श्याम घिमिरे जेष्ठ, ११ अर्घाखाँची
सन्धिखर्क नगरपालीका वडानम्बर १ को आयोजनामा ८४ बर्ष माथीका जेष्ठनागरीक तथा “ग”बर्गका अपाङ्गहरुलाई एक कार्यक्रमको आयोजनागरी सुक्रबार सम्मान गरीएको छ ।
सम्मान कार्यक्रममा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझी , प्रदेश सदस्यहरु चेतनारायण आचार्य,रामजी घिमिरे,निर्मला क्षेत्री,सनपा नगरप्रमुख कमल प्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञेवाली,वडानम्बर ३ का अध्यक्ष लिलाराम गौतम,शान्ती बगैचा आधुनिकिकरणका अध्यक्ष नारायण बन्जाडे लगायतले मनतब्य राख्दै जेष्ठनागरीक र अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले उचित किसीमले हेरचाहगर्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रम वडानम्बर १ का अध्यक्ष युबराज बन्जाडेको अध्यक्षता, लक्ष्मण पराजुलीको स्वागत मनतब्य र वडासचिब अनन्तमणी पोख्रेलको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ३७ जना जेष्ठ नागरीक र १५ जना अपाङ्गहरुलाई सम्मान गरीएको थियो ।