राणा शासन फाले जस्तै अहिलेको सरकार पनी फालीने नेकपा इन्चार्ज केसीको उद्घोष

Screenshot_2018-08-23-19-47-14-897_com.facebook.katana.pngश्याम घिमिरे भाद्र ७ अर्घाखाँची

नेपाल कम्युुनिष्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले  बिहिबार भुमिकास्थान नगरपालिकामा कोणसभा गरी ४ महिने संगठन सुदृढ तथा विस्तार अभियानको सुरुवात गरेको छ । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका इन्चार्ज तथा व्युरो सदस्य कमल के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि केसी ले नेपालमा ससदीय व्यबस्था हुने खाने र दलाल पुँजीपति कमिशनखोरका लागि भएकोले यसले नेपाली जनतालाई निकास दिन नसक्ने भन्दै आफुहरुले चुनाबको खारेजी गरेको बताउनुभयो । केसीले देशमा भ्रष्टचार महंङ्गी बलात्कारका घटना दिनप्रति दिन बढ्दै गएकाले यसलाई नियन्त्रण गर्नुपर्छ भन्दा आफ्ना नेता कार्यकर्तालाई अपहरण शैलीमा गिरफ्तार गरि झुटा मुद्धा लगाउने गरेको बताउनुभयो ।

१७ हजारको बलिदानबाट आएको लोकतन्त्रको धज्जी उडाउदै नेपाली जनतामाथि अधिनायकबाद लाद्न खोजेको कम्युनिष्टको सरकार भन्न पनि लाज लाग्ने गरेको बताउदै जनताले राणा शासन र पञ्चायत फाले जस्तै अब प्रचण्ड र केपी सरकारलाई पनि छिटै फाल्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सेक्रेटरी खेम घर्ती, जिल्ला जनसकार प्रमुख पिताम्वर पोख्रेल , राष्ट्रिय युवा जनस्वयम सेबकका संयोजक शंकर शाही लगायतका बक्त्ताले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम विद्यार्थी नेता विष्णु राउतको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisement

नयाँशक्ति पार्टी नेपाल द्धारा सन्धिखर्क नगरपालीकामा सुचना माग

New Doc 2018-08-23_1.jpgश्याम घिमिरे भाद्र ७ अर्घाखाँची

नयाँशक्ति पार्टी नेपाल सन्धिखर्क नगरपालीकाले सदरमुकाम स्थीत सन्धिखर्क नगरपालीकाको कार्यालयमा नगरपालीका क्षेत्रभित्रका सम्पुर्ण बिकास निर्माणका आयोजना र तिनको कार्यप्रगतिको बारेमा बिहिबार सुचना माग गरेको छ । लोकतान्त्रीक गणतन्त्र नेपालको संबिधान २०७२ को धारा २७ एवं सुचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम नगरपालीकामा सुचना माग गरीएको पार्टीले जनाएको छ ।

निबेदनमा नयाँशक्ति पार्टी नेपाल सन्धिखर्क नगरपालीका ईन्चार्ज टोपबहादुर बलाल र संयोजक पुर्ण प्रसाद श्रेष्ठको हस्ताक्षर रहेको छ । निबेदन दर्तामा नयाँशक्ति पार्टी नेपालका केन्द्रीय संरक्षक परीषद सदस्य राजु नेपाली,अर्घाखाँची जिल्ला ईन्चार्ज छन्द पन्थी,कार्यालय सचिब पुस्करनाथ आचार्य र नगर सदस्य बोमबहादुर बिकको उपस्थीति रहेको थियो ।

