चितवन पुगेर पूर्व सहकर्मीलाई गृहमन्त्रीले भनेः प्रकाण्ड अपराधी हुन्

साउन २५, २०७५ काठमाडौंः गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधि भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण दिएका छन्। गृहमन्त्री थापाले चन्दा आतंक र राज्यविरुद्ध ध्वंसात्मक गतिविधिजस्ता गैरकानुनी काम गरेकाले सरकारले प्रकाण्डलाई पक्राउ गरी कानुनी कार्वाही सुरु गरेको प्रस्ट पारेका हुन्।

उनले सरकारले गैरकानुनी क्रियाकलापमा संलग्न जोकोही पनि कारबाही गर्ने चेतावनी पनि दिए। शुक्रबार बिहान भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कार्वाही एकैसाथ अघि बढाउने नीति लिएको पनि स्पष्ट पारे। गृहमन्त्री थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरु इकाउन्टरमै मारिएको दावी पनि गरे।

उनले २४ घण्टा भित्रै अपहरणकारीहरुलाई नियन्त्रणमा लिई निष्तेज पार्न सरकार सफल भएको दावी समेत गरे। गृहमन्त्री थापाले सरकार चालू आर्थिक वर्ष भित्र ८ प्रतिशतको दरले आर्थिक वृद्धिदर कायम गर्न केन्द्रित भएको पनि बताए। 
source:thahakhabar

कला संस्कृतीको संरक्षणमा जुटदै मालारानी

नबिन के.सी ,साउन २५ अर्घाखाँची
मालारानी गाउँपालिका वडा नम्वर १ ले परम्परागत भैली तथा सोरठीनाचँ र पञ्चेबाजालाई संरक्षण गर्नकोलागी समूह निर्माण गरि अगाडि बढेको छ । वडा मा ६ वटा भैलि समूह दर्ता गरिएको छ । त्यसै वडा स्तरीय नौमती बाजा संरक्षण समिती निर्माण गरिको वडा नम्वर १ का वडा अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।

उक्त समूहहरुलाई आव्यसक पर्ने बाध्यबाधनका सामग्रीहरु नौमती बाजा बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । वडा बिद्यालको लागी आव्यसक पर्ने शैक्षिक साम्रागी , बालिघरे प्रथा अन्त्य गर्नको लागी आरन व्यबस्थापन तर्फ हाते पंखा , ओलडिङ्ग गर्ने मेसिन ,सानलगाउने मेशीन , तथा चित्रे समूहहरुलाई हाते आरा लगाएतका सामाग्री हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा बाल्दै गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले मालारानीको निती अनुरुप वडाले काम गरेको भन्दै अब समूह सहकारी मार्फत प्रबिधी हस्तान्तरण गर्नु पर्ने बताए । यि समूहहरु नमुना बनेर आफुहरुमा रहेको कला सिपलाई पुस्ता हस्तान्तरण गर्नु पर्नेमा समेत जोड दिनु भयो ।

कार्यक्रम्मा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री ,प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थी , नेकपाका नेताहरु जनार्दन खनाल ,शालिकराम आचार्य ,भगवती आचार्य ,नेपालि काग्रेसका वडा सभापती भरत थापा , योजना अधिकृत नेत्र खनाल ,गाँउकार्यपालिका सदस्य निमबहादुर सुनार ,लगाएतले मन्तव्य राख्दै वडाले नमुना काम गरेको भन्दै प्राप्त गरेका समाग्रीहरुको सदुपयोग गर्न आग्रह गर्नु भएके थियो । मालारानीको वडा नम्वर १ लाई बालिघरेप्रथा मुक्त बनाउन सबै लाग्नुपर्नेमा बोल्ने बक्ताहरुले जोड दिएका थिए ।