छत्रदेवको ठुलापोखरामा युवाहरूको लागि ३ दिने नेतृत्व विकास तथा उद्घघोषण तालिम सुरु

मधुसुधन पान्डे छत्रदेव जेष्ठ १०

अर्घखंचिको छत्रदेव गाउँपालिका वडा न ६ ठुलापोखरामा आजदेखि युवाहरुलाई लक्षित गरेर ३ दिने नेतृत्व विकास तथा उद्घघोषण तालिम सुरु भएको छ । छत्रदेव गाउँकार्यपालिका र वडा न ६ को आयोजनामा तालिम सुरु भएको हो । उद्घाटन कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यता र प्रमुख प्रशिक्षक महेश दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा ठुलापोखरा युवा परिषद्का अध्यक्ष गोपालप्रसाद बञ्जाडे,ठुलापोखरा युवा परिषदका सदस्य तथा मालिका ईङ्लिस बोर्डिङका प्रिन्सिपल धनिश्वर पाण्डे छत्रदेव गाउँपालिका स्वास्थ्य ईकाई प्रमुख विश्वदेव न्यौपाने,वडा न ५ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ,प्रशिक्षक राजिव खनाल लगायत को उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलले युवाहरु भविष्यको कर्णधार मात्रै नभएर बर्तमानको साझेदार भएको बताउदै देशको विकास र समृद्धिका लागि पनि युवाको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । कार्यक्रम वडानम्बर ६ का वडाअध्यक्ष कमल पौडेलको अध्यक्षता, गाउँ कार्यपालिका सदस्य सुन्तली बिकको स्वागत मन्तव्य र वडा सचिव पुस्करनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको मधुसुधन पाण्डेले खबर पठाउनु भएको छ ।

खोपको प्रभावकारीताबारे अनुगमन

गणेश खनाल,अर्घाखाँची जेष्ठ १०

सन्धिर्खक नगरपालीका अन्तगर्त वाड नम्वर ९ मा खोपको प्रभावकारीताबारे अनुगमन गरिएको छ । अर्घाका विभिन्न ठाउँमा आस्कमिक अनुगमन गरिएको थियो । यस्तै अर्घा स्वास्थ चौकीको समेत सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,उप प्रमुख ठाकुर कुमार विक, खोप अधिकृत रामप्रसाद गौतम लगाएतले अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा प्रमुख भुसाल र उपप्रमुख विकले जनतालाई जति सक्दो सेवा दिन निर्देशन दिनुभयो ।

रेडक्रस अर्घाखाँची द्वारा झुल तथा कम्मल हस्तान्तरण

प्रेम नारायण आचार्य अर्घाखाँची जेष्ठ १०

अर्घाखाँची जिल्ला अस्पतालका विरामीहरुको लागि रेडक्रस अर्घाखाँचीले झुल तथा कम्मल हस्तान्तरण गरेको छ । भर्ना भएका विरामीहरुलाइ लक्षित गरि १५ थान सुपर नेट झुल र १० थान कम्मल रेडक्रस अर्घाखाँची शाखाका प्रमुख शम्भु पोख्रेलले जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीलाइ हस्तान्तरण गर्नु भएको हो ।गर्मीको समयमा अस्पतालमा भर्ना भएका विरामीहरुलाइ लामखुट्टेबाट बचाउन झुल र विरामीको सुविधाको लागि कम्मल प्रदान गरिएको रेडक्रसका सभापति पोख्रेलले बताउनु भयो ।

अर्घाखाँचीमा तत्काल पालिका स्तरीय विपद ब्यबस्थापन समिति गठन हुने

प्रेम नारायण आचार्य अर्घाखाँची १० जेष्ठ

अर्घाखाँचीका ६ वटै स्थानीय तहमा तत्काल पालिका स्तरीय विपद ब्यबस्थापन समितिको गठन गरिने भएको छ । जिल्ला प्रशासन कार्यलयमा आज बसेको जिल्ला स्तरीय विपद ब्यबस्थापन समितिको बैठकले दैबिक प्रकोप र बिपदको पुर्ब तयारीको लागि पालिका स्तरीय बिपद ब्यबस्थापन समितिको गठन गर्ने, सबै विषयगत कार्यलयहरु तयारी अबस्थामा रहने निर्णय गरेको छ । बिपदको समयमा तत्काल उद्धार र राहतका कार्यक्रमहरु सञ्चालन गर्नका लागि नेपाली, सेना, नेपाल प्रहरी, जनस्वास्थ्य, जिल्ला बन कार्यलय, खानेपानी कार्यलय, रेडक्रस, गैर सरकारी सस्था र राजनितक दलका कार्यक्रताहरु सक्रिय भएर लाग्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल, नेकपाका जीबनारायण कोइराला, छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल, जिल्ला बन कार्यलयका प्रमुख दिपक गौतम, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर जगन्नाथ तिवारी, उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, रेडक्रसका जिल्ला सभापति शम्भु पोख्रेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसि, प्रदेस सदस्य प्रेमनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, भुमिकास्थान नगरपालिकाका हरि प्रसाद अर्याल, पाणिनिका तिलक गौतम, मालारानीका नेत्र खनाल, गैरसरकारी संस्था महासंघका ठाकुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

नेकपाले केन्द्रीय सदस्यलाई नागरिकतासहित किन बोलायो बालुवाटार ?

