मुलुकी ऐन प्रतिस्थापन सम्बन्धी कानुन अहिले सम्मकै उत्कृष्ट –न्यायाधिस पौडेल

Image may contain: 4 people, including Navraj Malla and Ram Chandra Paudel, indoor
श्याम घिमिरे भाद्र १ अर्घाखाँची
आजबाट लागु गरिएको मुलुकी ऐन प्रतिस्थापन सम्बन्धि कानुनहरु अहिले सम्मकै उत्कृष्ट रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीले आज सन्धिखर्कमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा मनतब्य राख्दै जिल्ला अदालत अर्घाखाँचीका न्यायधिस रामचन्द्र पौडेलले आजबाट लागु गरिएको मुलुकी ऐन प्रतिस्थापन सम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गर्नुभयो ।

उहाँले आजबाट लागू गरिएको मुलुकी अपराध संहिता मानव अधिकारमैंत्री रहेको उल्लेख गर्दै यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गर्नुभयो । नयाँ कानुन सार्वभौमसत्ता सम्पन्न संसदले पारित गरेको र सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तराष्ट्रिय मूल्यमान्यता अनुसार आएकाले यसलाई कसैले पनि विरोध गर्न नमिल्ने तर्क समेत गर्नुभयो ।

Image may contain: 6 people, including Ram Chandra Paudel, people standing and indoor
त्यस्तै कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मुलुकी देवानी तथा फौजदारी संहिता ऐनले अपराध रहीत समाज निर्माणगर्नको लागी बिशेष भुमिका खेल्ने भन्दै यसको सबैले परीपालनगरी कार्यन्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

Image may contain: 4 people, including Ram Chandra Paudel and Ganesh Khanal, people standing, people sitting and indoor
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबराज मल्ल,बैतनिक कानुन ब्यबसायी केबि भुसाल,नेपाल बार एसोसीएसनका सचिब जगनाथ भुसाल,पत्रकार श्याम घिमिरे लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम सहायक जिल्ला न्यायधिबक्ता हरीप्रसाद घिमिरेको अध्यक्षता र सुनिता खनालको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 5 people, indoor
सरकारले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ कानुन लागू गरेको हो । राणा कालमा तर्जुमा गरिएको सो ऐनलाई सरकारले १ सय ६५ वर्षपछि प्रतिस्थापन गरेको हो । प्रतिस्थापन गरिएको कानुनहरुमा मुलुकी अपराध ऐन अन्तरगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर निर्धारण तथा कार्यान्वयन सम्बन्धी ऐन रहेका छन् ।

Image may contain: 6 people, including Lekhnath Acharya and Vijaya KC, people sitting and indoor
यसैबिच आजै एक समारोहका बिच जिल्ला न्यायाधिस रामचन्द्र पौडेलले मुलुकी देवानी तथा फौजदारी संहिता ऐनहरुको कार्य प्रारम्भ समेत गर्नुभयो । जिल्ला अदालत अर्घाखाँचीमा आयोजीत कार्यक्रममा उहाँले उक्त कार्यको प्रारम्भ गर्नुभएको हो ।

Image may contain: 4 people, including Mohan Belbase and Gopalprasad Bhattarai, people sitting and indoor

Image may contain: 5 people, people standing and indoor

Image may contain: 4 people, including Navraj Malla and Ram Chandra Paudel, indoor

कार्यवाहक सभापति निधि भारत प्रस्थान

भदौ १, २०७५ काठमाडौँ ” नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन्।  नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन्। बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो । कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ।
source:thahakhabar.com

नेपाल सेमिफाइनलबाटै बाहिरियो

भदौ १, २०७५ काठमाडाैं : नेपाली महिला टिम यू–१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ। नेपाल भारतसँग नेपाल २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाली किशोरीहरूले भारतलाई कडा चुनौती दिएका थिए ।

