साउन २८ काठमाडौं – मुलुकी ऐन २०७४ले म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गन निषेध गरेको छ । त्यसो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान छ।
भनिएको छ, ‘कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्न हुँदैन।’
यसैगरी एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न गर्दा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुनसक्ने देखिएको छ । कानून बमोजिम औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्विक रुपमा भिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउनुपर्ने मनासिब कारण भई बिक्री वितरण गर्न नहुने बतायएको छ।
कानून बमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस विना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागू औषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न निषेध गरिएको छ। प्रेस्किृप्सनबिना विक्री वितरण गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने बताइएको छ।
कसैले जानीजानी औषधिको असर शुन्य वा घटी वा बदलिने वा हानिकारक हुने गरी कुनै औषधिमा मिसावट गर्न वा त्यसरी मिसावट भएको औषधि वा अन्य उपचारको निमित्त कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न वा गराउन लगाउन नहुने कानूनी प्रावधान छ।
त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मरिसकेकोमा ज्यान मारेको सरह, त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मर्न सक्ने गरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यान मार्ने उद्योग गरे सरह, (ग) त्यस्तो औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग हुने वा सोको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवान हुनेछ । यस बाहेकको को अवस्थामा बाहेक अन्य अवस्थामा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवना हुनेछ।
source:swasthyakhabar.com