उपचारपछि अर्घाकी अपाङ्ग बालिका सपाङ्ग

अर्जुन भुसाल सन्धिखर्क, अर्घाखाँची भदौ ७ : सन्धिखर्क ११ अर्घाकी विन्दु विकलाई केहि समय पहिले सम्म अपाङ्ग छोरी रोजाको चिन्ताले धेरै सताउँथ्यो । खुट्टा सम्बन्धी अपाङ्गता भएकी छोरीलाई हिड्डुल गर्न निकै समस्या थियो । पैतला माथि फर्किएकाले रोजा तिर्घाले टेकेर डिड्न बाध्य थिइन । गरिविको पीडाबाट पिल्सिनु पर्दा विन्दुले छोरीको उपचार संभव देखेकी थिइनन् ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रले छोरीको निशुल्क उपचार गरिदिएपछि उनी खुसी भएकी छिन् । छोरीका दुबै खुट्टा समान्य अवस्थामा फर्कदै छन् । सजिलै टेकेर हिड्न थालेकी छिन् । ‘उपचार गर्न दिल्ली लगेका थियौं’ उनले भनिन, ‘खर्चिलो हुने भएपनि उपचार नगरि फर्कियौं ।’ ‘अपाङ्ग बाल अस्पताल केन्द्रले अपाङ्ग छोरीलाई सपाङ्ग बनाइदियो’ उनले थपिन, ‘यो संस्थाले कहिल्यैं नभुल्ने गुन लगायो ।’ बनेपामा रहेको अस्पलताले करिव तिन महिना लगाएर उपचार गरेको हो । उपचारमा करिव पाँच लाख रुपैया खर्च भएको सक्षम परियोजना अर्घाखाँचीका संयोजक लेखनाथ आचार्यले बताए ।
विन्दु माओवादी जनयुद्धकी पूर्णकालिन कार्यकर्ता हुन । जनयुद्धमा सँगै काम गरेका रञ्जित सँग ०६३ सालमा बिवाह गरेकी थिइन । श्रीमानको गत स्थानीय निर्वाचनको राती लडेर मृत्यु भएपछि उनको काँधमा धेरै जिम्मेवारी आएको छ । एक छोरा र छोरीलाई कसरी  पालनपोषण गर्ने र उचित शिक्षा दिलाउने भन्ने चिन्ताले उनलाई पोल्ने गरेको छ । बेल्वासे परिवारकी विन्दुले अन्र्तजातिय बिवाह गरेपछि माइत आउजाउ छैन । आमा र भाइहरुसँग भेट हुने गरेपनि बुवा सँग विवाह पछि भेट नभएको उनी बताउँछिन् ।
‘अन्र्तजातिय विवाह गरेपछि सबैबाट पराइ भएँ’ आशु झार्दै उनले भनिन, ‘छोराछोरीको मुख हेरेर बाचेकी छु ।’ सम्पत्तिको नाममा एउटा घर छ । एक्लो घर बस्न डर भएपछि भाडाको घरमा बसेकी छिन् । गाउँकै एउटा विद्यालयमा कार्यालय सहयोगीको काम गरि उनले जेनतेन खर्च चलाएकी छिन् । युद्धकालमा एरिया इन्चार्ज हुँदै अनेम संघ क्रान्तिकारीको जिल्ला उपाध्यक्ष सम्म भएको उनले बताइन । ‘समय दिन नपाएपछि राजनीतिलाई निरन्तरता दिन सकिँन’ उनले भनिन, ‘नेता बन्ने रहर थियो ।’ संस्थाकी पुर्नस्थापन सहायक रक्षा केसीले रोजाको उपचार गर्न सफल भएकोमा आफूहरुलाई निकै खुसी लागेको बताइन ।
‘छोरीको उपचारले विन्दु दिदिको पीडाको घाउमा मलम लगाउन सकेको महसुस भएको छ’ उनले भनिन । परियोजना संयोजक आचार्यले सानो उमेरमै उपचार पाएमा अपाङ्ग भएकालाई पनि सपाङ्ग पार्न सकने बताए । उनले कार्यक्रम लागू भएपछि अपाङ्गता भएका बालबालिको स्वास्थ्यमा धेरै सुधार आएको बताए । ८२ जना बालबालिकाको निमार्णत्मक शल्यक्रिया भएको छ’ उनले भने, ‘१५८ जनालाई सहयाक सामग्री वितरण गरिएको छ ।’ ०६८ को जनगणना अनुसार जिल्लामा ५१ सय ५८ जना व्यक्तिहरु अपाङ्गता भएका छन् । जस मध्ये ३४ सय ७३ जनाले अपाङ्गता परिचय पत्र लिएका छन् । 
source:arghakhanchi.com

