मधुसुधन पाण्डे,छत्रदेव जेष्ठ १२
छत्रदेव गाउँपालिकाको ठुलापोखरामा ३ दिनसम्म सञ्चालन भएको नेतृत्व विकास तथा उद्घघोषण तालिम समापन भएको छ । ज्येष्ठ १० गतेदेखि सुरु भएको कार्यक्रम सनिबार समापन भएको हो । छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यता बाट सुरु भएको कार्यक्रममा छत्रदेव गाउँपालिका उपप्रमुख तुल्सादेवी श्रेष्ठ,छत्रदेव गाउँपालिकाका प्रशासकीय अधिकृत भेषराज पन्त तथा मुख्य प्रशिक्षक महेश दाहालको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रम छत्रदेव गाउँपालिका वडा न ६ का वडाअध्यक्ष कमल पौडेलको अध्यक्षता भिष्मा पाण्डेको स्वागत मन्तव्य र कमला पौडेलको सञ्चालनमा सम्पन्न भएको हो।