अर्घाखाँचीमा आज थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ११ पुग्यो, ६८ जना डिस्चार्ज ।


श्याम घिमिरे असार १६ अर्घाखाँची –

अर्घाखाँचीमा थप ८ जना कोरोना संक्रमित थपिएका छन । मंगलबार शितगंगा नगरपालिकामा ७ जना र सन्धिखर्क नगरपालीकामा १ जना गरी ८ जना न्याा संक्रमित थपिएका छन । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ११ पुगेको छ । जसमा सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६३ जना, भुमिकास्थान नगरपालिकामा ९७ जना ,मालारानि गाउँपालीकामा ६७ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २७ जना गरी ३ सय ११ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

यस्तै मंगलवारमात्रै भुमिकास्थान नगरपालिकाका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै सन्धिखर्क नगरपालिकामा २९ जना, शितगंगा नगरपालिकामा १५,पाणिनी गाउँपालिकामा ५ र छत्रदेव गाउँपालिकामा १ जना गरि अर्घाखाँचीमा हाल सम्म ६८ जनाले कोरोनालाई जितेका छन भने भुमिकास्थान, शितगंगा र मालारानीका १÷१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।

यसैविच अर्घाखाँचीमा मंगलवारसम्म ८ हजार ८१ जना बिभिन्न क्वरेन्टीनमा रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ८ सय ८१ मा झरेको हो । मंगलवार मात्रै बिभिन्न पालीकाको क्वरेन्टीबाट ११८ जना डिस्चार्ज भएका छन् । यस्तै मंगलबार दिउँसो ३ बजेसम्ममा १५ जना बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वरेन्टीनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन । सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २४० जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Advertisement

मंगलबार थपिए ३ सय १६ संक्रमित, कुल १३ हजार ५ सय नाघे

 असार १६, २०७७ -मंगलबार देशभर  ३ सय १६ जना  काेराेना संक्रमित थपिएका छन्। ४ हजार ७ सयभन्दा बढीकाे मंगलबार पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। देशभर कुल १३ हजार पाँच सय ६७ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ। जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन्। मंगलबार सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ। त्यहाँ २ हजार ४ सय ५७ जना कुल संक्रमित रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी ३ हजार ८ सय ७ जना संक्रमित रहेका छन्। प्रदेश नम्बर २ मा आज ८२ गरी कुल ३ हजार ७ सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म १ हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी १ हजार ४ सय ३६ जना संक्रमित रहेका छन्।

यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल ५ सय ९५ र बागमती प्रदेशमा आज १६ गरी कुल ४ सय २८ जना संक्रमित रहेका छन्। पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म पिसिआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेका छन्। देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन्। मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन्। यो सँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको छ। 

कोरोनालाई जिते संगै उपप्रमुख विक काममा

श्याम घिमिरे
असार १६ अर्घाखाँची –

सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक किशोरले कोरोना भाईरसलाई जितेर पुनःजनताको काममा फर्किनुभएको छ । दोस्रो पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पूर्ण रुपमा स्वस्थ्य भई सोमबार देखी कार्यकक्षबाटै नगरवासीको काम गर्न थाल्नुभएको हो । पिसिआर रिपोर्ट पोजिटिभ आएपछि गत जेठ २६ गते देखि घरमै आइशोलेसनमा बस्नुभएका विकको असार १४ गते दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि सोमबारबाट जनताको काममा लाग्नुभएको हो । बिकले होम आइशोलेसनमा रहदा आयुर्वेदिक र स्थानिय जडिबुटी लगायतका औषधिहरु सेबन गरेको बताउनुभयो ।

कोरोना पोजिटिभ देखिएपछि सुरुमा तनाव भएपनि कोरोनालाई जित्नुपर्छ भन्ने आत्मबिश्वास रहेका कारण आफुले कोरोनालाई परास्त गरेको उहँको भनाई छ । थकान महसुस हुने , छातिमा असहजता पैदाहुने, सास फेर्न गाह्रो हुने, सुख्खा खोकी लाग्ने ,शरीर कमजोरी हुने, हल्का ज्वरो आउने लगायतका लक्षणहरु देखा परेका बिकले बताउनु भयो । उहाँले कोरोना लाग्यो भनरे आत्तिहाल्नु नपर्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।

बिकलाई कोरोना भाईरसका कारण भारत लगायतका बिभिन्न ठाउँबाट नगरबासीहरु घरफर्कन थालेपछि क्वरेन्टीनको निर्माण र व्यवस्थापन संगै अन्य जिल्लाबासीलाई समेत सहयोग गर्न खटिने शिलसिलामा कोरोना संक्रमत देखा परेको हो । जनताका प्रिय जनप्रतिनिधि स्वस्थ्य भएर काममा फर्किएपछि सबैमा खुसीयाली छाएको छ । उपप्रमुख बिकले कोरोनाको पोजेटिभ देखिएको १० दिनमै कोरोना भाइरसलाइ जित्नुभएको थियो । उहाँलाइ कोरोना लागे पछिको पहिलो पटकको पिसीआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि एक पटक पुनः पिसीआर परिक्षण गर्नु पर्ने चिकित्सकहरुको सुझाब पछि असार ९ गते स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उक्त परीक्षणको रिपोर्ट आषाढ १४ गते आएको हो । सो परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएपछि बिकले कोरोनालाई पुर्णरुपमा जित्नु भएको छ ।

