बैशाख २८, उदयपुर – उदयपुरमा थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय १० पुगेको छ ।
विराटनगरको कोशी अस्पतालका अनुसार १ जना महिलामा कोभिड-१९ पोजेटिभ देखिएको हो । यसअघि शुक्रबार बिहान उदयपुरकै तीन जना महिलामा कोरोना पुष्टि भएको थियो ।
एक जना थपिएसँगै एकै दिन उदयपुरका चार जनामा कोरोना देखिएको हो । शुक्रबार नै कपिलवस्तुका तीन र पर्साका एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।