कञ्‍चनपुरमा गोली चल्दा एक बालकको मृत्यु

भदौ ८, २०७५ काठमाडौं : निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा शुक्रबार पनि कञ्चनपुर तनावग्रस्त भएको छ। तनाव बढेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।   प्रहरीको गोली लागी १४ वर्षीय बालक सनी खुनाको मृत्यु भएको हो। बिहीबार गोली हानिएकै स्थान वडा प्रहरी कार्यालय नजिकै शुक्रबार पनि प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले गोली चलेको पुष्टि गरेका छन्। यस्तै कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले प्रहरीको गोली लागेर केही आन्दोलनकारी घाइते भएको जनाएका छन्।  प्रदर्शनकारीले प्रशासन कार्यालयमा तोडफोड गर्न खोज्दा प्रहरीले गोली चलाएको जनाएको छ। प्रहरीको गोली लागी  अन्य चारजना घाइते भएका छन्। 

१३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेपछि कञ्चनपुर तनावग्रस्त हुँदै आएको छ। प्रहरीले केही दिनअघि हत्याका नक्कली अभियुक्तलाई सार्वजनिक गरेपछि स्थानीय आक्रोशित बनेका हुन्। बिहीबार घटनाको छानबिन गर्नका लागि गृहमन्त्रालयका सहसचिवस्तरीय छानबिन समिति गठन गरिएको छ। अनुसन्धानका लागि गठन गरिएको समितिका संयोजक सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको टोली काठमाडौंबाट महेन्द्रनगर पुगेको छ। समितिलाई घटनाको बारेमा अनुसन्धान गर्न १५ दिनको समय दिइएको छ।
source:thahakhabar.com

Advertisement

पुरस्कार वितरण कार्यक्रम सम्पन्न

 शालिकबाबु पोख्रेल भाद्र ८ अर्घाखाँची

सन्धिखर्क नगरपालिका वार्ड न ०८ जनता आधारभुत बिद्यालय नेपाली चौरले विभिन्न बिधामा उत्कृष्ट हुन सफल बिद्यार्थिलाई हिज एक कार्यक्रमका बिच पुरस्कृत गरेको छ ।

बालबालिकाको सर्बा्ङ्गिण बिकासलाई मध्यनजर गर्दै सन्चालन गरिएका रनिङ,क्वीज,ड्रोइङ जस्ता विभिन्न क्रियाकलापका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । जस अन्तर्गत १५० मिटरको दौड्मा, कक्षा दुइमा अध्ययनरत छात्र बिष्णु राना प्रथम, कक्षा एकमा अध्ययनरत छात्र शालिकराम मुखिया द्वितीय, र कक्षा एकमै अध्ययनरत छात्रा सम्झना मुखिया तृतिय हुनुभएको छ ।

यस्तै हाजिरीजवाफ अन्तर्गत अस्मिता पोख्रेल नेतृत्वको मालारानी गाउँपालिका प्रथम, मोहित बन्जाडे नेतृत्वको छत्रदेब गाउँपालिका द्वितीय ,विशाल मुखिया नेतृत्वको सन्धिखर्क नगरपालिका तृतीय हुन सफल भएका छ्न । त्यसैगरी आजै भएको चित्रकला अन्तरगत एल,के,जी मा अध्ययनरत छात्र रबिन पोख्रेल, कक्षा एकमा अध्ययनरत छात्र,छात्रा शालिकराम मुखिया र एन्जिला बन्जाडे, कक्षा दुइमा अध्ययनरत छात्रा सरिता मुखिया, कक्षा तीनमा अध्ययनरत छात्रा सुरक्षा बन्जाडे उत्कृष्ट हुनुभएको बिद्यालयले जनाएको छ ।

सम्पुर्ण क्रियाकलापमा सहभागी ५० जना बिद्यार्थी मध्ये उत्कृष्ट हुन सफल विद्यार्थीलाई प्रधानाध्यापक कमलप्रसाद गैरेले पुरस्कृत गर्नुभएको छ । बिगतका बर्षहरुमा बिद्यार्थी अभाब भोगेको बिद्यालयमा यो बर्षदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन संचालन भएपछी भने विद्यार्थी संख्या ह्वात्तै बढेको हो । 

