बिक्रम पाण्डे समानता भाद्र १२ अर्घाखाँची :असारे रोपाइको झल्को दिने गरी गाईजात्राको भोली पल्ट निकालिने रोपाइजात्रा आज अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं. १ पटुवाथुममा निकालिएको छ । पटुवाथुम हुलाक भैरव मन्दिरबाट सुरु भएको रोपाईजात्रा पटुवाथुममा रहेको पार्वती निम्न माध्यमिक विद्यालयमा आई पून भैरव मन्दिरमा गई समापन भएको थियो ।
रोपाइँ जात्रामा पञ्चे बाजाको तालमा गोरु जोत्ने, खोक लगाउने, धान रोप्ने गर्नुका साथै रोपाइँमा गाइने वालीगीत गाएर महिला तथा पुरुषहरु छमछमी नाचेका थिए । किसानहरुले पञ्चे बाजाको तालमा धान रोपाईको नक्कल गर्दे नाच्दै गाउँदै हिडेका हुन् ।नेवारी समूदायको चार्डको रुपमा मनाईने रोपाई जात्रामा अर्घाखाँचीमा भने अन्य समुदायका मानिसहरुले पनि रोपाई जात्रा मनाउने गर्दछन् ।
नेवारी समूदाय लगायत अन्य समुदायको पनि यो जात्रामा सहभागीता रहने हुनाले रोपाई जात्राको महत्व अझै बढ्दै गएको एक नेवार समुदाय अगुवा पटुवाथुम निवासी तारा श्रेष्ठले बताए । रोपाइँ जात्रामा पञ्चायत कालका साहू महाजनको झल्को मेटाउने गरी छाता ओडेर अघि पछि सहयोगी राखेर रोपाइँ हेर्ने साहु, ,जोगी, बाउसे बन्नुका साथै स्थानीय युवायुवतीहरुले भजन किर्तन समेत गाएका थिए । त्यस्तै सनपा ४ वाङ्लामा पनि रोपाई जात्रा निकालिएको छ भने जिल्लाका अन्य स्थानमा श्री कृष्ण जन्मास्टमीको अर्को दिन मनाउने प्रचलन रहेको छ ।