बिद्यालय जान नसकेका अनाथ बालबालीकाहरुलाई पोशाक तथा स्टेशनरी सामान बितरण ।।

श्याम घिमिरे अर्घाखाँची २३ बैशाख

सन्धिखर्क नगरपालीका वडानम्बर २ को आयोजनामा आज बिद्यालय जान नसकेका अनाथ बालबालीकाहरुलाई एक कार्यक्रमको बिच पोसाक तथा स्टेशनरी सामाग्री बितरण गरीएको छ ।

वडाअध्यक्ष मोतीजंग रायमाझीको प्रमुख आतिथ्थतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालीका वडानम्बर २ का ४ बिद्यालयका २८ जना अनाथ बालबालीकाहरुलाई सो सामाग्री बितरण गरीएको थियो । सन्धिखर्क नगरपालीका बाट बिनियोजीत ५० हजार रुपैयाबाट अनाथ बालबालीकाहरुलाई सहयोग गरीएको वडाअध्यक्ष रायमाझीले जानकारी दिनु भयो ।

कार्यक्रममा जनज्योति माबी चुत्राबेसीका प्रध्यानाध्यापक पशुपति भुसाल,भगबती माबीका प्रअ श्याम बहादुर भुसाल,गंगा आधारभुत बिद्यालयका प्रअ प्रदिप भण्डारी,पत्रकार श्याम घिमिरे लगायतले मनतब्य राख्दै सामाग्री बितरणले अनाथ बालबालीकाको पठनपाठनमा थप टेबापुग्ने बताउनु भएको थियो । कार्यक्रम वडासदस्य मिना साँवतको अध्यक्षता शुस्मा श्रेष्ठको स्वागत मनतब्य र वडासचिब बिष्णु आचार्यको सन्चालनमा सम्पन्न भएको थियो ।

अर्घाखाँचीः सुशासन अभिवृद्धिमा केन्द्रीत नागरीक समाज

अर्घाखाँचीः सुशासन अभिवृद्धिमा केन्द्रीत नागरीक समाज

सागर परियार सन्धिखर्क, २३ वैशाख

जिल्ला स्थित नागरीक समाज संस्था यतिवेला जिल्ला तहमा सुशासन अभिबृद्धिमा केन्द्रीत भएका छन् । जिल्लामा रहेर शिक्षा, स्वास्थ्य र कृर्षि र बिपद व्यबस्थापनको क्षेत्रमा पैरवीको काम गर्दै आएका संघ संस्थाहरुले अहिले सेवाप्रवाह गर्ने निकायलाई ध्यानकृष्ट गराउने दवाफ दिदै सार्वजनिक सेवा प्रबाहमा प्रभावकारीता ल्याउने कार्यमा सक्रिय भएका हुन् ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाको सहजीकरणमा जिल्लामा सुशासन प्रर्बधनका लागि जिल्ला स्तरीय नागरीक सञ्जालको निर्माण भएसँगै यतिवेला जिल्लाका अन्य नागरीक समाज संस्थाहरु समेत सुशासन र जवाफदेहिता अभिबृद्धिमा केन्द्रीत भएको सञ्जालका संयोजक एवं श्रृजनशील अपांगता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेले बताए ।

सञ्जालले सोमवार सन्धिखर्क नगरपालिका र जिल्ला अस्पताल अर्घाखाँचीमा ध्यानकर्षण पत्र बुझाएको छ । ध्यानकर्षण पत्रमा नगरक्षेत्रका स्वास्थ्य संस्थाहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अबधीभर खोल्नुपर्ने, स्वास्थ्य संस्थामा निशुल्क रुपमा पाइने औषधीमा पूर्ण रुपमा उपलब्ध गराउनुपर्ने र जिल्ला स्वास्थ्य कार्यालयको आफ्नै स्वामित्वमा फार्मेशी सञ्चालनमा ल्याउनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयलाई ध्यानकर्षण पत्र बुझाइएको संयोजक पाण्डेले बताए ।

त्यस्तै सामुदायिक बिद्यालयमा बिभिन्न बाहानामा शुल्क लिइदै आइएको, सामुदायिक बिद्यालयका गुणस्तरबृद्धिका लागि अंग्रेजी माध्यमको शिक्षाको लागि शिक्षा नीति तथा कार्यबिधीमा समावेश गरी कार्यान्वयन गर्नुपर्ने माग राख्दै सन्धिखर्क नगरपालिकालाई ध्यानकर्षण पत्र बुझाइएको एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखा अध्यक्ष हृदयकुमार भुसालले बताए । नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रयाप्त बजेट बिनियोजन गर्नुपर्ने पनि ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्लामा रहेका नागरीक समाज संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । संस्थाले जिल्लामा रहेका नागरीक समाज संस्थाहरुको सहभागिता अभिबृद्धि गर्न नीतिगत व्यवस्था, कार्यान्वयनको अवस्थामा तथा सार्वजनिक सेवा प्रवाहमा नागरीक सहभागिता अभिबृद्धि गर्ने काम गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जानकारी दिए ।