प्रतिबेदनको सुझाव कागजमा मात्रै सिमित रहेको भन्दै नागरिक समाज संस्थाद्धारा ध्यानाकर्षण ।।

सन्धिखर्क एफएम,भाद्र ९ अर्घाखाँची

सामाजिक परीक्षण प्रतिबेदनको सुझाव कागजमा मात्रै सिमित हुने गरेको नागरीक समाज संस्थाले निष्कर्ष निकालेका छन् । स्वास्थ्य संस्थाले प्रत्येक वर्ष सामाजिक परीक्षण गर्ने गरेको भएपनि सुधार गर्नुपर्ने पक्षलाई भने वेवास्था गर्ने गरेको भन्दै जिल्लामा रहेका नागरिक समाज संस्थाले सन्धिखर्क नगरपालिका र जिल्ला स्वास्थ्य कार्यलयमा ध्यानाकर्ष पत्र बुझाइएको छ ।

पारष्परिक जवाफदेहिता परियोजना तथा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची अन्र्तगत गठित सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँचीले संयुक्त रुपमा ध्यानाकर्ष पत्र बुझाएका हुन ।

स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्य कर्मीहरुमा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण प्रति अपनत्व बढाउँदै प्राप्त सुझाव तथा कार्ययोजना प्राथमिकताका साथ कार्यन्वयन गर्नुपर्ने, स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष तथा कर्मचारीबीच समन्वय नमिल्दा सेवा प्रबाह (कार्यन्वयन) प्रभावकारी नभएकोले समन्वयकारी भुमिकालाई बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै ध्यानाकर्षण गराएका हुन ।

स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने औषधी समयमै खरिद नगर्दा विरामी मर्कामा परेको हुँदा जिल्ला स्वास्थ्य, नगरपालिका, गाउँपालिका र वडा कार्यालयले पनि समयमै औषधी खरिद गर्नुपर्ने, स्वास्थ्य संस्थामा गुनासो पेटिका तथा नोटिस बोर्ड नै नहुँदा गुनासो व्यवस्थापन प्रणालीको अभाव भएकोले तत्काल सबै स्वास्थ्य संस्थामा राख्नका लागि परिपत्र गर्नुपर्ने पनि नागरिक समाज संस्थाद्धारा जारी गरिएको संयुत्त ध्यानकर्षण पत्रमा उल्लेख छ ।

नयाँ शक्ति पार्टी द्वारा गैर सरकारी संस्थाको नामावली माग

श्याम घिमिरे,भाद्र ७ अर्घाखाँची :नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले जिल्लामा कार्यरत विभिन्न गैर सरकारी संस्थाको नामावली र कार्यक्षेत्रको बारेमा बिस्तृत बिबरण उपलब्ध गराउन माग गरेको छ ।  गैर सरकारी संस्थाहरुले जिल्लामा सामाजिक,राजनितिक, नागरिक क्षमता, र भौतिक बिकाशको निम्ती के कस्ता प्रभावहरु पारेका छन् , आर्थिक लगानीमा पारदर्शी छ कि छैन भनि गैर सरकारी संस्थाहरुको नामावली र कार्य क्षेत्र उपलब्ध गराईदिन सुक्रबार प्रमुख जिल्ला अधिकारि खिमराज भुसाल संग एक प्रतिनिधि मण्डलले भेटगरी माग राखेको हो । 
भुसाल संग नयाँ सक्ति पार्टी नेपालका केन्द्रीय संक्षक परिषद सदस्य राजजु नेपाली ,कार्यकारी सदस्य तथा जिल्ला ईन्चार्ज छन्द पन्थी, संघिय परिषद सदस्य तथा सनपा ईन्चार्ज टोप बहादुर बलाल ,कार्यालय सचिब पुस्करनाथ आचार्य र युवा शक्ति नेपाल जिल्ला संयोजक मनिष सिहंले गैर सरकारी संस्थाहरुको नामावली माग गर्नु भएको हो ।