निशुल्क पशु स्वास्थ्य शिबिरमा १२ सयको उपचार

 प्रेमनारायण आचार्य अर्घाखाँची २५ बैसाख

सन्धिखर्क नगरपालिकाको आयोजनामा वाड नम्वर ११ डिभर्नाको अमिलेमा एक दिने निशुल्क पशु स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ । नगरपालिकाको विकट स्थान भनेर चिनिने अमिलेमा पशुहरुमा लाग्ने रोग तथा पशुहरुलाइ नियमित रुपमा गरिने चेकजाचको निशुल्क शिबिर सञ्चालन भएपछि स्थानीयबासिन्दाहरु हर्षित भएका छन ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले ९० बर्षिय लालबहादुर सेजवाललाइ जुका, माटे, भिटामीन र जुम्राको औषधी प्रदान गरेर पशु स्वास्थय शिबिरको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्कका विभिन्न वडाहरुमा कृषि र पशुपालनबाट मनग्य आम्दानी गर्न सकिने भएकाले नगरपालिकाले कृषि र पशुवालनमा विशेष कार्यक्रम ल्याएको बताउनु भयो । पशु स्वास्थ्य शिबिरबाट एक सय सात घरधुरीका १२ सय पशुको उपचार तथा निशुल्क औषधीहरु वितरण गरिएको नगरपालिका पशु शाखा प्रमुख राधा पाण्डेले बताउनु भयो ।

स्वास्थ शिबिरमा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, जिल्ला पशु सेवा कार्यलयका प्रमुख डाक्टर लोकनाथ पौडेल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण अचार्य, सन्धिखर्क ११ का वडा सचिव कुलदिप पोख्रेल लगायतको उपस्थिति रहेको थियो । शिबिरमा डाक्टर लोकनाथ पौडेल, पशु प्राविधिकहरु राधा पाण्डे, रेश्मीराज ज्ञवाली, बुद्धिराम गौतम , प्रदिप आचार्य, सम्झना पराजुली लगायतले पशुहरुको उपचार तथा निशुल्क औषधी बितरण गर्नु भएको हो ।

उद्घाटन समारोह सन्धिखर्क वडा नम्वर ११ का वडा अध्यक्ष ध्रुबराज आचार्यको अध्यक्षता, र राधा पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisement

एमाले सन्धिखर्क नगर कमिटीको बैठक सम्पन्न

श्याम घिमिरे, बैशाख २५ सन्धिखर्क
नेकपा एमाले सन्धिखर्क नगर कमिटीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी का.बा अध्यक्ष जिबनारायण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक नगर संयोजक युबराज श्रेष्ठको अध्यक्षता,सचिबालय सदस्य शम्भु पोख्रेलको स्वागत मनतब्य र नगर सचिब श्रीकृष्ण भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

बैठकले यही बैशाख भरमा पार्टी सदस्यता नबिकरण गर्ने, नगर र प्रदेश शभाको योजना तर्जुमा गोष्ठी गर्ने लगायतका निर्णयहरु गरेको नगर प्रचारप्रसार बिभाग संयोजक बिष्णु परीयारले जानकारी दिनु भएको छ । बैठकमा पार्टी स्कुल बिभागका केन्द्रीय सदस्य बुद्धिबहादुर रायमाझी,जिल्ला सचिब रामबहादुर चौहान,पार्टीका क्षेत्र नम्बर २ का संयोजक बुद्धिराम भुसाल,जिल्ला पार्टी सचिबालय सदस्य रामचन्द्र लगायतको उपस्थीति रहेको थियो ।

मोदीको नाममा जनकपुरमा चमत्कार : २० वर्षमा नभएको काम १० दिनमै

धनुषा, वैशाख २५ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने टुंगो लागेदेखि नै जनकपुरमा सरकारी निकाय व्यस्त बनेको छ । उनीहरुलाई काम गर्न भ्याईनभ्याई छ । २० वर्षमा पनि हुन नसकेको काम मोदीको स्वागतको नाममा १० दिनमै हुँदा स्थानीयवासी आश्चर्यचकित भएका छन् । जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा, विवाहमण्डपको पर्खाल, रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको सडक अहिले चिटिक्क पारिएको छ ।

वैशाख २८ गते मोदीलाई जानकी मन्दिरमा दर्शन र बाह्रविघा मैदानमा अभिनन्दन गर्ने  कार्यक्रम छ । मोदीको नाममा भइरहेको कल्पना नै नगरेको काम देखेपछि जनकपुरबासी यतिबेला भन्दैछन् ‘मोदीको नाममा चमत्कार भइरहेछ ।’

चिटिक्क बाह्रविघा मैदान

वर्षौंदेखि खाल्डाखुल्डी, फोहर, प्लास्टिकका टुक्रा, पर्चापोष्टर र पेन्टिङले कुरुप देखिने बाह्रविघा मैदानले एकहप्तामै मुहार फेरेको छ । हप्ता दिनमा बाह्रविघा मैदानलाई यसरी सिंगारिएको छ कि हेर्दा त्यो कुनै जादु जस्तै लाग्छ ।