पाणिनि तपोभूमिको प्रचारप्रसारमा लाग्ने मन्त्री गिरी सहित सासंदको प्रतिवद्धता

पाणिनि तपोभूमिको प्रचारप्रसारमा लाग्ने मन्त्री गिरी सहित सासंदको प्रतिवद्धता

प्रेमनारायण आचार्य अर्घाखाँची, २३ वैशाख

अर्घाखाँचीको पाणिनि गाँउपालिकामा पर्ने पाणिनि तपोभूमिको प्रचारप्रसारमा लाग्ने प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरी सहित सांसदहरुले प्रतिबद्धता ब्यक्त गरेका छन । तपोभुमिमा शुरु भएको भविष्य महापुराणको दोस्रो दिन आइतबार पाणिनि दहमा निर्माण गरिएको शिब भगवानको मुर्ती अनाबरण कार्यक्रमलाइ सम्बोधन गर्दै सांसदहरुले आझेलमा परेको तपोभुमिको प्रचारप्रसारमा एक जुट भएर अगाडी बढ्ने बताएका हुन ।

हजारौ बर्ष पहिले पाकीस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखााचीको खिदमिमा आएका पाणिनी रिषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र बिश्व भासा सम्पदाको प्रमुख स्थल हो ।

बिश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भएपनि यो क्षेत्र ब्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेको यस क्षेत्रको प्रचार प्रसारको लागि प्रदेस सरकारले गुरु योजना बनाउने र प्रदेसकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बनाउन पहल गर्ने प्रदेस सरकारका पर्यटन मन्त्री लिला गिरीले बताए । उनले प्रदेस सरकार स्थानीय सरकार र बिश्व भासा संग सम्बन्धित सबै लाग्नु पर्ने बताए ।

तराइबाट एक घण्टामा आउन सकिने चीसो मौषमको यो लेकको प्रचारप्रसार गर्न सके भारतबाट बर्षेनी लाखौ पर्यटक भित्रयाउन सकिने बताए । माल भएर पनि चाल पाउन नसकेकाले यो स्थलको प्रचार प्रसार गर्न आफु लाग्ने प्रदेस सांसद रामजी प्रसाद घिमिरेले बताए । पाँच नम्वर प्रदेसको मुख्य धार्मिक तथा पर्यटकीय स्थल बनाउन आफुले पहल गर्ने बताएका छन ।

कार्यक्रममा प्रदेस सांसदहरु दधिराम न्यौपाने, जाल्पा भुसाल, निर्मला क्षेत्री, पुर्ब सांसदहरु नेत्र पन्थी, नजिर मिया, यादव वहादुर रायमाझि, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान), पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतम, छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक लगायतले मन्तब्य राख्दै पाणिनिको तपोभुमि पणेनाको बिकासमा एकजुट भएर लाग्नु पर्ने बताए । मुर्ती अनावरण कार्यक्रम रुद्र प्रसाद पोख्रेलको अध्यक्षता, धनीराम पोख्रेलको स्वागत र मधुकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

सनपा १२ मा अपाङगता भएकालाई आर्थिक रकम सहयोग ,विपन्न परीवारका विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री तथा पोसाक बितरण

सनपा १२ मा अपाङगता  भएकाहरुलाई आर्थिक रकम सहयोग ,विपन्न परीवारका विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री तथा पोसाक बितरण

बिक्रम पाण्डे
बैशाख २३ ,  अर्घाखाँची
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न १२ को आयोजनामा वडा भित्र रहेका सामुदायिक बिद्यालयहरुमा अध्ययन गरेका एकल तथा बिपन्न परीवारका छोराछोरीहरुलाई स्टेसनरी तथा पोशाक बितरण गरिएको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा न १२ मा रहेका ४ वटा सामुदायिक बिद्यालयहरुका अति बिपन्न तथा एकल महिला परीवारका छोराछोरीहरुलाई बिद्यालय पोशाक तथा कापी कलम (स्टेसनरी ) सामाग्री बितरण गरिएको हो ।४ वटा सामुदायिक बिद्यालयका १२५ जना बालबालिकाहरुलाई पोसाक तथा स्टेसनरी बतरण गरिएको हो । जस मध्य ५२ जनालाई पोसाक र ७३ जनालाई स्टेसनरीका सामाग्री बितरण गरीएको हो ।

