जिल्लामा सुनचाँदी आपुर्ति न्यून रहेको भन्दै ब्यवसायी द्धारा पसल बन्दको घोषणा

39883128_241693333202345_3414218800948576256_n

sun

श्याम घिमिरे भाद्र ६ अर्घाखाँची

सुनचाँदि ब्यवसायी संघ अर्घाखाँची शाखाले नेपाल राष्ट्र बैंकले उपलब्ध गराउदै आएको कोटाको सुन अत्यन्तै न्यून भएको र हाल दिदै आएको कोटा समेत कटौती गरेको भन्दै शाखाले भाद्र ७ गते अर्थात बिहिबार एक दिनका लागि जिल्ला भरका सुनचाँदी पसलहरु बन्द गर्ने निर्णय गरेको छ । अर्घाखाँची सुनचाँदी ब्यवसायी समितिका अध्यक्ष कृष्ण बहादुर बिश्वकर्माको अध्यक्षतामा सन्धिखर्कमा बुधबार बसेको बैठकले सुनको आपुर्ति सहज बनाउन आग्रह गर्दे ब्यवसायीहरुलाई कठिन हुने, तर सुन नपाउदा सिजनको बेलामा ब्यवसायीहरु धरासायी हुने अबस्था आएको भन्दै बिरोध स्वरुप भदौ ७ गते जिल्ला भरका सुन पसलहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।


आफुहरुका माग सम्बन्धीत निकाएले पूरा नगरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रने समेत समितिले चेतावनि दिएको छ । अहिले अर्घाखाँचीमा सुन निकै सटेज भएकोले ब्यवसाय गर्न कठिन परेको ब्यवसायीहरुले बताएका छन । यस्तै बैठकले सुनचाँदी ब्यवसायी महासंघले उपलब्ध गराएको सुन न्यून भएको र तिजको समयमा सुनको माग बढेको तर सुन नपाउदा पसल खोल्नु र नखोल्नु को अर्थ नरहेको भन्दै महासंघलाई ब्यवसायीहरुको पक्षमा काम गर्न आग्रह समेत गरेको छ अध्यक्ष बिश्वकर्माले बताउनु भयो ।

 

Advertisement

अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न

 

समान्ता पाण्डे,भाद्र ६ अर्घाखाँची

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको समन्वयमा यस क्षेत्र कै महत्वपूर्ण र रणनैतिक सालझण्डी-ढोरपाटन सडक शिघ्र निर्माण सम्पन्न गर्न सरोकारवाला सम्पूर्ण निकायसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा सम्पन्न यस अन्तर्क्रिया कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली, जिल्ला समन्वय समिति अर्घाखाँचीका उप-प्रमुख ऋषि बहादुर पुलामी, जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरी, प्र.ना.उ. नवराज मल्ल, अनुसन्धान प्रमुख गोपाल पन्थी, सालझण्डी-ढोरपाटन सडक डिभिजन कार्यालयका प्रमुख होम बहादुर ए.सी., उद्योग वाणिज्य संघ गुल्मी र अर्घाखाँचीका प्रमुख तथा प्रतिनिधि, सो सडक आयोजनका निर्माण कम्पनीका प्रतिनिधिहरू, पत्रकार महासंघ गुल्मी र अर्घाखाँचीका प्रमुख र प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

अन्तर्क्रिया र छलफल कार्यक्रमबाट सालझण्डी-सन्धिखर्क-ढोरपाटन र सालझण्डी-तम्घास सडक खण्ड निर्माणमा देखिएको ढिलाई प्रति चिन्ता व्यक्त गर्दै निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सालझण्डी-ढोरपाटन सडक डिभिजन कार्यालय र सम्बन्धित ठेकेदार कम्पनीको ध्यान आकृष्ट गर्ने र समय मै काम सम्पन्न गर्ने अवस्था नदेखिएमा कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।

