श्रमिक दिवसको अबसरपारी सन्धिखर्कमा ट्रेड युनियन कांग्रेसद्धारा विरामीलाई फलफुल वितरण

घनश्याम पौडेल अर्घाखाँची १८ बैशाख

१२९ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीले जिल्ला अस्पताल सन्धिखर्कका विरामीलाई फलफुल वितरण गरेकोे छ । अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गर्दै नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले सु–स्वास्थ्य दिघार्युको कामना गर्दै सरकारले मजदुरको ज्याला बढाउँनुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य प्रमुख डा. जगन्नाथ तिवारी, नेपाल यातायात मजदुर संघ पाचँ नम्बर प्रदेश संयोजक आत्मसिंह घर्ति, ट्रेड युनियन कांग्रेस पाचँ नम्बर प्रदेश सचिव नन्दराम भट्टराई, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, सन्धिखर्क ३ का वडा अध्यक्ष लिलाराम गौतम, पत्रकार घनश्याम पौडेलले विरामीको स्वास्थ्य लाभको कामना गर्दै श्रमिक दिवसको शुभकामना व्यक्त गरे ।

कार्यक्रम ट्रेड युनियन कांग्रेस अर्घाखाँचीका अध्यक्ष सुमन्त बस्यालको अध्यक्षता, उपाध्यक्ष अच्यूत पन्थीको स्वागत र सचिव गणेशराज पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रमुख कानुन र आचारसंहिता बिषयक पत्रकार आबद्धता तालीम सन्धिखर्कमा सुरु

श्याम घिमिरे .अर्घाखाँची १८बैशाख

प्रमुख कानुन र आचारसंहिता बिषयक पत्रकार आबद्धता तालीम मंगलबारबाट सन्धिखर्कमा सुरु भएको छ । नेपाल सरकार सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय अन्तरगत सुचना बिभागको आयोजना र नेपाल पत्रकार महासंघ अर्घाखाँचीको संयोजनमा ३ दिने तालीमको एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन मनतब्य राख्दै प्रमुख भुसालले सुचना सञ्चारको बिकास र ब्यक्तित्व बिकासमा तालीमको महत्वपुर्ण भुमिका रहने भन्दै तालीम सफलताको शुभकामना समेत दिनु भएको थियो । उद्घाटन कार्यक्रम महासंघका अध्यक्ष हिम जिसीको अध्यक्षता,गणेश खनालको स्वागत मनतब्य र सुर्य भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।

३२ जना पत्रकारहरुको सहभागीता रहेको तालीमको सहजीकरण नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय अध्यक्ष डाक्टर शुरेस आचार्य,मधेश आन्दोलनका बिज्ञ डाक्टर बिजय मिश्र र सुचना बिभागकी प्रमुख सुमन बज्राचार्यले गर्नु भएको छ ।

प्रमुख धार्मिक स्थल सुपा देउराली आसपासमा रहेका टहरा तथा टंकी हटाउन सुरु

Image may contain: 1 person, outdoor
प्रेम नारायण आचार्य  अर्घाखाँची १८वैशाख
पाँच नम्वर प्रदेसकै प्रमुख धार्मिक तीर्थ स्थल सुपा देउराली आसपासमा रहेका टहरा तथा टंकी हटाउन सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको पहलमा जिल्ला प्रशासनमा पटक पटक बैठक बसालेर सडक बिस्तारको लागि टहरा हटाउने निर्णय भएको थियो ।
 सुपा देउराली मन्दिर आसापासमा मानिसहरुले पक्की तथा टहराहरु निर्माण गरि होटल, फलफुल पशल, पुजा सामाग्री पशल र फोटो स्टुडीयो सञ्चालन गर्दै आएका थिए ।
सुपा देउरालीमा आज एक कार्यक्रमको आयोजना गरि सडक बिस्तारको पुर्ब उपप्रधान मन्त्री टोप बहादुर रायमाझिले उद्घाटन गरे । कार्यक्रममा मन्तब्य राख्दै रायमाझिले सुपा देउराली मन्दिरलाइ ब्यबस्थित बनाउन सडक बिस्तार गर्न थालेको बताए ।
राष्ट्रिय सभाका सांसद चन्द्र बहादुर खड्का, प्रदेस सभाका सांसदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेकपा एमालेका जिल्ला कार्य बहाक अध्यक्ष जीबनारायण कोइराला, नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि कृष्ण प्रसाद खनाल, नेकपा माओवादी केन्द्रका छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका पदम केसी, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, सडक डिभिजन कार्यलयका इन्जीनीयर रमेश प्रसाद पौडेल लगायतको उपस्थितिमा टहरा हटाइ सडक बस्तिारको काम सुरु गरिएको हो ।
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष प्रितम बहादुर थापा, उपाध्यक्ष गोबद्र्धन थापा, सचिव यादव प्रसाद घिमिरे लगायतले मन्तब्य राख्दै मन्दिरलाइ ब्यबस्थित गराउन सबै लाग्नु पर्ने बताए ।
उद्घाटन समारेह सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता, उपप्रमुख ठाकुर बिकको स्वागत मन्तब्य र गोविन्द केसीको सञ्चालनमा सम्पन्न भएको हो ।
Image may contain: 12 people, people smiling, people standing and outdoor

