जनता आधारभुत विद्यालय सनपा ८ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोपाल प्रसाद भट्टराई साउन ३१ अर्घाखाँची    

ढल्नै आंटेको स्कुललाई ठडाउन दत्त चितका साथ स्थानिय शिक्षाप्रेमी लागि परेपछि सन्धिखर्क ८ किमडांडा नेपालीचौर स्थित जनता आधारभुत विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्न थालेको छ ।समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सोंचका साथ यसै शैक्षिक शत्रदेखी अंग्रेजी माध्यममा पठन पाठन शुरु गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको बिद्यालयले जनाएको छ ।

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलका अनुसार अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिनुका साथै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप एवं आवश्यक सबै किसिमका भौतिक पूर्वाधारको विकासका कारण जनता आधारभुत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

शिक्षक,अभिभावक तथा ब्यबस्थापन समिति सहितको विद्यालयमा बिहिबार सम्पन्न त्रिपक्षिय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहांले यस्तो जानकारी दिनुभएको हो । उक्त स्कुललाई गत शैक्षिक शत्रदेखी नै ब्यबस्थित गर्ने योजना बनाएको भएपनि यस बर्षदेखी बिद्यालयको शैक्षिक तथा भौतिक सबै क्षेत्रको नयां ब्यबस्थापनको साथ स्कुल संचालन गरिएको अध्यक्ष पोख्रेलको भनाई छ ।

विद्यालयमा बढ्दै गएको गुणस्तरीयता लगायतका कारणबाट आफूहरू विद्यालयप्रति आकर्षित बनेको अभिभावक तारा प्रसाद पोख्रेलले बताउनुभयो ।‘धैरै पैसा तिर्दैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने रहेनछ, विद्यालयले निःशुल्कमा गुणस्तरीय शिक्षा दिन थालेकै कारण हामी यसतर्फ आकर्षित बनेका हौं,’ उहांले भन्नुभयो शिक्षामा गुणस्तर ‘भौतिक पूर्वाधार,मनोरम शान्त वाताबरण लगायत कारणबाट पनि म जस्ता धेरै अभिभावकले अबदेखी यस जनता आधारभुत विद्यालयमा बालबच्चा भर्ना गर्नेछन् ।’उहांले भन्नुभयो ।

उक्त बिद्यालयमा कक्षा १ देखी तल पेले ग्रुप,नर्सरी र एल.के.जी. गरि तिन तहका अतिरिक्त कक्षा थप गरि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई संचालन गरिएको छ । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता र प्र.अ.कमल प्रसाद गैरेको संचालनमा सम्पन्न कार्यक्रममा स्रोत ब्यक्ती युवराज भुसाल,स्कुलका संस्थापक सदस्य रामचन्द्र पोख्रेल,शिक्षक शालिकबाबु पोख्रेल लगायतले मन्तव्य राख्दै चिन्ताजनक स्थितिमा पुगेको विद्यालयलाई छोटो समयमै उकास्न सहयोग पु¥याउने सबैप्रति धन्यावाद ब्यक्त गर्दै सरोकारवाला सबैको एकता भएमा नमुना विद्यालय बनाउन कुनै कठिन नहुने जिकिर गर्नुभएको छ ।

प्रत्येक बर्ष विद्यार्थी घट्दै गएपछि ढल्ने अवस्थामा पुगेको जनता आधारभुत विद्यालयमा अहिले स्थानिय जनप्रतिनिधि,अभिभावक तथा सरोकारवालाको सक्रियताले नै ७० जना विद्यार्थीले अध्ययन गरिरहेका  छन।

Advertisement

सन्धिखर्क नगरपालीकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न, देशकै नमुना नगरपालीका बनाउने नगरप्रमुख भुसालको उद्घोष

श्याम घिमिरे साउन ३१ अर्घाखाँची 

रिपोर्टस क्लब नेपाल अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालीकाको सहयोगमा बिहिबार नगरपालीकाको सभाहलमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक बर्ष २०७४।०७५ सालमा नगरपालीकाले गरेका सबै बिकास निर्माणको कामको बारेमा समेत समिक्षा भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरलाई हराभरा र स्मार्ट सिटीको परिकल्पना संगै नमुना नगर बनाउने गरि काम भैरहेको बताउनु भयो । उहाँले सन्धिखर्क नगरपालिकालाइ भ्रष्टाचार मुक्त नगर बनाउने अभियानमा आफुहरु लागेको पनि बताउनु भयोे । नगरलाई उत्पादनमुखी कार्यमा अगाडी सारेर दूध, अण्डा, मासु, तरकारी, मसलाबाली लगायत उत्पादनमा वृद्धि गर्ने गरी काम थालिएको भन्दै नगरवासीहरुका सबैखाले समस्याहरुलाई क्रमश हल गर्दे जाने प्रयासमा आफुहरु लागी परेको बताउनु भयोे ।

उपप्रमुख ठाकुर कुमार बिकले सन्धिखर्क नगरपालिका सबैभन्दा बढी विकास र सम्भावना भएको नगर भएकोले विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, जलविद्युत, खानेपानी, सिँचाइ सुविधा लगायतका सेबाहरु उपलब्ध गराउने गरी काम थालेको बताउदै उक्त कार्यमा सबैको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ,पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, लगायतले मनतब्य राख्दै सन्धिखर्क नगरपालीकालाई देशकै नमुना नगरपालीका बनाउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा उपस्थीत सहभागीहरुले सार्बजनिक सुनुवाईलाई ब्यापकता दिनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता,उपाध्यक्ष बिरेन्द्र केसीको स्वागत मनतब्य र पत्रकार अर्जुन भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

