घनश्याम पौडेल
अर्घाखाँची, १८ ज्येष्ठ । नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाव परीक्षण तत्काल गर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले एक विज्ञप्ती जारी गर्दै अर्घाखाँची जिल्लामा २ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको र १ जनाको मृत्यु पश्चात कोरोना पोजेटिभ पुष्टि भएको अवस्था छ, जिल्लाका जनप्रतिनिधीले तत् निकायमा अबिलम्ब पहल कदमी लिई क्वारेन्टिनमा रहेका व्यक्तिहरु, अग्रभागमा रहेर काम गर्ने स्वास्थ्य तथा सुरक्षाकर्मीहरु, जनप्रतिनिधीहरु र सरोकारवाला सबैको स्वाव परीक्षण शिघ्रातीशिघ्र गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा लेखिएको छ, कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन कार्यमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम अहोरात्र खट्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधीहरु, राष्टसेवक कर्मचारी, संचारकर्मी, एम्बुलेन्स चालक, उद्योगी व्यपारी, राजनीतिक दलका स्थानीय समतिहिरु, सहयोगी मनहरु तथा सर्वसाधरण सबैमा लकडाउन पालना गर्न गरेको बिशिष्ट योगदानको लागि धन्यवाद काँग्रेसले दिएको छ ।
भारत लगायत नेपालका विभिन्न स्थानबाट आएका दिदीबहिनी तथा दाजुभाईहरु यतिखेर स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा रहनु भएको छ । जनता प्रतिको जवाफदेहीता र आफ्नो कर्तव्यलाई पूर्ण रुपमा पालना गरी यथोचित प्रबन्ध गरी सीमा नाकाबाट नेपाल ल्याई आ–आफ्नो गाँउठाउँमा उचित व्यवस्थापन गर्ने सबै जनप्रतिनिधीहरुको हामी मुक्तकण्ठले प्रसंशा काँग्रेसले गरेको छ । क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई उचित व्यवस्थापन गर्दै मापदण्ड पुरा गरेका व्यक्तिको तत्तकाल स्वाव परीक्षण गर्ने कार्यमा केन्द्र तथा प्रदेश सरकारको उदासिनता प्रति हाम्रो गम्भिर ध्यानाकर्षण गराएको छ ।
अउचित समयमा नै यसको बन्दोबस्त नभए अर्घाखाँचीमा रहेका स्थानीय सरकारले आपसी सहमतीमा स्वाव परीक्षण गर्ने कार्यको लागि आवश्यक पर्ने बन्दोबस्तीका उपकरण व्यवस्थापन गर्न अनुरोध गर्दछौ । पछिल्लो समयमा कतिपय जनताका प्रतिनिधिले यो विपदमा खेल्नु पर्ने सकरात्मक भूमिकामा कमी भएको महशुस भएको छ ।
पार्टीका सबै तहका साथीहरुले यो महामारीलाई नियन्त्रण र व्यवस्थापन गर्ने कार्यमा जसरी विगतमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो त्यसै गरी आउदा दिनहरुमा पनि अझ बढि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सबै आ–आफ्नो ठाँउमा सचेत भई सावधानिक पूर्वक कोभिड–१९ लाई परास्त गर्ने कार्यमा निरन्तर लागि परौं, लकडाउनको पालना गरौं । भन्दै मुस्कानले विज्ञप्ती जारी गरेका छन ।