श्याम घिमिरे
जेठ १२ अर्घाखाँची –
अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाको पाणिनी गाउँपालिका वडा नंं. ८ को पालीमा रहेको क्वारेन्टीनमा रहेका दुईजनामा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुभयो । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक कोरोना संक्रमण देखिएको हो । संक्रमित दुवैजना भारतबाट आएका थिए ।
यसैबिच जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ३१ स्थानका क्वरेन्टीनमा सोमबार अपह्रान्न सम्म १६ सय २२ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभएको छ ।