लोकतन्त्र धरापमा पार्न हुदैन- जिसस प्रमुख भुसाल

श्याम घिमिरे साउन ३१ अर्घाखाँची 

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पितामबर शर्मा भुसालले नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र भएकोले यसलाई कसैलेपनी धरापमा पार्न नहुने बताउनु भएको छ । उहाँले अहिलेको सरकार बिकास निर्माणमा भन्दा अन्य कुराहरुमा अल्झीरहेको भन्दै जनताको भाबनालाई बुझेर काम गर्न आग्रह गर्नु भयो ।

रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले बिहिबार सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै प्रमुख भुसालले यस्तो बताउनु भएको हो । सरकारले प्रेस स्वतन्त्रतामाथी अंकुस लगाउन नहुने भन्दै ,सबै पत्रकारहरुलाई आफ्नो पेसामा ईमान्दारीताका साथ लाग्न आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले भाद्र एक गते देखी लागुहुने नयाँ प्रेस ऐनले पत्रकारको अधिकार हनन् नहुने भन्दै पत्रकारहरु आफ्नो मानमर्यादामा रहनुपर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले राज्यको कानुन अनुसार सबैले आ–आफ्नो भुमिका निर्बाह गर्नुको बिकल्प नभएको बताउनु भयो । प्रहरी नायब उपरीक्षक नबराज मल्लले कानुनको सबैले पालना गर्नु पर्नुे कुरामा जोड दिनु भयो ।


अधिबक्ता जगनाथ भुसालले अहिलेको ऐन बर्तमान सरकारले ल्याएको नभई अघिल्लो सरकारले ल्याएको प्रस्ताब भएको हुनाले यो सरकारलालाई गाली गर्न नहुने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल,पत्रकार श्याम घिमिरे,कुसल भुसाल,राजमो उपाध्यक्ष गोपाल पौडेल,बिबेकशिल शाझा पार्टीका हरी भुसाल लगायतले मनतब्य राख्नु भएको हो । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता,उपाध्यक्ष बिरेन्द्र केसीको स्वागत मनतब्य र अर्जुन भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

पत्रपत्रिका बर्गिकरणमा पक्षपात भएको भन्दै युनियन आन्दोलनमा

सागर महत सन्धिखर्क ३१: साउन नेपाल प्रेस युनियन अर्घाखाँचीले पत्रपत्रिका बर्गिकरणमा लापरवाही र पक्षपात भएको भन्दै सुचना तथा प्रबिधि मन्त्रि गोकुल बास्कोटालाई ज्ञापन पत्र पठाएको छ ।युनियनले आज  प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत मन्त्रि बास्कोटालाई ज्ञापन पत्र पठाएको हो । युनियनले ज्ञापन पत्रमा प्रेस काउन्सिलले पत्रपत्रिका बर्गिकरण गर्दा बिधि र प्रक्रिया पुरा नगरेको र निरन्तर प्रकाशित भएका पत्रपत्रिकालाई भन्दा पार्टी तथा व्यक्ति निकटका पत्रिकालाई बर्गिकरणमा प्राथमिकता दिएकोले तत्काल सच्याउन र पुन बर्गिकरण गर्न माग गरेको छ ।

ज्ञापनपत्र बुझाउदै नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि तथा पत्रकार महासंघका सदस्य प्रेमनारायण आचार्यले आफना मागको सुनुवाई नभए प्रेस युनियन चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनु भयो  ।
प्रमुख जिल्ला अधिकारी भुसालले  ज्ञापन पत्र तत्काल सञ्चारमन्त्रि समक्ष पठाउने जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि प्रेमनारायण आचार्य, सहसचिव रुद्रमणि भुसाल, कोषाध्यक्ष अशोक पौडेल, सदस्य लक्ष्मण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

अाज नागपञ्चमी

साउन ३१, २०७५ काठमाडाैं : श्रावण शुक्ल पञ्चमी। सनातन हिन्दु धर्मावलम्बीहरू बिहीबार नागपञ्चमी पर्व मनाउँदैछन्। यो दिन बिहान मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। शास्त्रमा अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकारका नाग हुने बताइएको छ।  विधिपूर्वक नागको पूजा गर्नाले नागहरू प्रसन्न हुने र वर्षभरि  विषालु जीवहरूको भय नहुने विश्वास गरिछ। साथै सर्प, बिच्छी खजुर आदि विषालु जीवको पनि पूजा गरिन्छ।

चट्याङले घरमा हानि नोक्सानी नपुर्‍याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गर्ने परम्परा पनि छ।   यो दिन गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यु, दुध आदिले धारा दिई दुबो, धानको लाबा आदि वस्तु चढाई गन्ध, पुष्पाले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रहरूमा छ।  हिन्दुधर्ममा एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका  छन्। यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ।  कृषिप्रधान मुलुक भएकाले सर्प र मानिसबीचको दूरी हटाउन यस पर्वको महत्त्व  छ।  नाग वा सर्पको बासस्थानको रूपमा रहेका पानीका स्रोतलाई स्वच्छ र पवित्र राख्न यो दिनले सन्देश दिन्छ।