दिवंगत नेता रायमाझीको सम्मानमा ५ दिन पार्टीको झण्डा झुकाउने नेकपाको निर्णय

शोभाखर पन्थी
अर्घाखाँची वैशाख २५,

नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले दिवंगत नेता बुद्धि बहादुर रायमाझीको सम्मानमा ५ दिन सम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षमा सम्पन्न कार्यालय बैठकले जिल्लाका प्रभावसालि नेता रायमाझीको अकल्पनीय दुखद निधनले जिल्ला पार्टी र सिङ्गो राष्ट्र लाई समेत अपुरणिय क्षति भएको जनाउँदै स्वर्गीय रायमाझी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समेवेदना प्रकट गरेको छ ।

बैठकले अकल्पनीय घट्नाले परिवारजन , आफन्त तथा सिङ्गो पार्टी पङ्ती र जिल्ला बासि आम जनसमुदाय निक्कै चिन्तित र मर्माहत रहेको भन्दै धैर्य गर्नको निम्ति सबैलाई आग्रह गरेको छ । बैठकले शोकलाई शक्तिमा बदल्दै उहाँका अधुरा सपनाहरू पुरागर्न कुनै कसुर बाँकी नराख्ने समेत निर्णय गरेको छ ।
यसैगरी उहाँको निवास सन्धिखर्क १ शंखेटारीमा शोक पुस्तिका राख्ने,लकडाउनको अबस्थालाई मध्यनजर गरि सामाजिक दुरिकायम गर्दै उपयुक्त समयमा श्रद्धाञ्जली कार्यक्रम (शोक सभा) गर्ने लगायतका निर्णयहरु गरिएको जिल्ला पार्टी सचिव ठाकुर कुमार बि.क.किशोरले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा एमाले केन्द्रीय स्कुल बिभागका सदस्य रहनुभएका रायमाझी नेपाल कम्युनिस्ट पार्टी नेकपा तथा जिल्लाको वामपन्थी आन्दोलनका अगुवा नेता हुनुहुन्थ्यो । उहाँको यहि बैशाख २२ गते मेडिसिटी अस्पतालमा ७० बर्षको उमेरमा दुखद निधन भएको थियो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.