विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट, एक कर्मचारी घाइते

साउन २७, २०७५ मोरङ : विराटनगर महानगरपालिका भवनभित्र सकेट बम विस्फोट भएको छ। विस्फोटबाट कार्यालय सहायक शिवचन्द्र ठाकुर घाइते भएका छन्। उनको उपचार कोशी अञ्चल अस्पतालमा भइरहेको छ। अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विस्फोट भएको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीका अनुसार अहिलेसम्म नगरपालिकालाई कुनैपनि किसिमको धाक धम्की कसैले दिएको थिएन। बम विस्फोट कस्ले र किन गराएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको पराजुलीले बताए।

बम विस्फोटको विषयमा अनुसन्धान गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ। भवनको दोस्रो तल्लामा रहेको प्रमुख पराजुलीको कार्यकक्ष बाहिरको प्यासेजमा बम विस्फोट भएको हो। विस्फोटबाट प्यासेजमा राखिएका केही सोफा तथा एउटा स्टिलको दराजमा क्षति पुगेको छ। यस्तै महानगरपालिका प्रमुख पराजुलीको गाडीमा पनि क्षति पुगेको छ।

विस्फोटमा संलग्नको खोजिका लागि महानगरपालिकामा रहेको सीसी टिभीको फुटेज प्रहरीले लगेको छ। मोरङका प्रहरी प्रमुख मनोजकुमार केसीले घटनाबारे पछि जानकारी दिने भन्दै केही बताएनन्।
source:thahakhabar.com

अनुसन्धान विभागका १८ डिएसपीको बढुवा

साउन २७, २०७५ काठमाडौंः राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत १८ जना डिएसपीहरुको एसपीमा बढुवा भएको छ। त्यस्तै २७ जना इन्सेक्टरको डिएसपीमा बढुवा भएको छ। गृहमन्त्रालयले शुक्रबार साँझ गरेको बढुवा आइतबार सार्वजनिक गरिएको हो। विवादका कारण तीन महिनासम्म बढुवाको काम रोकिएको थियो।
source:thahakhabar.com

डाक्टरको लाइसेन्स परीक्षामा ५९५ जना फेल

साउन २७, २०७५ काठमाडौं : नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परिक्षामा २४ प्रतिशत मात्र पास भएका छन्। ७८४ जना एमबिबिएस पास गरेका चिकित्सकको लाइसेन्सको लागि लिएको परिक्षामा जम्मा १८९ ले मात्र लाइसेन्स परिक्षा पास गरेका काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले बताए। एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा यतिधेरै फेल भएको सम्भवत यो नै पहिलो हो। उनले भने ‘ शनिबारको परीक्षामा एमबीबीएसतर्फ ७७६ जनाले परीक्षा दिएकोमा १८९ जना मात्रै पास भएका छन्, हामीले लिएको परिक्षामा सबै भन्दा धेरै विद्यार्थी फेल हुने सम्मभवत यो पहिलो पटक होला।”

यस्तै हिजै लिएको बिडिएस तर्फको परिक्षामा १२७ जनाले परीक्षा दिएको ७३ जना (५७.४८प्रतिशत) जना पास भएका छन्। यसरी हेर्दा दुबै समूहामा पास हुने जम्मा २९ प्रतिशत रहेकको छ। तर एमबिबिएस लाइसेन्स परिक्षामा फेल हुने यो निकै कम हो। डा. शर्माका अनुसार चाइना,बंगलादेश र नेपालका केही मेडिकल कलेजाट एमबिबिएस गरेका बिद्यार्थीहरु धेरै लाइसेन्स परिक्षामा फेल भएका सबेत बताए। यस्तै हिजोको परिक्षामा फेल हुने धेरै विद्यार्थीपटक पटक लाइसेन्स परिक्षामा सहभागी भएर पनि पास नहुने विद्यार्थी रहेको समेत डा.शर्माले बताए। उनले भने ‘हिजोको परिक्षा करीब पाचँ सय जति यसभन्दा अगाडि पनि परिक्षामा  सहभागी भएर पनि पास नभएका पुराना परीक्षार्थी थिए जसले गर्दा धेरै फेल भए।’

 यसभन्दा अगाडि पनि काउन्सिलले लिँदै आएको परिक्षामा धेरै विद्यार्थी फेल हुँदै आएका थिए। चिकित्सा अध्ययन उत्तीर्ण गरेको प्रमाणपत्र लिएर आएका विद्यार्थीहरु लाइसेन्स लिने बेलामा यति धेरै फेल हुनुले मेडिकल शिक्षाको गुणस्तरमा थप प्रश्न उब्जाएको छ।
source:thahakhabar.com

