
अर्जुन भुसाल भाद्र५ अर्घाखाँची :कुशल संगठक पिताम्वर भुसालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीको नेतृत्व सम्हाल्ने भएपछि नेता÷कार्यकर्ताहरुमा खुसीयाली छाएको छ । त्यागी, इमान्दार, सहयोगी र निष्ठावान नेताको रुपमा परिचय बनाउनु भएका भुसालको नाम सर्वसम्मत सिफारिश गरिएको छ । उहाँले नेकपाको नेतृत्व गर्ने भएपछि पार्टीको तल्लो तह सम्मका कार्यकर्तामा उत्साह थपिएको छ ।
भेटेरै बधाइ दिन कार्यकर्ता गाउँगाउँबाट सन्धिखर्कमा रहेको पार्टी कार्यालय आउन थालेका छन् । प्रदेश स्तरीय कार्यदलले सर्वसम्मतले अध्यक्षका लागि उहाँको नाम केन्द्रमा पठाएपछि सामाजिक सञ्जालमा बधाइ दिनेहरु दिन प्रतिदिन बढिरहेका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट समाज शास्त्रमा स्नातकोत्तर गर्नु भएका भुसालको आगमनले पार्टी बौद्धिक दिशामा अग्रसर हुने अधिकांशको बुझाई छ । २०५४ साल देखि निरन्तर जिल्ला कमिटीमा रहेर काम गरेका भुसालले पार्टी संगठन निर्माणमा ठूलो योगदान पुर्याएको नेकपाका नेता, कार्यकर्ता बताउँछन् । उहाँ तत्कालिन एमालेमा पछिल्लो समय जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
०५४ सालमा २५ वर्षको उमेरमा तत्कालिन बाँगी गाविसको अध्यक्ष बन्नु भएका भुसालले कुशलता पूर्वक जनप्रतिनिधिको भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ अध्यक्ष बनेपछि बाँगीको विकासले गति समेत लिएको थियो । अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नु भएका भुसाल २०४७ सालमै बाँगी एमालेको संस्थापक प्रमुख, इलाका सदस्य, उपसचिव हुदै इलाका प्रमुख बन्नु भएको थियो । जिल्ला कमिटीमा आएपछि विद्यार्थी इन्चार्जको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । ०६७ देखि ०६९ सम्म एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. १ को अध्यक्ष बन्नु भएका भुसालले हरेक निर्वाचनमा पार्टीका उम्मेद्वारलाई सहयोग पुर्याउँदै आउनु भएको छ ।
भुसालले राजनीति बाहेक अहिले सम्म कुनै पनि पेशा व्यवसाय अंगाल्नु भएको छैन । उहाँले हालसम्म लाभको पद र राजनीतिक नियुक्ति समेत लिनु भएको छैन । अरुको दुःखलाई आफ्नै दुःख सम्झने भुसाल अत्यन्तै सहयोगी स्वभावका हुनुहुन्छ । भुसालले महत्वपूर्ण समयमा पार्टीको नेतृत्व गर्न लाग्दा सबै वर्गका कार्यकर्ता हौसियएका हुन । उहाँले युवा, विद्यार्थी, महिला, वृद्धवृद्धा सबैको मन जित्न सफल हुनु भएको छ । दुई पार्टीको एकता पछि बनेको विशाल पार्टीलाई गति दिन आफू दिन रात नभनी काममा लाग्ने भुसालको भनाई रहेकोछ । ‘नेता कार्यकर्ताको विश्वास र भरोसालाई म निराशामा परिणत हुन दिँदैन’ उहाँले भन्नुभयो, ‘सबैको भावना समेट्दै, सबैलाई सँगै लिएर संगठन निर्माण र पार्टी काममा लाग्छु ।