अर्घाखाँचीका बैंक तथा वित्तिय संस्था जेठ ५ गते सम्म बन्द हुने


श्याम घिमिरे जेठ १, अर्घाखाँची –
अर्घाखाँची जिल्लाभर सञ्चालनमा रहेका सम्पुर्ण बैंकिङ्ग,बित्तिय तथा बिमा सेबाहरु बन्द हुने भएका छन । कोरोना भाईरसको संक्रमणबाट जिल्लालाई सुरक्षीत राख्न भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आज दिउँसो १ बजेदेखी यहि जेठ ५ गते सम्मका लागि बन्द गर्न निर्देशन दिएको हो ।
प्रशासनले उक्त अबधिमा अति जरुरी सेबा प्राप्त गर्नुपरेको खण्डमा जिल्ला प्रशासन कार्यालयको फोन नं.०७७–४२०१३३ र मोबाईल नम्बर ९८५७०६४४५० मा समन्वय गरी सम्बन्धित बैंक,बित्तिय संस्था र बिमा कम्पनि मार्फत सेबा प्रात्त गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ, सबै ई–पास खारेज

जेठ १, २०७७ काठमाडौं :  गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास आज देखि लागू हुने गरी खारेज गरेको छ। पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ। यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै मन्त्रालयले आवतजावतमा कडाइ गरेको हो। मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्को जिल्लामा मानिसहरुको अनावश्यक प्रवेश भएको र उपत्यकामा समेत भीडभाड बढेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए।

कुनै जिल्लामा जानैपर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने भएको छ। काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ। यस्तै सरकारले सञ्चालनको अनुमति दिएका सवारीको हकमा परिचयपत्र देखाएर जाने गरिएकामा आजबाट भने नियामक निकायबाट जारी हुने पास अनिवार्य गरिएको छ।

मुलुकमा पछिल्लो समयमा बढी मात्रामा सङ्क्रमित व्यक्ति पहिचान हुन थालेपछि मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने आवश्यकताका कारण यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ।

नेपालमा कोरोना संक्रमित २५० पुगे, सर्लाही, धनुषा र महोत्तरीमा नयाँ संक्रमित

जेठ १, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार बिहान यसको पुष्टि गरेका हुन्। उनका अनुसार धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएका छन्। संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका उनले जानकारी दिए।

अधिकारीका अनुसार पछिल्लो पटक सर्लाहीको धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपु र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना देखिएको छ। त्यसैगरि महोत्तरीको जलेश्‍वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।  यसअघि बिहीबारै बिहान काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे थियो। हालसम्म ३५ जना उपचार पछि निको भएका छन्। 

स्पेनकी १ सय १३ वर्षीया वृद्धासहित विश्वभर १६ लाख ५४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको

जेठ १, काठमाण्डाै – विश्वमा १६ लाख ५४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । अहिलेसम्म १६ लाख ५४ हजार ८ सय १९ जना उपचारपछि निको भएका हुन् । कोरोनाका कारण विश्वमा ४४ लाख २२ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् ।सङ्क्रमितमध्ये २ लाख ९७ हजार ५ सय ५२ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको छ ।

अमेरिकामा सङ्क्रमितको संख्या १४ लाख २७ हजार पुगेको छ । अमेरिका पछि युरोपेली देश स्पेनमा सङ्क्रमण धेरै छ । स्पेनमा अहिलेसम्म २ लाख ७१ हजार भन्दा धेरैसङ्क्रमित छन् । स्पेनमा २७ हजार १ सयको ज्यान गएको छ ।

स्पेनमा सबैभन्दा वृद्ध ठानिएकी १ सय १३ वर्षकी ब्रानयास सङ्क्रमणबाट निको हुनुभएको छ । ब्रानयासले आफूलाई केयर होमका कर्मचारीले निकै माया गरेको र आत्मबलले निको भएको बताउनुभएको छ ।  वर्ल्डओमिटरका अनुसार रुसमा २ लाख ४२ हजारसङ्क्रमित छन् भने २ हजार २ सय १२ जनाको ज्यान गएको छ । यस्तै भारतमा सङ्क्रमित हुनेको संख्या ७८ हजार नाघेको छ । भारतमा २५ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

सडक निर्माण गर्दा सरकारले थाहा नपाउनु बिडम्बना–मसाल


गोपाल भट्टराई जेठ १ अर्घाखाँची –
भारतले नेपाली भूमि हुँदै चिनको मानसरोवर जोड्ने सडक निर्माण गर्दा सरकारले थाहा नपाउनु बिडम्बना भएको नेकपा मसाल अर्घाखाँचीले बताएको छ । छिमेकी मुलुकले गर्नुपर्ने सत् ब्यवहारको उल्टो प्रवृतिका बिरुद्ध र राष्टियताको रक्षार्थ सबै नेपाली एक हुन उसले अपिल समेत गरेको छ । नेपालको लिपुलेक हुँदै तिब्बत जोड्ने सडक निर्माण गरेको बिरुद्धमा नेकपा मसाल अर्घाखाँचीले बुधबार सन्धिखर्कमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकालले नेपाली भूमिको रक्षार्थ सबै एक जुट हुन अपिल गर्नुभएको हो ।सदनदेखि सडकसम्म बिरोधका स्वर उठ्दा सिमा तथा भूमि अतिक्रमणको बिषयमा सरकारले चाल नपाए जस्तो गरेको उहाँको आरोप छ ।

Image may contain: 1 person, walking and outdoor


भारतले जहिलेपनि नेपालमाथि ठाडो हस्तक्षेप गर्दै हेपाहा प्रवति देखाएकोले सिमामा काँडेतार लाउनुपर्नेमा प्रवक्ता ढकालले जोड दिनुभएको छ । सन्धिखर्क मसाल बजारबाट निस्किएको टोलीले भक्तिटोलमा पुगेर कोण सभा गरेको हो । सरकारको ध्याानकर्षणको निम्ती सांकेतिक आन्दोलन स्वरुप कोणसभा गरिएको जानकारी दिंदै प्रवक्ता ढकालले सरकारले भूमि फिर्ता र सिमा सुरक्षाको निम्ती वैज्ञानिक निति अवलम्बन नगरे जनताले शषक्त आन्दोलन चर्काउने चेतावनी समेत दिनुभएको छ । देशको सिमा रक्षार्थ कुटनितिक पहल गर्दा भारतले नमानेमा मुद्धा अन्तराष्ट्रिय करण गर्न मसालले सरकारलाई सुझाव समेत दिएको छ ।

Image may contain: one or more people, people standing, shoes, sky, child and outdoor