तर, नेपाल जित दिलाउन असफल भएको थियो। भारतलाई जित दिलाउन ल्यान्डा कोम र क्रिटिना देवीले समान १–१ गोल गरेका थिए। नेपालकी रजनी थोकरले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन। पहिलो हाफको ३१औँ मिनेटमा कोमले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाइन। तर, ६ मिनेट नबित्दै नेपाललाई  रजनीले बराबरीमा ल्याएकी थिइन्। तर, ७५औँ मिनेटमा क्रिटिनाले भारतलाई निर्णायक अग्रता दिलाइन।

नेपाललाई पराजित गरेसँगै भारत फाइनलमा प्रवेश गरेको छ। भारतले उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा साबिक च्यामिपयन बंगलादेशले भुटानलाई ५-० ले पाखा लगाउँदै भारतविरुद्धको उपाधि भिडन्त पक्का गर्‍यो। गत संस्करणमा भारत बंगलादेशसँगै फाइनलमा पराजित भएको थियो।
Source:thahakhabar.com

नेपालकाे लगातार दोस्रो हार

भदौ १, २०७५ काठमाडाैं : नेपाली राष्ट्रिय फुटबल टिमले जकार्ता एसियाडमा दोस्रो हार ब्याहोरेको छ। नेपालले समुह डि को आफ्नो दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएसँगै प्रतियोगिताको अघिल्लो चरण सम्भावना कमजोर बनेको छ। यसअघि नेपाल जापानसँग १-० ले पराजित भएको थियो। पहिलो हाफको ३१ औँ मिनेटमा गुयन अन डुकले गोल गर्दै भियतनामलाई सुरुवाती अग्रता दिलाए।

भियतनामले दोस्रो गोल खेलको दोस्रो हाफमा सम्भव बनायो। भियतनामका लागि फान भान डकले ६३ औँ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदै खेल २–० को अवस्थामा ल्याए। नेपालले भियतनामको पोस्टमा सीमित प्रहार गरे पनि गोल गर्न भने सफल भएन। समूह डी मा रहेको जापान र भियतनामले बिहीबार भएको खेलमा जित निकालेसँगै  अघिल्लो चरणमा स्थान बनाउन सफल भए। पहिलो खेलमा जापानले नेपाललाई १–० ले पराजित गरेको थियो भने भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो।

 दोस्रो खेलमा भियतनामले नेपाललाई २–० तथा जापानले पाकिस्तानलाई ४–० ले पराजित गर्न सफल भयो। दुवैले समान दुई खेलबाट ६ अंक बटुल्न सफल भए। अब समूहको अन्तिम चरणका खेलमा जापान र भियतनाम समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् भने नेपाल र पाकिस्तान प्रतिष्ठा जोगाउनका लागि मैदानमा उत्रनेछन्। नेपाल दोस्रो खेलमा पराजित भएसँगै प्रतियोगिताको अघिल्लो चरण सम्भावना गणितीय बनेको छ। अब नेपालको अघिल्लो चरण प्रवेशको सम्भावनाका रूपमा उत्कृष्ट तेस्रो भएर जाने मात्र हुनेछ।

जुन सम्भावना पनि निकै कम रहेको छ। नेपालले अघिल्लो चरणको आशलाई कायम गर्न पाकिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्नेछ। नेपालले एक गोल पनि गर्न नसकेको र ३ गोल खाइसकेकाले अघिल्लो चरणको सम्भावना पनि गणितीय मात्र हो। समूहमा ६ मध्ये ४ टोली उत्कृष्ट तेस्रोका रूपमा अघिल्लो चरण प्रवेश गर्ने भएकाले पाकिस्तानलाई हराउनुको विकल्प अब नेपालसँग हुनेछैन।

नेपालले एसियाडमा सहभागिता जनाएको संस्करणयता गोल गर्न सकेको छैन। १८औँ संस्करणको एसियाडमा पनि नेपाल दुई खेलको समाप्तिमा गोलविहीन रहेको छ। १९८२ मा भारतको नयाँ दिल्लीमा भएको नवौँ एसियाडमा नेपाली फुटबल टिमले पहिलो सहभागिता जनाउँदा कुवेतविरुद्ध वाइबी घलेले गरेको एक मात्र गोल नेपालको नाममा रहेको छ। त्यसयता नेपाल गोल गर्न असफल रहँदै आएको छ। नेपालका लागि पाकिस्तानलाई पराजित गर्दै एसियाडमा पहिलो जित दर्ता गराउने सुनौलो मौका भने बाँकी छ।
source:thahakhabar.com

