ज्ञान प्रकाश माद्यामिक बिद्यालयले ५९ औं स्थापना दिबस मनाउने

बिक्रम पाण्डे अर्घाखाँची १२ जेष्ठ

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न १२ मा रहेको ज्ञान प्रकाश माद्यामिक बिद्यालय सल्लिकोटले आफ्नो बिद्यालय स्थापनाको ५९ औं बार्सिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

२०१६ सालमा स्थापना भएको बिद्यालयले यहि जेष्ठ १४ गते सोमवार विभिन्न कार्यक्रम गरि ५९ औं बार्सिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो । बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा सेवा निबृत्त तथा पुर्व शिक्षकहरूलाई बिदाई तथा संमान , अभिभावक सम्मान, पुरस्कार बितरण, अक्षयकोष छात्रवृत्ति बितरणलगायतका कार्यक्रम रहेको बिद्यालयका प्रधानाध्यापक सूर्य बहादुर खलानले जानकारी दिएका छन् ।

जेष्ठ नागरीक समाज नेपाल डिभर्नाको चौँथो साधारण सभा तथा अबिधेशन सम्पन्न – अध्यक्षमा गोपाल हरी श्रेष्ठ

बिक्रम पान्डे,अर्घाखाँची जेष्ठ १२

जेष्ठ नागरीक समाज नेपाल , सन्धिखर्क नगरपालीका वडा नं. ११ र १२ संयुक्त तथा साविक डिभर्ना गाविसको चौथो साधारण सभा तथा अबिधेशन सम्पन्न भएको छ । उदघाटन सत्र जेष्ठ नागरीक समाज जिल्ला उपाध्यक्ष नर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. ११ का वढा अध्यक्ष धुर्वराज आचार्य र वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्का को विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै जेष्ट नागरीक समाज नेपालका जिल्ला उपाध्यक्ष नर प्रसाद श्रेष्ठले जेष्ठ नागरीहरुको हक र अधिकारको निम्ति सबै जेष्ठ नागरीकहरु एकजुट भएर लाग्नु पर्ने बताएका थिए । जेष्ठ नागरीकहरुको स्वस्थ, सुखी र सम्मृद्ध जीवन यापनको लागि सरकार पक्षबाट यस्को ग्यारिन्टी हुनुपर्ने बताए ।

कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष धुर्वराज आचार्य,वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्का,समाजका सचिव धन प्रसाद श्रेष्ठ , खिमानन्द मरासीनी , देबी प्रसाद श्रेष्ठ ,कोषाध्यक्ष चन्द्रमान श्रेष्ठ , चिन्ता प्रसाद श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा वडा नं. ११ र १२ का ६० वर्ष भन्दा माथीका जेष्ठ नागरीकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रम समाजका अध्यक्ष गोपाल हरी श्रेष्ठको अध्यक्षता , सह सचिव नारायण बहादुर खत्रीको स्वागत मन्तब्य र उपाध्यक्ष ढुण्डीराज आचार्यको संचालनमा सम्पन्न भएको हो । अबिधेसनले पुनः गोपाल हरी श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिती निर्माण गरेको छ । जसको उपाध्यक्षमा ढुण्डीराज आचार्य , सचिव धन प्रसाद श्रेष्ठ , सह सचिव नारायण खत्री , काषध्यक्ष चिन्ता प्रसाद श्रेष्ठ , सदस्यमा कौशिला आचार्य , रेमलाल खनाल , केशव कुमार कुँवर लगायतका रहेको बताइएको छ ।

३ दिने नेतृत्व विकास तथा उद्घघोषण तालिमको समापन

मधुसुधन पाण्डे,छत्रदेव जेष्ठ १२

छत्रदेव गाउँपालिकाको ठुलापोखरामा ३ दिनसम्म सञ्चालन भएको नेतृत्व विकास तथा उद्घघोषण तालिम समापन भएको छ । ज्येष्ठ १० गतेदेखि सुरु भएको कार्यक्रम सनिबार समापन भएको हो । छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यता बाट सुरु भएको कार्यक्रममा छत्रदेव गाउँपालिका उपप्रमुख तुल्सादेवी श्रेष्ठ,छत्रदेव गाउँपालिकाका प्रशासकीय अधिकृत भेषराज पन्त तथा मुख्य प्रशिक्षक महेश दाहालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रम छत्रदेव गाउँपालिका वडा न ६ का वडाअध्यक्ष कमल पौडेलको अध्यक्षता भिष्मा पाण्डेको स्वागत मन्तव्य र  कमला पौडेलको सञ्चालनमा सम्पन्न भएको हो।

काग्रेसलाई जिल्ला देखि गाउँसम्म सशक्त बनाएर लैजाग्छौ-सभापति मुस्कान

रुद्रमणि भुसाल,अर्घाखाँची जेष्ठ १२

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले नेपाली काग्रेसलाई जिल्ला देखि गाउँसम्म सशक्त बनाएर लैजाने बताउनु भएको छ । नेपाल दलित संघको पाँचौ जिल्ला अबिधेशनलाई सनिबार सदरमुकाम सन्धिखर्कमा सम्बोधन गदै सभापति मुस्कानले नेपाल दलित संघले पार्टिलाई मजबुद बनाउन राम्रो सहयोग गरेको बताउनु भयो ।

