फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो

जेठ २, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ। शुक्रबार थप ९ जना पुष्टि भएसँगै संक्रमितको संख्या बढेर २६७ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा नौजना कोरोना संक्रमित थपिएका हुन्।

अधिकारीले दिएको जानकारी अनुसार पर्साको वीरगञ्‍जस्थित नौ र १० वर्षीय बालकमा कोरोना पुष्टि भएको छ। त्यसैगरी वीरगञ्‍जकै २३ र ४७ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर प्रदेश ५ को दाङस्थित गढवा-४,५ र तुलसीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको छ। 


Advertisement

वडाअध्यक्ष बन्जाडेलाई पुत्रशोक

  

श्याम घिमिरे
जेठ २ अर्घाखाँची –
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष बालकृष्ण बन्जाडेलाई पुत्रशोक परेको छ । अध्यक्ष बन्जाडेका जेष्ठ सुपुत्र कमल बन्जाडेको सुक्रबार ४१ बर्षको अल्पायुमै असामयिक निधन भएको हो । बन्जाडेको सुक्रबार दिउँसो करिव पौने १२ बजे आफ्नै घरमा हृदयघात भई उपचारको लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याईएकोमा अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

मृतक बन्जाडेको सुक्रबारै सन्धिखर्क स्थित गच्छे घाटमा अन्तिम दाहसंस्कार गरिएको छ । यसअघि मृतक बन्जाडेको स्मृतिमा नेकपा अर्घाखाँचीले अस्पताल परिसरमै शोक सभा गरेको थियो । बन्जाडेको पार्थिव शरिरमा प्रदेश सभा सदस्य तथा नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले पार्टीको झण्डा ओढ्याउनु भएको थियो ।

यस्तै स्वर्गीय बन्जाडेको पार्थिक शरीरमा नेकपा ५ नं. प्रदेश सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे ,नेकपा जिल्ला सचीव तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक. सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापा लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
स्वर्गीय बन्जाडे पुर्ब वाईसीएल नेपाल ५ नं. प्रदेश सदस्य , जिल्ला खेलकुद बिकाश समिति अर्घाखाँचीका निबर्तमान सदस्य एवं सामाजिक अभियान्ताको रुपमा परीचित हुनुहुन्थयो । बन्जाडेको श्रीमति, एक छोरा र एक छोरी रहेका छन ।

अर्घाखाँचीमा झण्डै पाँच हजार परिवारलाई राहत वितरण, वडाबाट सही विवरण नआउँदा भूमिकास्थानमा ढिलाइ

जेठ २ गते- अर्घाखाँचीमा हालसम्म झण्डै पाँच हजार परिवारलाई राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि जिल्ला सबै स्थानीय तहले चार हजार ९४५ घरपरिवारमा राहत वितरण गरेका हुन् ।

जिल्लाका छमध्ये पाँच स्थानीय तहका तीन परिवारलाई एक लाख २१ हजार ३०७ किलो चामल, १० हजार ३६४ किलो दाल, सात हजार ९१२ लिटर तेल र सात सात हजार १४१ किलो नुन वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

भूमिकास्थान नगरपालिकाले भने हालसम्म राहत बाँड्न सकेको छैन । नगरपालिकाले विपन्न र मजदूरको यकिन तथ्याङ्क सङ्कलन गर्न नसक्दा राहत पाउनुपर्ने नागरिकले राहत पाएका छैनन् । नगर प्रमुख रेशम थापाले वडाबाट सही विवरण नआएकाले वितरणमा ढिलाइ भएको बताउनुभयो ।

नगरपालिकाका चार हजार घरपरिवारले राहतका लागि फाराम भरेका छन् । वडा कार्यालयमार्फत सिफारिस भएर आएका नाम वास्तविक नभएको पाइएपछि राहत वितरणमा ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीले बताउनुभयो । source:samayapost.com