उच्च मनोबल संगै जडिबुटि र योग गरे
संक्रमित भएर होम आईसोलेशनमा बसेपछि कोरोनालाई जित्छु भनेर मनोबललाई उच्च बनाएको बिकको भनाई छ । आफुले जिल्ला आयुर्वेद कार्यालय अर्घाखाँचीबाट उपलब्ध जडिबुटी खाएर कोरोनालाई परास्त गरेको उहाँ बताउनुहुन्छ । खासगरी अश्वगन्धा चुर्ण, यष्ट्रीमधु चुर्ण, सिदोपलादी, गिलोए, तुलसी चिया र च्यावनप्रयास लगायतका आयुर्वेदिक औषधी प्रयोग गरेको बिकले बताउनुभयो । यस्तै आईसोलेहनमा रहदा आफुले दैनिकरुपमा योग गर्नुको साथै स्थानिय रुपमा पाइने ज्वानो, बेसार, चिनीलहरो,अदुवा, सुराले, बेलौतिका पात, पुलसीका पात, टिमुर, मरिच, लसुन, मह लगायत स्थानिय जडीबुटि खाएर कोरोनाबाट मुक्त भएको बिकको भनाई रहेको छ ।
बिकले कोरोना भनेको रुघाखोकी जस्तै भएकोले संक्रमित भएमा जडिबुटीलेनै निको पार्ने बिश्वास व्यक्त गर्नुभयो ।

समाजमा कोरोनाको धेरै सन्त्रास फैलिएको भन्दै सर्तकता अपनाउन सकेमा कोरोनाबाट सजिलै बच्न सकिने उहाँको तर्क समेत रहेको छ । संक्रमित भएमा मनोवल उच्च बनाउनुको अलवा जित्ने प्रण गर्नुपर्छ । हालसम्म कोरोना भाईरसको कुनै औषधि नबनेको कारण बिश्वभर धेरै व्यक्तिले ज्यान गुमाए पनि नेपालमा मृत्युदर कम रहेकोले यसबाट बच्न सामाजिक दुरी कायम गर्नुको अलवा बारम्बार सेनिटाइजर वा साबुनपानीले मिचिमिचि हात धुने,बाहीर निस्कनुपरेमा माक्स लगाउने र सत्रकता अपनाउन सकेमा कोरोनाबाट सजिलै बच्न सकिने बिकको सुझाबपनि रहेको छ ।

यसैबिच उपप्रमुख बिकले आफु कोरोनाबाट संक्रमित भएपछि आफ्नोे स्वास्थ्य अवस्थाको बारेमा चासो व्यक्तगर्ने ,आवश्यक उपचारको प्रबन्ध मिलाउने , आत्मविश्वास पैदागर्न प्रेरणा प्रदान गर्ने एवं बिभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैलाई हृदय देखि हार्दिक आभार तथा कृतज्ञाता समेत प्रकट गर्नुभएको छ ।

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३०३ पुग्यो, ५० जनाले कोरोनालाई जिते ।


श्याम घिमिरे असार १६ अर्घाखाँची-

अर्घाखाँचीमा थप ३७ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो समय थपिएका ३७ जना संगै जिल्लामा संक्रमितको संख्या ३ सय ३ पुगेको छ । जसमा सन्धिखर्क नगरपालीकामा ३९ जना, शितगंगा नगरपालीकामा ४५ जना, भुमिकास्थान नगरपालिकामा ७४ जना ,मालारानि गाउँपालीकामा ६७ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २७ जना गरी २ सय ६६ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । यस्तै सन्धिखर्क नगरपालिकामा २९ जना, शितगंगा नगरपालिकामा १५ जना,पाणिनी गाउँपालिकामा ५ जना र छत्रदेव गाउँपालिकामा १ जना गरी हाल सम्म ५० जनाले कोरोनालाई जितेका छन भने, भुमिकास्थान, शितगंगा र मालारानीका १÷१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।

यसैविच अर्घाखाँचीमा सोमवारसम्म ९ हजार ८४ जना क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ९ हजार ८४ मा झरेको हो । सोमबार मात्रै बिभिन्न पालीकाको क्वरेन्टीबाट ५२ जना डिस्चार्ज भएका छन् । यस्तै सोमबार दिउँसो ३ बजेसम्ममा ५ जना बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वरेन्टीनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन । सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २५० जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कोरोनाको खोप बनाउन सात खर्ब ३६ अर्ब रुपैयाँ जुट्यो

असार १५, २०७७ कोभिड–१९ (कोरोना) भाइरस संक्रमितको उपचारका लागि आवश्यक खोप बनाउन ६ अर्ब डलर (करिब सात खर्ब ३६ अर्ब रुपैयाँ) जुटेको छ।  रोयटर्सका अनुसार युरोपेली संघ (इयु) सहित विश्वका विभिन्न मुलुक र संस्थाहरुले कोरोना विरुद्धको खोप बनाउन यो रकम योगदान गरेका हुन्। शनिबार आयोजित ‘ग्लोबल फण्डरेइजिङ मिटिङ’मा  माइली साइरस, जस्टिन बीबर, शकीरा, क्लो एक्स बैले, उशर लगायत कलाकारहरुले प्रस्तुती समेत दिएका थिए। विश्वका प्रमुख टेलिभिजनबाट यो सम्मेलन प्रसारण गरिएको थियो।  खोप अनुसन्धान र विकासका लागि युरोपेली इन्भेष्टमेन्ट बैंकले ५ अर्ब ५० करोड, अमेरिकाले ५४ करोड ५० लाख डलर, जर्मनीले ३८ करोड ३० लाख युरो, क्यानडाले २१ करोड ९० लाख डलर र कतारले एक करोड डलर योगदान गरेको छ। विभिन्न ४० मुलुकले यो सम्मेलनमा सहभागिता जनाएका थिए।  संकलित रकम कोरोना परीक्षण, उपचार र खोपका लागि खर्च गरिनेछ। साथै, विश्वका अति विपन्न र सीमान्तकृत समुदायलाई पनि सहयोग गरिने जनाइएको छ।
source:thahakhabar.com