नेपाल बङ्गलादेश बैक लिमिटेडको ७६ औं शाखा अर्घाखाँचीमा

श्याम घिमिरे भाद्र १० अर्घाखाँची

नेपाल बङ्गलादेश बैक लिमिटेडको ७६ औं शाखा सन्धिखर्क १ मेनरोडमा  आइतबार एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । सुभारम्भ कार्यक्रममा बोल्ने बक्ताहरुले अर्घाखाँची जिल्लामा सञ्चालनमा आएका र आउँदै गरेका बैंकहरुले सेवाग्राहीको पक्षमा सेवा दिन आग्रह गरेका छन् । बैंक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपाल चेम्बर अफ कर्मश अर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक नवराज मल्ल, नेकपाका अध्यक्ष पिताम्बर भुसाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति केशवराज कुँवर, हेवी इक्युप्मेन्ट व्यवसायि समितिका बरिष्ठ केन्द्रिय उपाध्यक्ष बसन्त भुसाल, निर्माण व्यवसायिन नारायण प्रसाद बञ्जाडे, कवि खनाल, समाजसेवि धर्मराज भुसाल, निर्माण व्यवसायि, सेवाग्राही, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल बंगलादेश बैंक लिमिटेडका सिईओ सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisement

निर्मला पन्तका हत्याका दोषीलाई कारबाहीको माग गदै अर्घाखाँचीमा प्रदर्शन

Image may contain: 13 people, including Sharada Rayamajhi, people standing and outdoor

बिक्रम पाण्डे,समानता भाद्र १० अर्घाखाँची :निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै आईतबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रदर्शन भएको छ । शान्ती बंगैचामा भेला भई अर्घाखाँचीबासीहरुले निर्मला पन्त लगायतका घटनामा संलग्न अपराधीहरुलाई कारवाही गर्न माग गरेका छन् । दोशीको पहिचान गरि कारवाही गर्नुको साटो न्याय माग्दा गोली ठोकेर राज्यले अन्याय गरेको अर्घाखाँचीबासीहरुको ठहर रहेको छ । जस्टीस फर निर्मला लेखिएको ब्यानर सहित स्थानीयहरु साझ पाँच बजे सन्धिखर्कमा जम्मा भई प्रदर्शन गरेका हुन् । शिव बेल्वासेको संयोजनमा भएको कार्यक्रमका सहभागीहरुले राज्य नै दोशीहरुलाई उम्काउने षड्यन्त्रमा लाग्नु निकै दुखद रहेको बताएका थिए ।

राजनीति निर्मला र खुनाका परिवारलाई १०/१० लाख राहत दिने सरकारको निर्णय

भदौ ९, २०७५ काठमाडौं : सरकारले निर्मला पन्तको परिवारलाई १० लाख रुपैया राहत उपलब्ध गराउने घोषणा गरेको छ। शनिबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हत्या भएकी कंचनपुर भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको परिवारलाई राहतस्वरूप १० लाख उपलब्ध गराउने निर्णय गरेको हो।

त्यसैगरी सरकारले सोही घटनाको विरोध तथा दोषीलाई कारवाहीको माग गर्दे शुक्रबार भएको प्रर्दशनमा प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनाका परिवारलाई पनि १० लाख रुपैया राहत उपलब्ध गराउने भएको छ। घटनाको निन्दा एवं भर्त्सना गर्दै सरकारले सोही घटनालाई लिएर भएको प्रर्दशनका क्रममा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था मिलाउनुको साथै अंगभंग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सूचना तथा संञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

शनिबार नै कंचनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रूपमा लिने निर्णय गरको छ। घटनालगत्तै गृहमन्त्रालयबाट गठन गरिएको उच्चस्तरीय छानबिन समितिलाई छिटोभन्दा छिटो घटनाको सत्य तथ्य पत्ता लगाई दोषीउपर कडा कारवाहीको सिफारिस गर्न र यसरी सिफारिस गर्दा समिति गठन भइसकेपछि भएका घटनालाई समेत समावेश गर्ने अधिकार दिइएको  ।

घटनाको अवधीमा जिल्लामा रहेका प्रहरी उपरिक्षक डिल्लिराज विष्टलाई निलम्बन गरी छानबिन को दायरामा ल्याइएको र प्रहरी नायव उपरिक्षक र मुद्दा शाखाकाका प्रहरी निरीक्षकलाई पनि जिम्मेवारीबाट हटाइ फिर्ता बोलाइएको जानकारी सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए।
source:thahakhabar.com

सिलाईकटाई व्यवसायलाई राज्यले सम्मानित पेशाको रुपमा प्रवद्र्धन गर्नु पर्ने

अर्जुन भुसाल,भाद्र ९ अर्घाखाँची

सिलाईकटाई व्यवसायलाई राज्यले सम्मानित पेशाको रुपमा प्रवद्र्धन गर्नु पर्नेमा एक कार्यक्रममका सहभागीहरुले जोड दिएका छन् । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ अर्घााखाँची द्वारा प्रमाण पत्र वितरण तथा स्थानीय स्तरमा व्यवसायी संघ गठन कार्यक्रमका सहभागीहरुले नेपाल कपडा तथा सिलाई व्यवसायी संघका समस्या प्रति राज्य उदासिन भएको बताउँदै समस्या समाधानको निम्ति पहल गर्न राज्यको ध्यानाकर्षण गराए ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य सुरेन्द्र परियारले सिलाइकटाई व्यवसायीलाई हर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताउँदै संघर्ष र छलफलका माध्यमबाट आफ्ना अधिकारहरु स्थापित गर्ने बताए ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष श्रीकृष्ण परीयारको अध्यक्षता र सचिव रुकबहादुर दर्जीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, जिल्ला सचिव सुर्य प्रसाद भुसाल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका वरिष्ठ सल्लाहकार रामबहादुर परियार, चेतबहादुर परियार, वावुराम परियार, सुर्य कुमार श्रेष्ठ मिना विश्वकर्मा, लगायतका वक्ताहरुले मन्तव्य राख्दै आफ्नो हक हित र अधिकारका लागि एक जुट भएर अघि बढ्नुको विकल्प नभएको बताए ।