सन्धिखर्क एफएम जेठ ७ अर्घाखाँची –
नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री तथा संघिय सांसद टोपबहादुर रायमाझीले कोराना भाईरसले देश विदेशमा संकट पारेको बताउनु भएको छ । रायमाझीले कोरोना भाईरसका कारण बिदेशमा संकटमा परेका नेपालीहरुलाई नेपालमा ल्याउन पहल गर्ने समेत बताउनु भयो ।
बुधबार सन्धिखर्कमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे रायमाझीले यस्तो बताउनु भएको हो ।
स्वास्थ्य सामाग्री संघिय सांसद टोपबहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल मार्फत जिल्लालाई हस्तान्तरण गर्नुभएको हो । उहाँहरुले सर्जिकल माक्स ७ हजार ५ सय पिस, ग्लोब्स ५ हजार पिस, सेनिटाईजर ३० लिटर, थर्मलगन ८ पिस र पिपिई २५ पिस उपलव्ध गराउनु भएको हो । यसअघि पनि गत बैशाखमा उहाँहरुले जिल्लालाई बिभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभएको थियो । स्रोत :पत्रकार गणेश खनाल