाको जीवितै उद्धार गरिएको छ। भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ।

मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उनकी छोरीहरू ९ वर्षीया भावना परियार,६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिशा परियार रहेका छन्। उनीहरूको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो। उनीहरू सबै भेरी-३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ।

 

जीवितै उद्धार गरिएका खड्गबहादुर  लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। छाती, टाउको र खुटटामा चोट लागेका लुहारको अवस्था गम्भीर रहेको बताइएको छ। यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा कुशे-६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियारको शव फेला परिसकेको छ। त्यसैगरी नलगाड-१ डाँडागाउँका ८ वर्षीय गोविन्द परियारको शव फेला परेको छैन। पानी परिरहेकोले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले जानकारी दिए।
source:thahakhabar.com

धनगढीबाट तुलसीपुर आउँदै गरेको बस ग्वारखोलाले बगायो

साउन २०, २०७५ दाङ: धनगढीबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक बस तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने ग्वारखोलाले बस बगाएको छ। आइतबार साँझ ५ बजेतिर धनगडीबाट तुलसीपुर आउदै गरेको  ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बस खोलाले बगाएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव  प्रकाश सापकोटाका अनुसार  बसमा १७ जना यात्रु रहेका थिए। जसमध्ये  ११ जना घाईते छन्।

 ११ घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको अहिले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको सापकोटाले बताए।   स्थानीय गाडिहरु सहजै वारपार गरे पनि धनगडिबाट आएकाले गाडीले सडक ‘कजवे’ पत्ता नलगाउँदा खोलाले गाडि बगाएको डिएसपी सापकोटाले बताए।

दाङ बबई, कटुवा खोला,सेवार, गुर्जे, गुहार लगाएतका खोलामा समयमा पुल निमार्ण नहुदाँ यात्रुहरुले जोखिममा यात्रा गर्न बाध्य भएका छन्। तुलसीपुर, घोराही र लमही सडक खण्डमा आधा दर्जन पुलहरु निर्माणको काम भइरहेको छ। समयमै पुल निर्माण गर्न ध्यान नदिनु तथा उपयुक्त डाइभर्सन नबनाउनुले गर्दा पुल निर्माणाधिन क्षेत्रमा बढी जोखिम बढेको छ।
source:thahakhabar.com

‘प्रचण्ड पार्क’ को शिलान्यास गर्न बारा पुगेका अध्यक्ष दाहाललाई १०१ किलोको माला

साउन २०, २०७५ बारा :  बाराको विस्रामपुर गाँउपालिकाले तय गरेको ऐन सार्वजनिक तथा ‘प्रचण्ड पार्क’ शिलन्यास गर्न पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १०१ किलोको सयपत्री मालाले सम्मान गरिएको छ।

आइतबार गाँउपालिकाको १४ वटा ऐन सार्वजनिक कार्यक्रममा पुगेका प्रचण्डलाई गाँउपालिकाका अध्यक्ष अमिरलाल पाल लगायत गाँउकार्यपालिका सदस्यले सम्मान गरेका हुन्। सिम्रिक एयरको हेलिकप्टर चढेर बारा पुगेका प्रचण्डले प्रचण्ड पार्कको समेत शिलन्यास गरे।

कार्यक्रममा प्रचण्डले विस्रामपुर गाँउपालिका अध्यक्ष र गाँउबासीसँग विशेष मित्रता गाँसिएको भन्दै गाँउपालिकाको विकासका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाए।    अध्यक्ष प्रचण्डले  मधेसका जनताले भोग्नु परेको असुविधाबाट मुक्त गर्न सरकारको मुख्य ध्यान भएको बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नवल किशोर सिंहले आन्दोलनको नेतृत्व गरेका प्रचण्डले विकासको चाहानालाई पुरा गर्ने विश्वास ब्यक्त गरेका थिए।
source:thahakhabar.com

नयाँशक्ति पार्टी विकास र सम्बृधिको लागि जन्मिएको हो -केन्द्रीय कार्यकारि सदस्य गोकर्ण थापा

 

Image may contain: 8 people, people standing

सन्धिखर्क एफएम साउन १९ अर्घाखाँची

नयाँशक्ति पार्टी नेपाल शीतगंगाको सितगंगा नगरपालिका स्तरिय भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारि सदस्य गोकर्ण थापाले उपस्थिति नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण प्रदान गर्नु भएको हो । कार्यक्रममा मनतब्य राख्दै नेता थापाले नयाँ शक्ति पार्टी नेपाल विकास र सम्बृधिको लागि नेपाली माटोमा जन्मिएको क्रान्तिकारी पार्टी भएको बताउदै पार्टीमा द्रिढता साथ लाग्न आग्रह गर्नु भयो ।

Image may contain: 12 people, people sitting, people standing and indoor
सितगंगा नगर ईन्चार्ज टुक बहादुर चेवालीको अध्यक्षता, जिल्ला सचिबालय सदस्य ईन्द्र बहादुर ग्यालेन को सन्चालन र जिल्ला महिला इन्चार्ज रमा आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा संघिय परिषद सदस्य टोप बहादुर बलाल , ५ नं प्रदेश सदस्य पुस्कारनाथ आचार्य ,युवा केन्द्रीय सदस्य महेन्द्र सुनुवार ,जिल्ला संन्चार प्रमुख दिनेश सुनार ,पाणिनि गाउपालिका संयोजक केशब घिमिरे ,सन्धिखर्क नगरपालिका संयोजक पूर्ण श्रेष्ठ , लगायतले भेलामा मनतब्य राख्नु भएको थियो भेलाले जनहित र पार्टीलाई बलियो बनाउन लुम्बिनी संकल्प प्रस्ताव पास गरेको छ । साथै भेलाले ९ सदस्यीय सितगंगा नगर अधिबेशन आयोजक समितिको गठन गरेको छ । जस्को संयोजकमा भक्त बहादुर अधिकारी रहनु भएको छ । त्यस्तै समितिको सदस्यहरूमा क्रमस ः शेर बहादुर बुढा ,मुक्त बहादुर पल्लि ,टान बहादुर सुनार,लक्ष्मी कुमाल ,दुर्गा बहादुर सुनारि ,सुदर्शन पन्थि ,बसन्ता थापा रहनु भएको छ । भने त्यस क्षेत्रको ईन्चाजमा ईन्द्र बहादुर ग्यालेनलाई चयन गरेको छ ।

Image may contain: 8 people, people standing