साउन २१, २०७५ : इण्डोनेसियाको लोम्बोक टापुमा सात म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा ८२ जनाको मृत्यु भएको छ। भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ। प्रसिद्ध पर्यटकीय क्षेत्रमा भूकम्पको एक साता नबित्दै पुन: भूकम्प गएको हो। अघिल्लो भूकम्पमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो। राजधानी बालीबाट ४० किलोमिटर दूरीमा रहेको लोम्बोक हाइकिङ र तटीय क्षेत्रका लागि प्रसिद्ध मानिन्छ। भूकम्पपछि स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान सबैलाई आग्रह गरेको छ। भूकम्पबाट भएको क्षतिको यकिन विवरण आइनसकेको स्थानीय प्रशासनले जनाएकाे छ।