श्याम घिमिरे
जेठ १० अर्घाखाँची –
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारतबाट जिल्लाबासीलाई ल्याउनकालागी सुनौली र कृष्णनगर सिमानामा स्थानिय सरकारका प्रमुख सहित वडा अध्यक्षहरु त्यहाँ पुगेका छन ।
पछिल्लो समय अर्घाखाँचीका स्थानिय सरकारहरु भारतबाट आउने व्यक्तिहरुको व्यवस्थापनमा जुटीरहेका छन । भारतबाट आउनेहरुलाई पालिकाले निर्माण गरेका क्वरेण्टीनमा राख्न थालीएको छ । जिल्लाका ६ वटा स्थानीय सरकारले बनाएका बिभिन्न क्वरेण्टीनमा सनिबार अपह्रान्न सम्म ८ सय २ जना रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभएको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेण्टीनमा राखिएकोे खनालको बताउनु भयो ।
जिल्लामा ८९ स्थानमा ९ सय १३ वटा बेड सहीतका क्वारेन्टीनहरु स्थापना गरीएको छ । सनिवार सम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा ८ सय २ जना रहेका छन । जसमध्ये सन्धिखर्क नगरपालीकामा ११७ जना, भूमिकास्थान नगरपालीकामा २३३ जना, शितगंगा नगरपालीकामा २२० जना ,पाणिनी गाँउपालीकामा १८ जना,मालारानी गाउँपालीकामा १६६ जना र छत्रदेव गाउँपालीकामा ४८ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो । यस्तै जिल्लाका ३ स्थानमा १२ वटा आइसोलेसन बेडहरु रहेको जनाईएको छ ।
यसैबिच अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रशासनले जनाएको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेका छन ।