9337de34d0feabbce50ecb88b1b2b91aत्यसैगरी छलफल तथा अन्तर्क्रियाबाट सन्धिखर्क-ढोरपाटन सडक खण्डको डि.पि.आर. तयार गर्ने क्रममा देखिएका विवाद निरूपणका लागि सम्बद्ध सरोकारवाला सबै पक्षहरू तदारूकताका साथ लाग्ने साथै अर्घावाङ्ग देखि सालझण्डी सम्म अगामी वडा दशै अगाडी नै यातायात सेवा सञ्‍चालन गर्नका लागि सडकको सुधार तथा स्तरोन्नति गर्ने, तम्घास-खर्ज्याङ्ग-पटौटी सडक खण्डमा समेत सहज रूपमा यातायात सञ्‍चालन गर्न मिल्ने गरी निर्माण कार्य अगाडि बढाउन आयोजना प्रमुख र निर्माण व्यवसायीको ध्यान आकर्षण गराउने निर्णय गरि कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस अर्घाखाँची द्धारा शोकसभा सम्पन्न

प्रेम नारायण आचार्य भाद्र ६ अर्घाखाँची

नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वाड नम्वर १० वडा कार्य समितिको आयोजनामा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका वाड नम्वर १० घर भइ हाल सन्धिखर्क , २ रुब्दी निवासी निवासी हाम्रो पाटी नेपाली कांग्रेसका क्रियासिल सदस्य चुरामणि भटराई, वामदेव भटराईका पिता तथा लिलावती भटराइका श्रिमान नेपाली कांग्रेसका इमान्दार कार्यक्रता लालमणि भटराइको १० औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), पुर्व पाटी सभापति तथा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति केसवराज कुवर लगायतले मन्तब्य राख्दै लालमणि भटराइको मृत्युले पाटीमा अतुलनीय क्षती पुगेको बताउनु भयो ।

यस्तै सन्धिखर्क नगरपालिका वाड नम्वर १० निवासी नेपाली कांग्रेसका उपसभापति उत्तमसिंह ठकुरी, चिरन सिंह ठकुरी, मोतीसिंह ठकुरी र द्रोणसिंह ठकुरीका वुवा तथा जालकुमारी सिंह ठकुरीका श्रिमान टोपसिंह ठकुरीको आठौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), पुर्व पाटी सभापति तथा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति केसवराज कुवर , नौ नम्वर वडाका वडा अध्यक्ष देव वादुर रायमाझि, लगायतले मन्तब्य राख्नु भएको थियो । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका श्रेत्रिय प्रतिनिधि भेसवहादर विसी, अर्घाका पुर्व सभापति देवकीनन्दन भुसाल, ९ नम्वरका पाटी सभापति जोगेन्द्र खड्का, शिक्षक संघका पशुपति आचार्य, रिता आचार्य, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि प्रेमनारायण आचार्य, स्वास्थ्य कर्मि संघका जीवनारायण मरासिनी, नेपाली कांग्रेसका इश्वरि मरासिनी, नेपाल किसान संघका भरत भटराइ, श्याम भुसाल, राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

दुवै स्थानको श्रद्धाञ्जली कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका १० का सभापति नारायण चुँदालीको अध्यक्षता र सचिव केसव आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

चुत्राबेशीमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३४ औं शाखा

Image may contain: 2 people, people standing

श्याम घिमिरे ,भाद्र ६ अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क २ चुत्राबेशीमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३४ औं शाखा एक कार्यक्रमका बिच बुधबार उद्घाटन भएको छ । उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा रिवन काटी शाखाको उद्घाटन गर्नुभएको हो । बैंकमा हाल १ अर्व ३८ करोड पँुजी, १५ अर्व निक्षेप र १३ अर्व कर्जा लगानी रहेको कार्यकारी अधिकृत प्रकाश पौडेले जानकारी दिनुभयो ।

Image may contain: outdoor

जिल्लामा ४ शाखा स्थापना गरेको बैंकले निजि क्षेत्रको रूपमा अर्घाखाँचीमा पहिलो पटक सेवा विस्तार गरेको थियो । स्थापना भएको १० वर्षमा ख वर्गमा रहि क्षेत्रिय स्तरको सबै भन्दा ठुलो बंैक रहेको पौडेलको भनाई समेत रहेको छ । यसैबिच बुधबारबाटै बैंकमा सबै कारोवार सुचारू भएको शाखा प्रवन्धक अन्जलि केसीले बताउनुभयो ।

Image may contain: 9 people, people smiling, people standing and indoor

Image may contain: 8 people, people smiling, people standing

Image may contain: 7 people, people standing

No automatic alt text available.

Image may contain: 4 people, people standing

Image may contain: 7 people, people standing

Image may contain: 2 people, people standing