श्याम घिमिरे भाद्र १४ अर्घाखाँची : आसन्न असौजको पहिलो हप्ता जिल्ला र अन्तिम हप्ता हुने राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले आज जनप्रिय मावि,बाल शिक्षा आधारभुत विद्यालय असुरकोट र शान्ति मा.वि.खिल्जीमा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
भेलामा छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.,सह–सचिव सन्देश खनाल र सदस्य आकाश भाटले समाजमा घटिरहेका बलत्कार,हत्या,लैङ्गिक हिंसा तथा सामाजिक कु प्रथा बिरुद्ध सचेतना मुलक मन्तव्य राख्दै सामाजिक बिकृतिका बिरुद्ध युवा बिद्यार्थीहरु एक हुनुपर्ने बताउनुभएको छ ।
भेलाले निमकला रानाको अध्यक्षतामा ७१ सदस्यिय अखिल छैठौं जनप्रिय मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सरोज घ.म.,सचिव सम्झना पुलामी,सह–सचिव ब्रमाण्ड श्रेष्ठ र कोषाध्यक्षमा सरिता श्रेष्ठ निर्बाचित हुनुभएको छ भने आशिष थापा,सन्दिप बन्जाडे,राजेश के.सी. र सन्दिप श्रेष्ठ सचिवालय सदस्यमा चयन हुनुभएको छ ।यस्तै भेलाले सन्दिप पोख्रेलको अध्यक्षतामा ९१ सदस्यिय अखिल छैठौं शान्ति मा.वि.खिल्जी मुल इकाइ समितिको पनि गठन गरेको छ ।
जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः बिपना वेल्वासे,सपना पोख्रेल,सविता थापा र रन्जित दमासे चयन हुनुभएको छ ।अखिल छैठौं अर्घाखाँचीले यहि असौज ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्न लागेको छैठौंका जिल्ला सह–सचिव सन्देश खनालले जानकारी दिनुभएको छ ।