देश हाक्ने शक्तिनै युबा शक्ति हुन

Image may contain: 2 people, people standing

श्याम घिमिरे साउन २७ अर्घाखाँची
सदाका बर्षहरुमा जस्तै यस बर्ष पनि अगस्त १२ अर्थात आजैको दिन अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाईयो । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्र्तराष्ट्रिय युवा दिवस मनाईन्छ ।

Image may contain: 3 people, including Chham Kumari Khanal Chinari, people smiling, indoor

यस दिवसले अन्र्तराष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ ।

Image may contain: text
यसै अबसरमा आईतबार अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पनि १९ औं अन्र्तराष्ट्रिय युबा दिवस प्रबचन कार्यक्रमको आयोजनागरी मनाईएको छ । Safe Spaces For Youth युबाकालागी सुरक्षीत बाताबरण, भन्ने मुलनाराका साथ सम्पन्न भएको प्रबचन कार्यक्रममा बोल्ने बक्ताहरुले हिजोको अबस्थालाई हेरेर मुल्याङ्कन गरी युबाहरुलाई अगाडी बढ्न आग्रह गर्नु भयोे ।

Image may contain: 5 people, including Chham Kumari Khanal Chinari and Lila Baral, indoor

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्माले देश हाक्ने शक्तिनै युबा भएकोले युबाको ब्यक्तित्व बिकासकालागी सबैखाले शिक्षाको आबश्यक रहेको भन्दै युबाहरुको सक्रियता बिना कुनैपनि कार्य सम्पन्न हुननसक्ने कुरामा जोड दिनु भयो । त्यस्तै कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले संबिधानले युबाहरुलाई सबै अधिकार दिईसकेको हुनाले युबाहरु त्यसै अनुसार अगाडी बढ्नुपर्ने धारणा राख्नु भयो ।

Image may contain: 4 people, including Thakur Kumar BK and Kamal Prasad Bhusal, people sitting and indoor

कार्यक्रममा सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक,निमित्त प्रजिअ बिक्रम थापा,नेकपाकी प्रतिनिधि छमकुमारी खनाल,नेपाली काँग्रेसका जिल्ला सदस्य पिताम्बर खनाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष गोपाल प्रसाद पौडेल,बिबेकशिल साझापार्टीका अध्यक्ष हरीप्रसाद भुसाल,युबासंघ नेपालका अध्यक्ष गोबिन्द आचार्य,युबा संन्जालका अध्यक्ष मनिष सिंह,उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ,पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले मनतब्य राख्दै युबाशक्तिलाई देश निर्माणमा लगाउन राज्यले त्यही अनुसारको निति निर्माण गर्नुपर्ने बताउनु भएको हो ।

Image may contain: 5 people, including Chham Kumari Khanal Chinari and Thakur Kumar BK, people sitting and indoor
जिल्ला युबा समितिको कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालीकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम युबा समितिका अध्यक्ष लिलबहादुर बिकको अध्यक्षता,कार्यालय प्रमुख लिलबहादुर राउँत क्षेत्रीको स्वागत मनतब्य र चोपलाल बेल्बासेको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 5 people, including Chham Kumari Khanal Chinari, people sitting and indoor

Image may contain: 5 people, including Lila Baral and Thakur Kumar BK

Image may contain: 5 people, including Thakur Kumar BK and Chham Kumari Khanal Chinari

Image may contain: 5 people, people smiling

Image may contain: 6 people, including Chham Kumari Khanal Chinari, Kamal Prasad Bhusal, Lila Baral and Thakur Kumar BK, people sitting and indoor

Image may contain: 7 people, including Kamal Prasad Bhusal, Thakur Kumar BK and Choplal Belbase, people smiling, indoor

Image may contain: 5 people, including Lila Baral

Image may contain: 5 people, including Thakur Kumar BK, people standing and indoor

Image may contain: 9 people, including Balaram Rayamajhi, people sitting and indoor

Image may contain: 3 people, including Navraj Malla and मनिस सिंह, people sitting and indoor

Image may contain: 7 people, including Chham Kumari Khanal Chinari

Image may contain: 5 people, people standing

Image may contain: 3 people, indoor

Image may contain: 4 people, including Choplal Belbase

Image may contain: 6 people, including Kamal Prasad Bhusal and Lila Baral, people sitting and indoor