मैदानको खाल्डाखुल्डी पुरेर सम्याइएको छ । फोहोर सफाई गरिएको छ । पर्खाल भत्केको ठाउँमा टालटुल पारेर जोडिएको छ भने पर्खालका भित्ता कशरिया रंगले पोतिएको छ । बाह्रविघाको दक्षिणतर्फको पर्खालमा मिथिला चित्रकला कोरेर आकर्षक रुपमा सजाइएको छ ।

बाह्रविघा मैदान आजभोलि सुरक्षाकर्मीको घेरामा छ । बाह्रविघामा प्रवेश निषेध गरी भित्र मञ्च व्यवस्थापन र एकलाख मानिस अट्नेगरि टेण्ट निर्माणको काम धमाधम भइरहेको छ । बाह्रविघा मैदानको पर्खालको पेण्टिङ र चित्रकला बाहेक सबै काम प्रदेश सरकारले गरिरहेको हो ।

जानकी मन्दिरदेखि रामानन्द चोकसम्मको सडक एकै रातमा कालोपत्रे

रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको सडक मंगलबार बिहान उठ्दा सोमबार बेलुकाको जस्तो थिएन । सपना जस्तै लाग्नेगरि एकै रातमा सडकले काँचुली फेरेको देख्दा चोकबासी चकित परेका छन् ।

मोदी त्यही बाटो भएर जानकी मन्दिर र बाह्रविघा मैदान जाने भएकाले जनकपुर उपमहानगरपालिकाले एकै रातमा सडक कालोपत्रे गरेको हो । वर्षैभरि जीर्ण सडकमा आवतजावत गर्न सर्वसाधारणले सास्ती पाए पनि यो सडक कालोपत्रे गर्नेबारे सरकारले नसुनेको तर मोदी आउने भएपछि एकै रातमा कालोपत्रे भएको देख्दा काम गर्न खोजे त सकिने रहेछनि भन्ने पुष्टि पनि भएको यहाँका ब्यापारी र बुद्धिजिवीले बताएका छन् ।

तर मापदण्ड अनुसार सडक कालोपत्रे नभएकाले मोदी गएसँगै कालोपत्रे पनि उप्किने स्थानीय बासिन्दाको ठम्याइ छ ।

विवाहमण्डपको कुरुप भित्ता मिथिला चित्रकलाले मनमोहक

थरिथरिका प्रचार सामाग्रीले कुरुप रहने जानकी मन्दिर र विवाह मण्डपको पर्खालको भित्ता अहिले आकर्षक बनाइएको छ । पर्खालको भित्तामा सेतो रंग पोतेर रामायणकालीन झल्को दिने मिथिला चित्रकला कोरिएको छ । जसमा सीताको जन्मदेखि रामसीताको विवाहसम्मको चित्रकला उतारिएको छ । मोदी यहि बाटो भएर मोदी जानकी मन्दिर जाने र फर्किने भएकाले अहिले विवाहमण्डपको पर्खाल मनमोहक बनेको छ ।

जानकी मन्दिरमा रंगरोगन, फुटपाथका पसल हटाइयो

जानकी मन्दिरको रंग उडेको ठाउँमा रंगरोगन गरेर चिरिच्याट्ट पार्ने काम गर्न अहिले भ्याइनभ्याई छ । समय कम रहेकाले पुरै जानकी मन्दिरकै रंगरोगन गर्न नभ्याइएकाले रंग उडेको भित्ता रंगरोगन गरेर नयाँ जस्तै बनाउने काम भइरहेको हो ।

जानकी मन्दिरको प्रांगण कब्जा गरेर बसेका पसलेलाई अहिले हटाइएको छ । यसले जानकी मन्दिर खुला भएको छ । जानकी मन्दिरमा मोदीले विशेष पूजाअर्चना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई जानकी मन्दिरमै स्वागत गर्ने तयारी छ । स्वागत र पूजाअर्चना पश्चात दुवैजनाले संयुक्त रुपमा रामायण सर्किटको शिलान्यास गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महिनामा एकदिन पनि सफा नहुने सडकमा हप्तामै दुई दिन झाडु

फोहोरमैला व्यवस्थापन जनकपुरको सबभन्दा ठुलो समस्या हो । नगरको धेरै ठाउँमा अहिले महिनामा एकदिन पनि फोहोर उठाइदैन । जानकी मन्दिरकै उत्तरतर्फ सडकसंगै रहेको तेल्हा मरहा पोखरीको डिल बर्षौदेखि दिसापिसाव र फोहोरले दुर्गन्धित थियो । त्यहाँ जाँदा नाक थुन्नुपर्ने  अवस्था थियो । महिनामा एकपटक पनि सरसफाइ नहुने त्यो ठाउँले पनि मोदीको नाममा चिटिक्क हुने मौका पाएको छ ।

जनकपुरको रामानन्द चोकसम्मको सडकमा मुख्यमन्त्रीदेखि, मन्त्रीहरु, सांसद, प्रहरी, नेपाली सेना र नागरिक समाज लगायतले दुई दिन झाडु लगाएर सफा गरेका छन् ।  अहिले जनकपुर उपमहानगरपालिकाले नियमित सरसफाई गरिरहेको छ । रामानन्दचोकदेखि जानकी मन्दिरसम्मको सडक जनकपुर नै होइन कि झैं लाग्नेगरि चिटिक्क पारिएको छ । source:ujyaaloonline