 

खेलकुद सामाग्री हस्तान्तरण

 दिपेन्द्र श्रेष्ठ अर्घाखाँची १८ बैशाख

बिधालय स्तरबाटै खेलकुदको बिकाश र महत्व बढाउने उदेश्यले सोमबार जिल्लाको छत्रदेब गाउपालिका वार्ड नं ७ भगवती तारुभतेरामा रहेको श्री जनकल्याण माध्यामिक बिधालयलाइ खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको छ। नेपाल बिधार्थी संघका पुर्व केन्द्रीय सदस्य बिधार्थी युवा नेता शिब पाण्डेले बिधालयलाई फुटबल ,टेबलटेनिस ,भलिबल लगाएतका खेलकुद सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

पाण्डेले बुद्धजयन्तिको अबसर पारेर एक अनौपचारिक कार्यक्रम आयोजना गर्दै उक्त कार्यक्रमकाबीच विधालयका स-प्राचार्य बुद्धिराम भुसाल ,ब्याबस्थापन समितिका अधक्ष्य हरि पाण्डे लगाएतका स्थानीय सामाजिक ब्याक्तित्व तथा स्थानीयहरुको उपस्थितिमा खेलकुद सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

छत्रदेब वार्ड नं ७ भगवतिमै  पिता समाजसेबी तथा शिक्षक नारायण प्रसाद पाण्डे र माता लक्ष्मीका कोखबाट जन्म लिनुभएका बिधार्थी नेता पाण्डे अहिले २९ बर्षका हुनुभयो ।आफ्नो बाल्यकालको पढाइ सोहि बिधालय बाटै पार गर्दै हाल उहा अध्यानकै शिलशिलामा काठमाडौंमा रही स्नानोकोत्तर गर्दै पछिल्लो समय कुखुरा फर्म ,बाख्रा फर्म ,कृषि फर्म जस्ता उत्पादनशील ब्याबशायबाट अरुलाई समेत रोजगारी प्रधान गर्दै आफुले पनि मनग्य आम्दानि गर्नुभएको पाण्डेले बताउनु हुन्छ । नेपाल प्रजातान्त्रिक बिधार्थी संगठनका केन्द्रिय अधक्ष्य रहनुभएका पाण्डे सानै उमेरमा नै अन्य बिभिन्न सामाजिक संघ सस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ।

सानैदेखि आफ्ना बाबु नारायण प्रसाद पाण्डेले सामाजिक क्षेत्रमा गरेको सामाजसेवाबाट अभिप्रेरित बनेका पाण्डे आफु समाजसेवा ,खेलकुद ,राजनीति तर्फ सानैदेखि रुचिरहेको बताउनुहुन्छ खेलकुद सामग्रीहरु हस्तान्तरण गर्दै पाण्डेले खेलकुदले बिधार्थीको शारीरिक स्वास्थ्यका साथै मानाषिक रुपमा समेत स्वस्थ राख्न मद्धत पुर्याउने हुदा बिधार्थिहरुको अध्यान संगसंगै खेलकुदमा पनि ध्यानपुर्याउन आग्रह गर्दै उक्त खेलकुद सामाग्रीले बिधार्थीहरु लाभाम्बित हुने कुरा शिक्षकहरु सामु आशा ब्याक्त गर्नुभयो ।

आफुले पढेको बिधालयलाइ यसरि खेलकुद सामाग्रीहरु हस्तान्तरण गर्न पाउदा आफुलाई निकै खुशी लागेको पाण्डे बताउनुहुन्छ । सामाजिक कामहरुमा निकै रुची राख्ने बिधार्थी नेता पाण्डेका अनुसार अबको केहि समयपछी क्रमस वार्ड ,गाउपालिका गर्दै जिल्लाका सम्पूर्ण बिधालयहरुलाइ खुलकुद तथा रचनात्मक क्रियाकलापका सामाग्रीहरु हस्तान्तरण गर्ने लक्ष्य रहेको बताउनुहुन्छ उनै समाजसेबी ,युवा बिधार्थी नेता शिब पाण्डे ।

अफगानिस्तान आत्मघाती विष्फोटमा परि पत्रकार सहित कम्तिमा २५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा गराइएको दुई शक्तिशाली आत्मघाती विष्फोटमा पत्रकारहरु सहित कम्तिमा २५ जना मारिएका छन् ।

शाश्डाराक जिल्लामा भएको घटनामा मारिनेमा समाचार एजेन्सी एएफपीका चिफफोटोग्राफर शाह माराई पनि छन् । मोटर साइकलमा आएको आक्रमणकारीले पहिलो विष्फोट गराएको स्थानीय अधिकारीहरुले बताएका छन् । घटना लगत्तै जम्मा भएका मानिस र पत्रकारहरु माझ १५ मिनेटपछि आक्रमण कारीले आफैलाई विष्फोट गराएको थियो । घटनामा परि ठूलो संख्यामा मानिस घाईते भएका छन् ।

एएफपीले ट्वीट मार्फत दोस्रो विष्फोट पत्रकारहरुलाई लक्षित गरेर गराइएको उल्लेख गरेको छ । इस्लामिक अतिवादी समुह आईएसले घटनाको जिम्मेवारी लिएको छ ।

source:CIN