एकल पुरुषलाई पनि भत्ता दिने

unn.prixa.net

बैतडी  भाद्र ७ : बैतडीमा मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ ।सामाजिक सुरक्षा भत्ताअन्तर्गत मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई बाच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताउनुभयो । 

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको नगर प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । अहिले नगरका ९ वटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको उहाँले बताउनुभयो । यसमा १५ लाख बजेट छुट्याइएको बताउदै उहाँले समाजिक सुरक्षा भत्ता वितरणकै क्रममा एकल पुरुषहरुको तोकेर दिइने बताउनुभयो ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी संक्रमित, हेमटाइटिस, क्यान्सर जस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो । source:ujyaaloonline

    

सरकारको ब्यबहार प्रति राजमो अर्घाखाँचीको गम्भीर ध्यानाकर्षण


श्याम घिमिरे भाद्र ७ अर्घाखाँची

पछील्लो समय संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले गरेका निर्णय र व्यवहारप्रति राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । राष्ट्रीय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसी द्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा राजमोले लामो समयदेखि संघीयताको विरुद्धमा आन्दोलन गर्दै आएको भन्दै,संघीयता नेपालको लागि प्रत्युत्पादक तथा अभिषाप हुने भएकोले संघीयतालाई जवरजस्त रुपमा कार्यन्वयन गराउन थालीएको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

यस्तै सरकारले नेपाली जनताको अवस्था मुल्याङ्कन नगरि चर्को रुपमा कर वृद्धि गरिरहेको र कर बृद्धि गरेर देशको समृद्धि हुने भनिए पनि, जनप्रतिनिधिहरुको सेबा सुबिधा तथा संघियता धान्नकै लागी अनावश्यक कर वृद्धि गरेर असफल राष्ट्र बनाउने खेल भईरहेको भन्दै सरकारहरुद्धारा गरिएको चर्को कर बृद्धि फिर्ता लिन र देश र जनताको लागि अभिषाप बन्दै गईरहेको संघीयता खारेजीको लागि राजमोले प्रेस बिज्ञप्ती मार्फत जोडदार माग समेत गरेको छ ।

दुई तिहाई मतले बनेको सरकारल जनताका जनजीविका, राष्ट्रियता र भष्ट्रचारको सवालमा सुन्य सहनशिलताका साथ अघि बढ्छ भन्ने पार्टीको धारणा थियो तर, त्यो कुरा निरर्थक सावित हुँदै गईरहेको, दिनहु भष्ट्रचार मंहगी अनियमितता बलत्कार जवरजस्तीकरणी जस्ता घटनाहरु बढ्दै गईरहेका र छिमेकी मुलुक भारतद्धारा गरिएको अतिक्रमित भुमिको बारेमा यो सरकारले स्पष्ट दृटिकोण अपनाउन नसक्नुले पनि राष्ट्रियता खतरामा पर्दै गईरहेको प्रमाणित गरेको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

त्यस्तै राजमो अर्घाखाँचीले जिल्लाका तत्कालिक समस्या र सबै स्थानिय तहले बढाएको अनावश्यक चर्को कर लाई अविलम्ब फिर्ता गर्न, नरपानी–खाँचीकोटको चुनढुंगा उत्खनन्लाई बन्द गर्न, ढोरपाटन बाटोको निकासको निर्णय गर्न, लागुपदार्थ दुव्र्यसनीको अन्त्यको लागि आवश्यक कदम चाल्न, आत्महत्यालाई निरुत्साहित गर्न, जिल्लाका सार्वजनिक स्थलहरुको अतिक्रमण रोक्न र संरक्षण गर्न र जनताका सरोकारका विषयहरुमा आवश्यक निर्णय गर्न विज्ञप्ती मार्फत जोडदार माग गरेको छ । यदि त्यसो हुन नसकेमा राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनी बिज्ञप्ती मार्फत सार्बजनिक गरेको छ ।