कोरोना संक्रमित अस्पतालबाट भागेमा गोली हानिने

जेठ २, २०७७ काठमाडौं : कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा पक्रनका लागि सुरक्षाकर्मीले गोली हान्‍ने अधिकार पाएका छन्। केही दिनअघि पर्सास्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेपछि प्रशासनले यस्तो कडा निर्णय गरेको हो। पर्सास्थित संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा गोली हान्‍ने अधिकार सुरक्षाकर्मीलाई दिने निर्णय गरेको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतका अनुसार संक्रमित भागेमा नियन्त्रणमा लिन आवश्यकता अनुसार बोल प्रयोग गर्ने तथा गोलीसमेत चलाउन पाउने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ। गत बधुबार दुईजना कोरोना संक्रमित शौचालय जाने बहानामा अस्पतालबाट भागेका थिए। वीरगञ्‍ज निवासी दुवै संक्रमित भागेर घर पुगेका थिए। घरमा आफन्तले पनि गाली गरेपछि निषेधाज्ञा जारी गरेको अवस्थामा उनीहरुलाई सडकमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएर पुन: अस्पतालमै ल्याएको थियो। पर्साको नारायणी अस्पतालमा हाल ७१ जना संक्रमितको उपचार भइरहेको छ। त्यहाँ नअटेका १९ जनालाई सिद्धार्थ स्कुलको क्‍वारेन्टाइनलाई सेमी आइसोलेसन वार्ड बनाएर राखिएको छ। 
source:thahakhabar.com

देश र जनताको लागी हाँसी हाँसी बलिदानी दिने सहिद टंक भुसालको ३९ औं स्मृति दिवस सम्पन्न ।


श्याम घिमिरे
जेष्ठ २, अर्घाखाँची –

नेपालकै प्रथम शिक्षक सहिद टंक भुसालको ३९ औं स्मृति दिवस एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । जिल्लामा क्रियाशिल शिक्षकका पेशागत संगठनहरुको संयुक्त आयोजनामा आज स्मृति दिवस मनाईएको हो । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण औपचारीक कार्यक्रम नभएपनि सन्धिखर्कको शान्ति बगैचामा रहेको स्वर्गीय भुसालको शालिकमा अबिर तथा माल्यापर्ण गरीएको अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति अर्घाखाँचीका अध्यक्ष युवराज भुसाल,नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अर्घाखाँचीका प्रतिनिधि पानबहादुर खत्री, अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेकबहादुर थापा र अखिल नेपाल शिक्षक संघका भुपु जिल्ला अध्यक्ष कमलप्रसाद घिमिरे लगायतले भुसालको शालिकमा अबिर र माल्यापर्ण गर्नुभएको थियो ।

२०११ साल पौष १ गते बुबा जिबलाल भुसाल र आमा केशवति भुसालको कोखबाट साबिक अर्घा गाबिस वडा नं. २ को अर्घामा जन्मनु भएका भुसाल पेसाले शिक्षण कार्यमा संलग्न हुनुहुन्थ्यो । लगनशिल,कर्मठ,मिलनसार,समाजसेबि ,बुद्धीजिबी र साहसी ब्यक्तिको रुपमा परीचित भुसाललाई पञ्चायति ब्यबस्थाको बहिष्कारको आरोप लगाउदै अर्घारजस्थल माबि अर्घाबाट कक्षा कोठामा पढाउदै गरेको अबस्थामा प्रहरीले आफ्नो कब्जामा लिई हिरासतमा राखी २०३९साल जेष्ठ २ गते २८ बर्षको कलिलो उमेरमा यातना दिएर निर्मम तरीकाले कुटी कुटी हत्या गरेको थियो ।

हामीले तलाँई छोड्दिन्छौ तंैले माफ माग्नुपर्छ भनेर प्रहरीले भन्दा उहाँले प्रतिकृयाबादीहरु संग माफ माग्ने मेरो बर्ग चरीत्र होईन भन्दै हाँसी हाँसी देश र जनताको लागी बलिदानी दिनु भएको थियो । सोहि दिनको सम्झनामा प्रत्येक बर्ष जेठ २ गते अर्थात आजैका दिन स्मृति दिवस मनाउने गरिएको छ ।