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

unn.prixa.net

भाद्र १ काठमाडौं – मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका थिए । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । 

मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ ।

ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ । यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ ।  

अहिले प्रतिस्थापन ऐनका रुपमा आउन लागेको यो संहितामा पहिले पनि अपराध भनेर उल्लेख गरेका सबै अपराधलाई समेटेको छ भने केही नयाँ विषयलाई पनि अपराधको रुपमा समेटेको छ । 

मुलुकी अपराध संहितामा विभिन्न ६ अपराधमा आजीवन कैद तोकिएको छ । क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जाति हत्या गर्ने उद्देश्यले कसूर गरेमा र जबर्जस्ती करणी गरेमा त्यस्ता अपराधीले आजीवन कैद भुक्तान गर्नुपर्नेछ ।

यसैगरी जन्मकैदलाई २५ वर्ष बनाइएको छ । यसअघि २० वर्ष जन्मकैदको रुपमा सजाय राखिएको थियो । 

नेपालको प्रतिनिधित्व गरी खेल खेल्ने नेपाली खेलाडीले खेलमा मिलेमतो गरी कुनै खेल खेलेमा समेत राष्ट्रहित प्रतिकूलको कसूर मानिनेछ । यस्तो कसूर गरेमा दोषीलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था छ । 

अपराध संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था छ । राष्ट्रपति वा संसदलाई धम्की दिएमा सात वर्षसम्म कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्था छ ।

त्यस्तै, संक्रामक रोग फैलाउने काम गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने नयाँ व्यवस्था छ । खाद्य पदार्थमा मिसावट गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ ।

घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्नेलाई एकवर्ष कैद वा दशहजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ । हिंस्रक वा अन्य पशुपंक्षी राख्दा पूर्वसावधानी नअपानाई लापरवाही गर्नेलाई एक वर्षसम्म कैद वा रु दश हजार जरिवाना वा दुवै सजाय हुनेछ । 

त्यस्तै, राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्नेलाई तीन वर्षसम्म कैद वा तीस हजार जरिवाना वा दुवै सजाय हुनेछ । राष्ट्रिय विभूतिको अपमान गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुवै सजाय हुनेछ । 

यातना दिनेलाई पाँच वर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । छाउपडी राख्ने वा त्यस्ता अन्य भेदभाव, छुवाछूत र अमानवीय व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना वा दुवै हुनेछ । 

आफ्नो संरक्षकत्वमा रहेका नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई जीउ, ज्यानमा खतरा पुग्ने गरी फाल्ने, परित्याग गर्ने वा बेवास्ता गरी छोड्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । 

विवाह गर्दा दाइजो मागेमा वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ऐनमा व्यवस्था गरिएको छ । यस्तै ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागिदार हुने व्यवस्था गरेको छ । जानी जानी बहुविवाह गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

त्यस्तै, निर्माणको काम गर्दा निर्धारित मापदण्ड वा गुणस्तरको सामग्री प्रयोग नगर्ने वा परिमाण घटीबढी पार्नेलाई दश वर्षसम्म कैद र एकलाख जरिवाना गर्ने नयाँ व्यवस्था गरिएको छ । 

अपराध संहितामा चौपायालाई यातना दिने वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारण सार्वजनिक रुपमा छाड्नेलाई तीन वर्षसम्म कैद वा पाँच हजारसम्म जरिवाना हुनेछ । 

अनुमति बिना कसैको तस्वीर खिचेमा वा एउटा व्यक्तिको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाएमा एक वर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । एक व्यक्तिको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपमा तस्वीर बनाएमा दुई वर्षसम्म कैद वा २० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । 

सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने, राजद्रोह, नेपालविरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्ने, राष्ट्रहित प्रतिकूल काम गर्ने र जातिहत्यालाई संहिताले कसूर मानेको छ । 

