स्थानीय बिउ लोप हुने अवस्थामा पुगेको भन्दै सचेत हुन सरोकारवाला हरुको आग्रह

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची ४ जेष्ठ

नेपाली भुमिमा स्थानीय बिउ लोप हुने अवस्थामा पुगेको भन्दै सचेत हुन सरोकारवालाले कृषकहरुलाई सुझाव दिएका छन् । किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा कृषि टेवा कृषक समुहद्वारा भुमिकास्थान २ ठुलाखर्कमा संचालित गहुँ तथा मकैको उन्नत बिउ उत्पादन आयोजनाको अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

हाइब्रेड बिउको नाममा कृषकमाथी ब्रहमलुट मच्चाउने खेल भइरहेको भन्दै यसबाट बच्न स्थानीय बिउ उत्पादनमा लाग्नुपर्ने उनिहरुको सुझाव छ । संस्थाकी अध्यक्ष पार्वता खनालको अध्यक्षता,बसन्ता खनालको स्वागत मन्तव्य र निर्मला खनालको संचालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा,जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि राम बहादुर थापा,उद्योग बाणीज्य संघका प्रतिनिधि भगवता पाण्डे, पत्रकार श्यामप्रसाद घिमिरे , केयुबिकेकी प्रतिनिधि भुमिकला वि.सी., शिक्षक शालिकराम खनाल,कृषक समुहका नारायण के.सी.,कुलराज खनाल, लगायतले मन्तव्य राख्दै विदेशिएका नेपाली युवाहरुको पसिना नेपाली भुमिका सिंचित गर्न कृषिको विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

केयुविकेको १२ लाख ५५ हजार र संस्थाको जनश्रमदान १८ लाख गरि ३० लाख ५५ हजारको लागतमा उत्पादन थालनी गरेको उक्त समुहले अहिले बार्षिक २ लाख बराबरको गहुं र मकैको बिउ एत्पादन गर्दै आएको छ समुहकी अध्यक्ष पार्वता खनालले जानकारी दिनु भयो ।

बाबुको हत्यारा १० वर्षपछि पक्राउ

अर्घाखाँची, जेठ ४ – आफ्नै बाबुको हत्या गरी फरार रहेका एक जनालाइ १० वर्ष छि प्रहरीले पक्राउ गरेको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ४ का २८ वर्षीय  कृष्ण भन्ने दामोदर गिरीले २०६५ साल माघ ८ गते  राति आफ्नैै बुवा गोपाल गिरीलाई कुटपिट गरी झुण्डयाई हत्या गरेका थिए ।
कर्तव्य ज्यान मुद्धामा फरार रहेका दामोदरलाई भारतबाट घर आउँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले बताउनुभयो ।
घर आउँदै गरेको सूचना पाई जिल्ला प्रवेश गर्ने सम्भावित विभिन्न स्थानहरुमा खोजतलास गर्दा सन्धिखर्कको  मौलीपोखरा भन्ने ठाउँमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । source:ujyaaloonline

वादि समुदाय र दलित समुदायका ब्यक्तिहरूलाई १दिने सरसफाई तालिम सम्पन्न

Image may contain: 10 people, including Motijung Rayamajhi, Shreekrishna Bhusal and Susma Shrestha, people standing and outdoor

हिम जिसी लेकाली,अर्घाखाँची ४ जेष्ठ

सन्धिखर्क नगरपालिका बडा नम्बर २ काे अायाेजनामा सन्धिखर्क २ मा बसाेबास गर्ने वादि समुदाय र दलित समुदायका ब्यक्ति हरूलाई १दिने सरसफाई तालिम साथै दैनिक जीवनमा प्रयाेग हुने सामाग्रि बितरण गरियकाे छ ।

Image may contain: 3 people, including Susma Shrestha, people sitting and indoor

कार्यक्रम काे अध्यक्ष समेत रहनु भएका बडा अध्यक्ष माेतिजङ रायमाझिले एक कार्यक्रम बिच तालिमका सहभागी सबै लाई सामाग्री बितरण गर्नु भएकाे थियाे  । कार्यक्रममा अर्घाखाँची माध्यमिक बिद्यालयका प्रिन्सिपल श्रीकृष्ण भुसाल ,सन्धिखर्क नगर स्वास्थ्य संयोजक पुर्ण पराजुलि ,वार्ड सदस्य मिना नेपाली ,सहभागी चन्द्रकला वादि ,पत्रकार महासंघका हिम लेकाली लगायतले सुभकामना मन्तव्य राख्नु भएकाे थियाे । २५जनाकाे सहभागिता रहेकाे उक्त कार्यक्रमकाे सन्चालन बडा सचिब बिष्णु अाचार्यले गर्नु भएकाे थियाे ।