सोही कार्यक्रममा यश वडा भित्र रहेका दुई जना अपाङ्ग एवं अशक्त ब्यक्तिलाई समेत आर्थिक सहयोग गरिएको छ । दोर्स्रो चरण अन्तर्गत वडाका सालिकराम परीयार र दिपा कुमारी श्रेष्ठलाई नगद रु २६०० छब्बीस सयका दरले आर्थिक सहयोग गरिएको हो । आर्थिक रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष नारायण खड्काले यो सहयोग कुनै वडा कार्यालयले वा कुनै पनि सस्थाले नभएर आफुले पाउने सेवा सुबिधाबाट प्राप्त तथा विभिन्न्न बैठकबाट पाउने भत्तालाई संकलन गरि आफुले नलिई सामाजिक कार्य , दुखी परीवारलाई सहयोग गरेको बताए । स्थानिय तहको चुनाबको बेला आफुले पाउने सेवा सुबिधा नलिने उद्घोष गरेको कुरा स्मरण गराउदै त्यसै अनुसारको यो कार्य पनि रहेको उनले बताएका छन् । यस अघि वडा अध्यक्ष खड्काले आफुले पाउने सेवा सुबिधा बापत पाएको रकम सोही वडाका सन्त बहादुर बिकलाई पहिलो चरण अन्तर्गत नगद रु ८००० आठ हजार रुपैयाँ हस्तान्तरण गरेको बताए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ज्ञवानीले पोसाक बितरण कार्यक्रम निकै प्रभावकारी भएको बताउदै यस्तो कार्यक्रमले बिद्याल्य, बिद्यार्थी , र अभिभावकमा हौसला प्रदान हुँने बताएउदै यस्तो कार्य गर्न सफल भएकोमा वडा कार्यालयलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमममा ज्ञान प्रकाश माबिका शिक्षक उत्तम भट्टराई , जुहार आधारभुत बिद्यालयका प्रअ गोबिन्द बस्याल , जन प्रकाश आधारभूत बिद्यालयका प्र अ फर्सुराम पोख्रेल , मणि आधारभूत बिद्यालयकि प्र अ कमला मुखिया सिआईजी अध्यक्ष मुक्तिनाथ भुसाल , पत्रकार बिक्रम पाण्डे , डिभर्ना आर्युबेद औषधालयका प्रमुख टेकराज भुसाल , वडा सदस्य हिम्कला टोटा , नेपाली काङ्ग्रेस सनपा १२ का वडा सभापति लिलाधर बस्याल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा २०० जनाको सहभागी रहेको थियो । साथै कार्यक्रमको बिचमा सुचना तथा शुसासन अभियान अर्घाखाँचीले कार्यक्रम सम्पन्न गरेको छ ।
सहभागीहरुलाई प्रशिक्षण दिदै सि आई जी अध्यक्ष मुक्तिनाथ भुसालले सिआईजी को परिचय , यस्को उद्देश्य , सुसासन कायम गर्नमा पारेको प्रभाब लगायतको विषयमा जानकारी गराए । उनले सुचना सरकारी निकायहरूमा सुचना माग्न डराउन नपर्ने बताउदै सुचना माग्नु आफ्नो अधिकार समेत भएको बताए । साथै सम्बन्धित सार्वजनिक निकायहरुका सुचना अधिकारीले नागरीकहरुले मागेको सुचना उपलब्ध गराउनु पर्ने बताए ।
यसैबिच वडाले आजबाटै ३ दिने अगुवा कृषक तालिम समेत सुरु गरेको छ । कार्यक्रम वडा सदस्य बाबुराम बस्यालको स्वागत मन्तव्य , वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा संचालन सचीव रमेश बस्यालको रहेको थियो ।

बझाङमा खहरे खोलाले बगाउँदा ५ जनाको मृत्यु (अपडेट)

डीबी विष्ट बझाङ, वैशाख २३ –

 थलारा गाँउपालिका –४ मा खहरे खोलाले बगाउँदा ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय २७ वर्षीय हर्क विक उनकी श्रीमती २६ वर्षीया डल्ली विक, १२ वर्षीय मनिसा विक र ३ वर्षीय सक्षम विक र ३५ वर्षीया कलसी विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा  गुह्या खोलाले बगाउँदा उनीहरुको ज्यान गएको हो । शनिबार राति ८ बजे तिर परेको अविरल वर्षाका कारण खहरे खोला आई उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले घटना स्थलमा प्रहरी पुगी सकेको र रिपोर्ट लिने काम भई रहेको जनाएको छ । source:ujyaaloonline