कोरोना संकास्पद अर्घाखाँचीका युवकको स्वाब परिक्षण नेगेटिभ


श्याम घिमिरे
बैशाख १८, अर्घाखाँची –
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोटका ३७ वर्षीय एक युवकको पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणको रिपार्ट नेगेटिभ आएको छ । भुमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोटको यशोधरा आधारभूत विद्यालयको क्वारेन्टीनमा १८ दिन देखी बस्दै आएका युबकको बुटबलमा गरीएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभयो ।


उनको मंगलबार दिउँसो आरडीटी टेस्ट गर्दा पोजेटिभ देखिए पछि सोही दिन साँझ अर्को पटक आरडीटी परीक्षण गरीएको थियो, साँझ गरीएको आरडीटी परीक्षण नेगेटिभ देखिए पछि उनको स्वाबलाई बुटबल पठाईएको थियो । उनलाई अहिले बुटबलमा रहेको कोरोना बिशेष अस्ततालको निगरानिमा राखिएको र उनको अबस्था सामान्य रहेको डा. गौतमले बताउनुभयो । उनि केही दिन अगाडी भारतबाट नेपाल आएका थिए । यसैबिच डा.गौतमले कोरोना भाईरसबाट जोगीन सबैलाई सचेत र सजग रहन आग्रह समेत गर्नुभएको छ ।

Advertisement

राैतहटमा थप दुई जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमित ५४ पुगे

 बैशाख १६, २०७७ मंगलबार रौतहट – रौतहटमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले रौतहटका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको हो ।

यसबारे आधिकारिक जानकारी साँझको नियमित पत्रकार सम्मेलनमा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव कोइरालाले जानकारी दिनुभय ।

जनकपुरमा कोरोना सङ्क्रमणको पीसीआर परीक्षणमा नेगेटिभ देखिएका दुई जनामा काठमाण्डौमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
 
रौतहटको वृन्दावन नगरपालिका-९ को भुसहा र देवाही गोनाही नगरपालिका-१ मा गरी दुई जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो । 

दुवै जनालाई प्रदेशको निर्देशनअनुसार वीरगंज कोरोना अस्थायी अस्पतालको रुपमा बनाइएको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखी थप उपचार गर्न लगिँदैछ ।

वृन्दावन-९, भुसहाका २४ वर्षीय युवक भारतबाट आएर चन्द्रपुरको क्वरेण्टीनमा १५ दिन बसेर गएको वैशाख ६ गते नै डिस्चार्ज भइसकेका छन् । 

गत चैत २६ मा उनको स्वाब लिइएको र जनकपुरले नेगेटिभ देखाएपछि क्वरेण्टीनमा १५ बसी घर फर्केका थिए । काठमाडौबाट पुष्टि भएपछि पूरै गाउँलाई नै सिल गरिने तयारी भएको बुझिएको छ ।

यसै गरी देवाही गोनाहीको धरहरीस्थित क्वरेण्टीनमा बसेका ३५ वर्पीय युवकमा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका युवक अहिलेसम्म क्वरेण्टीनमा नै रहेको र वीरगञ्ज पठाउने तयारी भइरहेको देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो । 

कोरोनाको पुष्टि भएका दुवै क्षेत्रलाई सिल गर्ने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोना पुष्टिबारे आधिकारिक जानकारी नआएको भए पनि निर्देशन अनुसार आन्तरिक तयारी गरिरहेको बताएको छ । 

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लामा थप दुई जनामा कोरोना पुष्टि भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको बताएका छन् । source:ujyaaloonline

बजारमा तरकारीको अभाव, छिमेकी जिल्ला बाट तरकारि ल्याईने ।


हिम लेकाली सन्धिखर्क एफएम
बैशाख १६ अर्घाखाँची

प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वदलीय ,सर्बपक्षीय बैठकले सन्धिखर्कमा छिमेकि जिल्लाबाट तरकारी ल्याउने निर्णय गरेको छ । कोरोना भाइरस ( कोभिड १९ ) महामारिका कारण जिल्लामा भारतबाट आउने तरकारी तथा फलफुल रोकिएको थियो । रोग संक्रमण हुने खतराका कारण बाहिरी जिल्ला बाट आउने तरकारी रोकिए पछि जिल्ला भित्र नै उत्पादन भएको तरकारी संकलन गरि बिक्री बितरण गर्ने गरिएको थियो ।

अहिले बजारमा स्थानीय उत्पादनले धान्न नसकेको र तरकारीको कमिभई उपभोक्ता लाई समस्या परेको जनगुनासो आय पछि तरकारी बाहिरि जिल्लाबाट ल्याउने निर्णय गरिएको हो ।
छिमेकि जिल्ला बाट तरकारी ल्याउदा सुरक्षित पूर्वक स्थानीय तहको सिफारिसमा उत्पादनको विल बिजक लिएर मात्र बिश्वासिलो तवरमा तरकारी बिक्रेताहरूलाइ तरकारी सन्धिखर्क ल्याउन दिने निर्णय गरिएको छ ।

No photo description available.
No photo description available.

राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का ,प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल ,उपप्रमुख ठाकुर कुमार बि.क को विशेष आतिथ्यता रहेको बैठकमा सुरक्षा निकायका प्रमुख ,राजनितिक दलका प्रमुख तथा प्रतिनिधि ,जनप्रतिनिधि ,सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिहरू ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Image may contain: Gopal Poudel, sitting, table and outdoor

नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या ५२ पुग्यो

बैशाख १४, काठमाण्डौ – नेपालमा थप एक जना कोरोना सङ्क्रमणको पुष्टि भएको छ । झापाका ५० वर्षका पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका ५० वर्षकम पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना उपचारपछि निको भएका छन् ।

लकडाउन वैशाख २५ सम्मलाई लम्ब्याउने सरकारको निर्णय

बैशाख १४, सरकारले लकडाउनको समय वैशाख २५गतेसम्म थपेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो । तर उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको एक मन्त्रीले जानकारी दिए ।

‘नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ, तर उद्योग खोल्न भने खुकुलो बनाउने निर्णय भएको छ’, ती मन्त्रीले भने । चैतको ११ गतेदेखि लकडाउन गरिरहेको सरकारले अहिले तेस्रोपटक थपेर वैसाख २५ गतेसम्म पुर्याएको छ । source:ujyaaloonline