Image may contain: 6 people, including Susma Shrestha and Motijung Rayamajhi, people sitting and indoor

Image may contain: 5 people, including Susma Shrestha, people standing

नेविसंघद्धारा आयल निगम घेराउ, मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी

नेविसंघद्धारा आयल निगम घेराउ, मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं । केही साताको अन्तरालमै चार पटक मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले आयल निगम घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै संघद्वारा निगमको केन्द्रीय कार्यालय एक घण्टा घेराउ गरिएको हो ।

सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको संघको ठहर छ । नेवि संघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाए । आयल निगम कमिसनमा चलेको दाबी गर्दै भट्टराईले अब पारदर्शी रुपमा चल्नुपर्ने माग गरे ।

नेवि संघको यस आन्दोलनमा अध्यक्ष नैनसिंह महर नदेखिए पनि संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । ज्ञातव्य छ, पटक पटक मूल्यवृद्धि गर्दै आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक सय दश पुर्याएको छ ।

महिलाका मुद्दाहरुमा सबै गम्भीर हुनु पर्नेमा जोड

अर्घाखाँची: महिलाका  मुद्दाहरुमा सबै गम्भीर हुनु पर्नेमा जोड

अर्जुन भुसाल,अर्घाखाँची जेठ ४

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले महिलाहरुका मुद्दाहरुमा सबै पक्ष गम्भीर हुनु पर्ने बताएका छन् । उनले आफू लामो समयसम्म महिला तथा समाजकल्याण मन्त्रालयमा बसेर काम गरेको भन्दै महिलाका मुद्दाका विषयमा आफू जानकार रहेको बताए ।

२५ औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर अनेम संघले सन्धिखर्कमा गरेको ‘सूचना प्रविधिको विकास र मर्यादित समाज निर्माणमा हाम्रो भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै भुसालले मर्यादित समाज निर्माणका लागि सबै अनुशासित बन्नु पर्नेमा जोड दिए । उनले सबै निकायमा अचारसंहिता र मर्यादा हुने भन्दै सबैले कानुनको पालन गरे सभ्यसमाज निर्माण हुन समय नलाग्ने बताए । प्रजिअ भुसालले अहिलेको वैज्ञानक युगमा सूचना र प्रविधिको अधिकतम उपयोग गर्नु पर्ने बताए । उनले सूचना र प्रविधिका नाममा भएका विकृति विसंगतीहरुको अन्त्य गरिनु पर्ने बताए ।

कार्यक्रममा सामाजिक अभियान्ता बिजुला रायमाझीले ‘सूचना प्रविधिको विकास र मर्यादित समाज निर्माणमा हाम्रो भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन । कार्यपत्र माथी अभिवक्ता जगन्नाथ भुसाल, जिल्ला अदालतकी कर्मचारी अनिता थापा, अधिवक्ता पवित्रा भट्टराईले टिप्पणी गर्दै कार्यपत्र प्रभावकारी र समय सापेक्ष रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा एमालेका पाँच नम्वर प्रदेश सदस्य जनार्दन खनाल, पवित्रा पौडेल, यमुना भुसाल, राजमोनिकट अनेम संघकी अध्यक्ष कल्पना पोख्रेल, बार एसोसियसनका अध्यक्ष टंक पोख्रेल, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी (लेकाली), प्रगतिशिल लेखक संघका अध्यक्ष बुद्धिबहादुर रायमाझी, सचिव जेवि दर्लामी, समाजसेवी सहयोगी विसी, शिक्षिका सिता वञ्जाडे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अनेम संघकी अध्यक्ष विष्णु आचार्यको अध्यक्षता, कोषाध्यक्ष दिपा आचार्यको स्वागत मन्तव्य र सचिव सुशिला गैरेको सञ्चानमा सम्पन्न भएको छ ।