नेपालमा थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४८७ पुगे

 जेठ ९, काठमाण्डौ – नेपालमा आज थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज आएको रिपोर्ट अनुसार सर्लाहीमा मात्रै १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार सर्लाही गोडैता नगरपालिकाका वडा नम्बर ८, ९, ११, १३ र १४ तथा सर्लाहीकै रामनगर बहुअर्वा गाउँपालिका ७ का ३८ वर्षका तीन जना, २२ वर्षका दुई जना, २५ वर्षका दुई जना, ३४ वर्षका दुई जना तथा २४, २७, ३२, ३५ र ३९ वर्षका एक–एक जना पुरुष तथा १८ वर्षकी युवती गरी १० जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

थप ३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४५७ पुग्यो

जेठ ९, काठमाण्डौ – बिहीबार राति थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जना सङ्क्रमित थपिएका छन् । बाँकेका नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का‌४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या  चार सय ५७ पुगेको छ ।