यस्तै मुलुकी देवानी संहितामा नयाँ व्यवस्थाहरु पनि थपिएका छन् । साविकको कानूनमा १६ वर्षमुनिका बालबालिकालाई नाबालकमा राखिएको थियो, तर संहिताले १८ वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालक मानेको छ । 

पहिलो पटक देवानी कानूनमा गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने, अरुलाई दुःख दिने गरी काम गर्न नहुने, असल छिमेकीपन कायम गर्नुपर्ने, कानून विपरीतका प्रथा तथा परम्पराले मान्यता पाउने व्यवस्था गरिएका छन् ।

कुनै पनि व्यक्तिले कानूनको अधीनमा रही आफ्नो शरीरको परीक्षण वा अङ्ग परिवर्तन गर्न वा गराउन पाउने व्यवस्था यसमा गरिएको छ ।

त्यस्तै, कुनै व्यक्तिले जीवित छँदै आफ्नो दाहसंस्कार, काजकिरिया वा सद्गतको विधि निर्धारण गर्न सक्नेछ । हकवाला व्यक्तिले पनि मर्ने व्यक्तिको इच्छा बमोजिम निजको दाहसंस्कार, काजकिरिया वा सद्गत गर्न पाउने व्यवस्था छ ।

त्यस्तै, विवाह गर्दा महिला र पुरुषको उमेर २० वर्ष पूरा भएको हुनुुपर्नेछ । महिलाले विवाहपछि बाबु वा पति वा दुवैको थर राख्न सक्नेछन् । पति पत्नीको सम्बन्ध विच्छेद भएमा, पति वा पत्नीको मृत्यु भएमा वा पति वा पत्नीले अंश लिई भिन्न बसेमा बाहेक दोस्रो विवाह गर्न नपाइने व्यवस्था यसमा छ । 

मुलुकी देवानी संहितामा पितृत्व वा मातृत्वको ठेगान नभएको शिशु आफ्नो छोरा वा छोरी हो भनी दावी गर्नुपर्दा त्यस्तो शिशु जन्मिएको वा पहिचान भएको मितिले दुई वर्ष्भित्र गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, पति/पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ । छोरा, छोरी जन्मिएको तीन महिनाभित्र छोरा, छोरीको जन्म दर्ता गराउनुपर्ने छ ।

पति पत्नीबीचको वैवाहिक सम्बन्ध अन्त्य भए पनि निजहरुबाट जन्मिएको छोरा, छोरीको बाबु, आमामाथिको कानूनी अधिकार र निजप्रतिको बाबु, आमाको दायित्व कायमै रहने व्यवस्था यसमा छ ।

देवानी कानूनमा छोरा÷छोरीले आफ्ना आमा बाबुलाई आदर, सम्मान तथा हेरविचार गर्नुपर्नेछ । त्यस्तै, छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न नपाउने व्यवस्था भइरहेकामा कुनै व्यक्तिको आर्थिक हैसियत विचार गरी अदालतले छोरी वा छोरी हुने व्यक्तिलाई पनि धर्मपुुुत्र वा धर्मपुत्री राख्न दिने आदेश गरेमा धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने छ । 

मुलुकी देवानीमा कसैले पनि घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न नपाउने व्यवस्था छ । 

त्यस्तै, आगलागी, भूकम्प वा अन्य विपद्को समयमा, खानेपानी ढल, बिजुली, टेलिफोनको विस्तार गर्न, खेतीपाती गर्नजस्ता कार्यका लागि क्षतिपूर्ति दिई अर्काको सम्पत्ति भोग गर्न पाउने गरी सुविधाभारको व्यवस्था यसमा गरिएको छ ।

नयाँ कानूनी व्यवस्था मुताविक मासिक २० हजारभन्दा बढी बहालका लागि घर बहालमा दिँदा घर बहालमा लिने दिने व्यक्तिहरुले लिखित सम्झौता गर्नुपर्ने छ ।  source:ujyaaloonline