त्यस्तै बिशिष्ट अतिथि प्रदेश सांसद प्रकाश स्नेहीले नेपाली कांग्रेसले दलितका हक र अधिकारका लागि सधै अग्रपंतिमा रहेर आवाज उठाउने बताउनु भयो । कार्यक्रममा नेपाली कार्यक्रममा नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति पिताम्बर भुसाल ,कमल प्रसाद भुसाल ,प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला उपसभापति शान्ता भण्डारी लगायतले मनतब्य राख्दै जिल्लाको बिकासकालागी आम नागरिकमाँझ बिकास निर्माणका योजना लिएर जाने बताउनु भएको थियो ।

अबिधेशनमा नेपाली कांग्रेसका महासमिति सदस्य केशब श्रेष्ठ , यादब घिमिरे ,कांग्रेस नेता हरि बहादर खड्का , नेपाल ट्रेडयुनीयनका प्रदेश सदस्य नन्दराम भट्टराई , नेपाल दरुण दलका नारायण खड्का , नेपाल बिद्यार्थी संघकी केन्दिय महामन्त्रि ललिता सुनार , जिल्ला उपाध्यक्ष नेत्र मरमसिनी , प्रेस युनियनका सुर्य प्रसाद भुसाल लगायतले सुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रमको मणिराम परियारको अध्यक्षता र पृतम दलितको संचालनमा सम्पन्न भएको हो । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।

संघीयता खारेज नभए देशनै खारेज हुनसक्छ – राजमो अध्यक्ष केसी

श्याम घिमिरे,अर्घाखाँची जेष्ठ १२
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकोे चौथो जिल्ला सम्मेलन सनिबार देखि सन्धिखर्कमा सुरु भएको छ । राष्ट्रियको रक्षा र संघियताको खारेजी हाम्रो अभियान,समृद्ध अर्घाखाँचीको लागि चौथो जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ सम्मनेल सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक कार्यक्रमका बिच उद््घाटन गर्नुभएको हो ।


उद्घाटन कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष केसीले संघीयतालाई खारेज नगरिए संघीयताले देश खारेज गर्न सक्ने बताउनुभयो । विदेशबाट आउने रेमिटान्सले देश चल्न नसक्ने भन्दै वार्षिक रुपमा विदेशबाट आउने ७ खर्वले यो देशलाई धान्न नसक्ने भन्दै उहाँले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले संघीयतालाई खारेज नगरिए संघीयताले देश खारेज गर्न सक्ने बताउनुभयो । केसीले आफ्नो पार्टीले एमाले र माओवादीको एकतालाई स्वागत गरेको बताउदै एकतालाई दृघकालीन बनाउन आग्रह समेत गर्नु भएको थियो ।


सरकारले बिभिन्न क्षेत्रको सिण्डीकेट हटाएर राम्रो काम गरेकोप्रति धन्यबाद दिदै, अब सत्तामा रहेका ठुला भ्रष्टाचारी र तस्करीहरुलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको जल, जमिन, जंगललाई भारतले होल्ड गरेर आफ्नो अनुकुलमा राख्न खाजेको उल्लेख गर्दे विभिन्न समयमा भारतसंग भएका असमान सन्धि भारतको पक्षमा भएको बताउनुभयो । कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझाएको भन्दै नेता केसीले देशमा वामपन्थीको सरकार भएपनि भ्रष्टाचार, महंगी र कालोबजारी बढेको बताउदै सरकारले राष्ट्रवादी कुरा गरेपनि देशको राष्ट्रियता, सार्भभौमिकता र अखण्डता कमजोर बनेको बताउनुभयो ।


कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्ब महासचिव सन्तबहादुर नेपाली ,राजमो ५ नम्बर प्रदेश सदस्य शेरबहादुर बिसि,नेता सागर केसि,यमलाल पोख्रेल,किसान संघका केन्द्रीय महासचिव कृष्ण केसि,अनेम संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला राना,बुद्धिजीवी संघका जिबनारायण खनाल,ट्रेडयुनियनका केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसि,अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवर,नेकपाका प्रतिनिधि रामबहादुर चौहान,नेपाली काँग्रेसका सभापति बिष्णु खनाल मुस्कान,नयाँशक्ति पार्टीका टोपबहादुर बलाल,जनप्रतिनिधिको तर्फबाट बाबुराम सुनार,अखिल नेपाल युबक संघका कुलराज खनाल,जातीय समाता समाजका राजेन्द्र नेपाली,पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकालि, लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।


कार्यक्रम राजमो जिल्ला अध्यक्ष झबिलाल थापाको अध्यक्षता,उपाध्यक्ष पशुपति ढकालको स्वागत मनतब्य र सचिव गोपाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । उद्घाटन सत्रपछि बन्द सत्रमा सांगठानिक र आर्थिक प्रतिवेदन माथि छलफल गरी, नयाँ नेतृत्व चयन गरिने आयोजकले जानकारी दिएको छ ।