जेठ १०, २०७५ काठमाडौं : एकतापछि पहिलोपटक बस्न लागेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यको पहिलो बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकतासहित उपस्थित हुन भनिएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहीबार बस्न लागेको केन्द्रीय समितिको बैठकमा ४४१ जना केन्द्रीय सदस्य आफ्नो नेपाली नागरिकतासहित सहभागी हुनेछन्।

पहिलो बैठक भएका कारण निकै महत्त्वपूर्ण मानिएको नेकपाको बैठकमा भर्खरै दुई पार्टी एक भएर बनेको नेकपाका केन्द्रीय सदस्यले एकअर्काप्रति चिनजान पनि गर्नेछन्। ‘हामी सबैको एकअर्काप्रति चिनजान पनि छैन होला,’ नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘अब एक भएपछि हामीले एकअर्काप्रति पनि चिनजान गर्नुपर्छ। त्यसैले आजको बैठक चिनजानका हिसाबले पनि महत्त्वपूर्ण हुन्छ।’

तर, नेकपाले भने बैठक भनेर बोलाएको छैन। केन्द्रीय सदस्यलाई नागरिकता लिएर आउन र दुई अध्यक्षले निर्देशन दिने भनेर मात्र बोलाइएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन्। भन्छन्,‘हामीलाई बैठक भनेर बोलाइएको छैन। नागरिकता लिएर आउनु भनिएको छ। त्यहाँ अध्यक्षहरूले निर्देशन दिने कार्यक्रम रहेको पनि जानकारी दिइएको छ।’ एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपा यतिबेला निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा छ। यसका लागि केन्द्रीय सदस्यले अनिवार्य रूपमा नागरिकता बोकेर आउन निर्देशन दिइएको उनले बताए। यस्तै, केन्द्रीय सदस्य समितिले पूर्णता पाएसँगै अब नयाँ पार्टीको परिचयपत्र बन्छ।

केन्द्रीय सदस्यलाई नयाँ परिचयपत्र बनाउनका लागि पनि नागरिकतासहित उपस्थित हुन निर्देशन दिइएको पार्टी स्रोतले बताएको छ। यस्तै, अध्यक्षद्वयले एकीकरणपछि कसरी काम गर्ने भन्ने विषयमा निर्देशन दिने स्रोतले बताएको छ। संगठन निर्माण र विस्तारबारे केन्द्रीय सदस्यले दुई अध्यक्षबाट जानकारी लिने बताइएको छ। दल दर्ताका लागि के छ व्यवस्था? राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले संविधान र यस ऐनको अधीनमा रहेर आफ्ना राजनीतिक काम कारबाही सञ्चालन गर्न राजनीतिक दल गठन गर्न सक्ने व्यवस्था छ।

ऐन बमोजिम दल दर्ता हुनका लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित निर्वाचन आयोमा दर्ताका लागि निर्वाचन आयोमगमा निवेदन दिनुपर्ने हुन्छ। त्यसका लागि राजनीतिक दलको  दलको विधान, घोषणापत्र, झण्डा, चिह्नको नमुना, कम्तीमा पाँचसयजना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र उनीहरूको नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर अवश्यक पर्छ सोहीअनुसार नेकपाले दल दर्ताका लागि आफ्ना केन्द्रीय सदस्यलाई नागरिकतासहित बोलाएको हो। ऐनमा भएअनुसार दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरू एक आपसमा सम्झौता एकीकरण हुनका लागि सम्झौता भएको ३५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र  सम्झौताको प्रतिलिपि संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ।

निवेदनमा एकीकरण भएका दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा राखिने हुनेसमेत खुलाउनु ऐनमा व्यवस्था छ। ऐनअन्तर्गत बनेको नियम बमोजिम सबै प्रक्रिया पूरा भएमा आयोगले निवेदन दर्ता भएको ३५ दिनभित्र  दल एकीकरण गर्ने निर्णय गरी त्यसको प्रमाणपत्र ऐनमा उल्लेख छ।
source:thahakhabar.com