नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित : संख्या १ सय ९१ पुग्यो

बैशाख ३०,काठमाण्डौ – नेपालमा आज एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी बारामा १ जना भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ सय ९१ पुगेको छ ।

Advertisement

विश्वमा साढे ४२ लाख कोरोना संक्रमित, १५ लाख भन्दा बढी निको भए

बैशाख ३०, २०७७ काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९ सय ८६ पुगेको छ।  विगत २४ घण्टामा कोरोनाबाट ३ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरका बिरामीको संख्या ४२ लाख ५० हजार ८ सय ८६ पुगेको छ। त्यस्तै एकै दिन संसारभरबाट ७२ हजार ७ सय ६५ बिरामी थपिएका छन्। त्यस्तै १५ लाख २५ हजार १ सय ९३ जना निको भएका छन्। ४६ हजार ९ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले पछिल्लो विवरण सार्वजनिक गरेको छ। 

अमेरिकामा सबै भन्दा धेरै बिरामी छन्। त्यहाँ १३ लाख ८५ हजार २ सय ६२ संक्रमित रहेका छन्। अमेरिकामा ८१ हजार ७ सय ५९ जनाले ज्यान गुमाउँदा २४ घण्टामा थप ९ सय ७२ जनाको मृत्यु भएको छ।  स्पेनमा २ लाख ६८ हजार संक्रमित छन्। त्यहाँ २६ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ।

बेलायमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ। त्यस्तै २ लाख २३ हजार ६० संक्रमित रहेका छन्। रुसमा एकै दिन ११ हजार ६ सय ५६ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ। रुसमा हाल सम्म २ हजार ९ जनाको ज्यान गएको छ। भारतमा ७० हजार ७ सय ६८ संक्रमति रहेका छन् भने २ हजार २ सय ९४ जनाको ज्यान गएको छ । 

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो, थप १३ जनामा सङ्क्रमण पुष्टि

बैशाख ३०,काठमाण्डौ – नेपालमा सोमबार एकैदिन २४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुकी कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना पुष्टि भएसँगै एकैदिन २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बिहानमात्रै कपिलवस्तुमा १० तथा सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको थियो । यसअघि पर्साका १७ जनामा एकैदिन कोरोना पुष्टि भएपछि आज धेरै सङ्क्रमित भेटिएका हुन् ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा काेराेना पुष्टि भएकाे हाे । साथै रुपन्देही, समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष र बर्दिया राजापुरकी ११ वर्षकी बालिकामा कोरोना पुष्टि भएको हो ।

रुपन्देही र कपिलवस्तुमा कोरोना पुष्टि भएका १२ जनालाई बुटवलमा रहेको कोरोना विशेष अस्पताल लैजाने तयारी गरिएको छ । यस्तै बर्दीयामा भेटिएका काेराेना सङ्क्रमितलाई बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा लैजाने तयारी गरिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

हिजो बिहान कोरोना पुष्टि भएका कपिलवस्तुका १० जनालाई बुटवलको कोरोना अस्पताल तथा सप्तरीका युवकलाई गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । अहिलेसम्म कोरोना पुष्टि भएकामध्ये ३३ जना निको भएर घर फर्किएका छन् । १२ हजार सात सय एक जना क्वरेण्टीनमा रहेकाे र एक सय ५३ जना आइसोलेशनमा रहेकाे मन्त्रालयले जनाएको छ ।