Image may contain: 2 people, people standing

संघीय प्रणाली ३ पांग्रे नीति अनुसार चल्नुपर्छ- सभामुख घर्ती

२५ साउन,बुटवल

प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले ंकेन्द्र सरकारको एकात्मक राज्य ब्यबस्था चलाएको ह्यांग अझै नहटेको दाबी गरेका छन् । संघीय प्रणाली ३ पांग्रे नीति अनुसार चलेको भन्दै उनले टेम्पोको उदाहरण समेत दिए । ‘एउटा पांग्रा बिना टेम्पु चल्न सक्दैन,त्यस्तैगरी स्थानीय,प्रदेश र संघगरि ३ वटा सरकारको एक अर्कासंग समन्वय नभए संघीयता कमजोर हुन्छ ।’ उनले भने ।

प्रदेश र केन्द्रबिच अधिकारका बिषयमा पनि केहि जटिलताहरु देखिएका छन् यस्लाई छलफलका माध्यमबाट हल गर्नुपर्ने उनको तर्क छ । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालयद्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले बांझो बारीको डल्लो फुटाउने कोशीशमा रहेको प्रष्ट पारे । ‘हामी संघीयता कार्यान्वयन शुन्यबाट शुरु गरेका हौं,यो बांझो बारीको डल्लो फुटाउने काम जस्तै जटिल हो,संघीय ब्यवस्थालाइ ब्यबस्थित र कार्यान्वयन गर्ने कोशीश गरेका छौं ’ उनले भने । उनले आफुहरुका बिचमा केहि सकारात्मक चुनौतीहरु रहेको भन्दै तत्कालका लागि २ वटा दायित्व निर्बाह गर्नुपर्ने बताए ।

सभामुख घर्तीले भने—‘तत्कालका लागि प्रदेश कानुन निर्माण गर्न जरुरी त्यसपछि हामी बिकास निर्माणका काम पनि अघि बढाउनुपर्ने दायित्व छ ।’ उनले मुख्य बिषयमा जोड दिन नसकिए संघीयता अलमल हुने बताए । संबिधान कार्यान्वयनमा सबैलाग्न जरुरी रहेको उनको भनाइ छ । महंगी नियन्त्रण र जनताको जीवनस्तर उकास्न प्रदेश सरकारले काम गर्नुपर्ने उनको भनाइ छ ।

‘अब आर्थिक क्रान्ति जरुरी छ,राजनीतिक मुद्धाहरु अब धेरै छैनन ।’उनले सुनाए । प्रदेशको राजधानी र नामाकरण संघीयताको मर्ममा केन्द्रित रहेर हुन्छ प्रदेश राजधानी र नामको अन्तिम टुंगो संसदले नै लगाउने भन्दै सभामुख घर्तीले १५ सदस्यिय समितिले प्रतिबेदन तयार गर्ने बताए ।

उनले अगाडि भने— ‘प्रदेशको राजधानी वा नामाकरणको बेला संघीयताको मर्ममा केन्द्रित रहेर हुनुपर्छ ,अमुख दल अमुख क्षेत्रको पक्षमा होइन,हुदैन । अब यो गुनासो र संघर्षको बिषय बन्दैन ।’ सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा ब्याख्या भएपनि अहिले सर्बोच्चमा बिचाराधीन अबस्थामा मुद्धा रहेकाले केहि बोल्न नमिल्ने बताए । यो बिषय एमाले र माओबादी एकतापछि मात्रै उब्जिएको समस्या भएको भन्दै उनले न्यायालयले नै निर्णय गर्ने बताए ।

प्रदेशसभाले पहिलो र दोश्रँे अधिबेशनबाट १५ वटा बिधेयक पास गरेको र प्रदेश लोकसेवा आयोगको बिधेयक समितिमा अड्किएको जानकारी समेत दिए । प्रदेश ५ मा ५५ पुरुष र ३२ महिला गरि ८७ जना प्रदेश सांसद रहेका छन् । माघ २१, २०७४ बाट शुरु भएको पहिलो अधिबेशन २०७५ बैसाख ३१ सम्म र दोश्रँे अधिबेशन साउन २४ गते अन्त्य भएको थियो । रिपोटर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।

सोहि अबसरमा बिभिन्न राष्ट्रिय मिडियाका प्रदेश ब्युरो प्रमुखहरुलाइ टीका तथा खादा ओढाएर सम्मान गरिएको थियो । गोरखापत्रका प्रदेश ५ ब्युरो छबि पाण्डे,कान्तिपुरका प्रदेश ५ ब्युरो प्रमुख दीपेन्द्र बडुवाल र अन्नपूर्ण पोेष्टका प्रदेश ५ ब्युरो प्रमुख लक्ष्मण पोखरेललाइ सम्मान गरिएको थियो ।