नेपालमा काेराेना सङ्क्रमित १ हजार ४०१ पुगे, २१९ जना डिस्चार्ज

जेठ १७ – आज एकै दिन १ सय ८९ जना मानिसमा कोरोना भाइरस पुष्टि भएको छ । यस संगै देशमा सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससंगै देशभरका ५३ जिल्लामा कोरोना फैलिएको छ । कपिलवस्तु १ सय ९, सर्लाहीमा १७, दैलेखमा १४ जना, सिरहामा ११, सप्तरीमा ९, धनुषामा ७ र रौतहटमा ६ जनालाइ कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै दाङमा ५, महोत्तरीमा ४, पर्सामा २, संखुवासमा २, झापामा १, ललितपुरमा १ तथा बारामा १ जनमा सङ्क्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् ।

बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ । मन्त्रालयका अनुसार आज सम्म नेपालमा आरडीटी विधिबाट १ लाख७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् । सङ्क्रमितको पहिचानका लागि पिसिआर परिक्षणलाइ बढवा दिएको डा. देबकोटाले जानकारी दिनुभयो ।

Advertisement

अर्घाखाँचीमा साढे ३४ सय भन्दा धेरै क्वरेण्टीनमा


श्याम घिमिरे
जेठ १७ अर्घाखाँची –
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ६२ स्थानका क्वरेन्टीनमा सनिबार दिउँसो ३ बजेसम्म ३ हजार ४ सय ५३ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभएको छ ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा ५१२ जना, शितगंगा नगरपालीकामा ८०२ जना, भूमिकास्थान नगरपालीकामा ८७१ जना, छत्रदेव गाउँपालीकामा २३२ जना, मालारानी गाउँपालीकामा ६६३ जना र पाणिनी गाँउपालीकामा ३७३ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको भनाई रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ ।

हाल सम्म सन्धिखर्क नगरपालीकामा १६, शितगंगा नगरपालीकामा ५३, भूमिकास्थान नगरपालीकामा ३३, छत्रदेव गाउँपालीकामा १६, मालारानी गाउँपालीकामा २१ र पाणिनी गाँउपालीकामा २३ गरी कुल १ सय ६२ स्थानमा क्वरेन्टीनको निर्माण गरीएको सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभयो । पछिल्लो दिन मात्रै ९९ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । जिल्लाभर १ सय ६२ स्थानका क्वरेन्टीनमा ३५ सय ६४वटा बेड रहेको जनाईएको छ ।

डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

जेठ १७, काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको बताएका समाचार संस्था सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि डब्लूएचओले चीनको समर्थन गरेको भन्दै उ माथिको सहयोग रकम कटौती गर्ने घोषणा गर्नु भएको थियो । चीनले भने डब्लूएचओलाई आफूले सहयोग गर्ने बताउँदै आएको छ । चीनको वुहानमा सबेभन्दा पहिलो पटक देखिएको भनिएको कोरोना भाइरसको महामारीको प्रभाव अमेरिकामा धेरै परेपछि दुई देशको सम्बन्ध थप चिसिएको छ । कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै रहेका देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ ।अमेरिकामा झण्डै १८ लाख सङ्क्रमित छन् भने त्यहाँ एक लाख ४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु

जेठ १७, २०७७ दैलेख : दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर क्‍वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुष रहेका छन्।  भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा बस्दै आएका थिए। क्‍वारेन्टाइनमा बेहोस भएपछि क्‍वारेन्टाइनमै उपचार गरिएको थियो। उनको क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान १० बजे मुत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पूजा बिसीले बताइन्।  मुत्यु भएका उनको कोरोना परीक्षणका लागि  तिन दिनअगाडि स्वाब कर्णाली स्वास्थ्य बिज्ञान प्रठिष्टान जुम्लामा पठाइएको छ। तर अझै रिर्पोट आउँन बाँकी रहेको डा. बिसीले बताइन्।
source:thahakhabar.com