नबिन केसी भाद्र,११ अर्घाखाँची
राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन जिल्ला समिति अर्घाखाँचीले सोमबार एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ । समितिका जिल्ला अध्यक्ष शुनिता गिरीद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा पछिल्लो समय देशमा बढ्दै गएको बलात्कारका घटनाहरुमा सरकारले दोषि पत्ता लगाई कारबाही गर्न नसकेको घट्ना प्रति महिला संघठनको ध्यान आर्कषण भएको बताईएको छ ।
कैलालीमा निर्मला पाण्डेको बलात्कार देखि हत्या भएको यतिका दिनसम्म अपराधिलाई कानुनी कठघेरामा ल्याउन नसकेको दुःखदायी अवस्थाप्रति राप्रपा महिला संगठनले सरकारप्रति खेद प्रकट गरेको छ । अपराधिलाई कुनै पनि आवरणमा उन्मुक्तिको अवस्था नल्याईयोस भन्दै सरकार संग जोडदार माग समेत गरेको छ । महिला माथि हुने सम्पूर्ण ंिहंसा अन्त्य गर्न सरकारका सम्पूर्ण संयन्त्र तुरुन्त्त सशक्त ढंगबाट परिचालित गरि बलत्कार र हत्या तुरुन्त रोक्नको लागि माग गरेको समेत गरेको छ ।