वार्ड अध्यक्ष खड्काले बुझेको भत्ता समाज सेवामा          

मुक्तिनाथ भुसाल,अर्घाखाँची २५ बैशाख
 राजनितिमा आस्था नराखे मर्दा मलामी पनि पाईने होईन कि भन्ने डरले सबैजना कतै त कतै आस्थावान देखिए पनि सक्रिय राजनीती गर्ने व्यक्तिलाई आम नागरिकको हेराईमा विस्वास देखिदैन । जसको कारण भनेको सार्वजनिक पद धारण गर्ने व्यक्तिहरु आफनो कत्र्वय भन्दा पनि व्यक्तिगत स्वार्थमा तल्लीन बन्नु हो । नेपालको फोहोरी राजनैतिक खेललाई राम्रो सँग बुझेर पनि राजनैतिक माध्यमद्धारा समाजसेवा गर्छु भन्ने उदघोष सहित मैदानमा होम्मिएका तरुण दल अर्घाखाँचीका अध्यक्ष नारायण खड्काले आफनो क्षेत्रमा अमिट छाप छाडन सफल बनेका छन । सम्पन्न स्थानिय निर्वाचनवाट सन्धिखर्क नगरपालिका वडा नम्वर १२ को वडा अध्यक्ष बन्न सफल नारायण खड्का झवाटट हेर्दा अपरिपक्क तथा सार्वजनिक पद धारण गर्न नसुहाउने व्यक्ति हुन कि भन्ने आशंखा गरिएपनि उनी भित्रको क्षमता र लगाव अनौठो मानिन्छ ।
आफनै स्कावर पियो गाडी चलाएर दिनौ भागादौडी गरेका खडका सुनका सौखिन मानिन्छन भन्ने कुरा उनको शरिरले आफै वताउछ । लटरम्म सुनमा सजिएर आफनै गाडी चलाएर सुईकने अध्यक्ष खड्काले जिवनमा धुम्रपान र मध्यपानको अनुभव नगरेको उनका सहयात्रीहरुवाट बुझिएको छ । महिलाहरु सृष्टिकर्ता हुन उनीहरुको पूर्ण सम्मान गरिनु पर्छ भन्ने भाव पालेका खड्काको गाडी असहाय तथा बृद्धबृद्धा देखेमा टक्क रोकिनु अर्घाखाँचीका लागि नौलो मानिदैन । चुनाव जितिसके पछि हालसम्म नगरपालिकावाट आफनो गाडीको इन्धनका लागि एक पैशा सुविधा नलिएका उनले आफनो वडामा निशुल्क एम्वुलेन्सको सेवा दिएका छन ।
कसैको घरमा दुखविमार परयो भने उनलाई फोन गरिसकेपछि आफैले गाडी चलाएर उद्धारका लागि उनी दिनौं अव्यस्त देखिने र बढी नबोल्ने व्यक्तिका रुपमा परिचित रहेका छन । वडा अध्यक्षमा निर्वाचित भईसके पछि विभिन्न कार्यक्रमहरुमा सहभागि हुने अवसर प्राप्त गरेका उनले हालसम्म प्राप्त गरेको भत्ता रु १३ हजार दुईसय रहेको जानकारी मिल्यो । शुरुवात देखि प्राप्त भत्तालाई संकलन गरि केहि समय अगाडी रु ८ हजार आफनै वडा निवासी अपाङ्ग सन्त वहादुर वि.क. लाई पहिलो चरणमा उनले हस्तान्त्ररण गरेका थिए । त्यसपश्चात जम्मा भएको रकम मध्ये आईतवार आयोजित एक कार्यक्रममा स्थानिय अपाङ्गहरु शालीकराम परियार र दिपा कुमारी श्रेष्ठलाई जम्मा ५ हजार दुईसय वरावरी विभाजन गरि हातमा थमाई दिएका छन । आफुले व्यक्तिगतरुपमा प्राप्त गरेको भत्ता किन आफैमा नराखेको भन्ने जिज्ञाशामा, जनताकैई मतवाट आफु सार्वजनिक कार्यक्रममा जाने अवसर प्राप्त गरेको कारण आफुले प्राप्त गरेको भत्ता जनताकैई अधिकार भएको अध्यक्ष खड्काको कथन रहेको छ । प्रहरी सहायक निरिक्षकमा रिटायर्ड बनेका ३४ बर्षिय खडकाले आफनो व्यक्तिगत तथा पारिवारीक खर्च मासिक प्राप्त हुने पेन्सन रकमवाट चलाएको उनले थप जानकारी गराएका छन ।
यसरी आफनो क्षेत्रमा स्थानियको आखाँका नानी वन्न सफल अध्यक्ष नारायण खड्काले नगरपालिकावाट प्राप्त गरेको वजेट सही तरिकाले सदुपयोग गरेको बुझिएको छ । करिव १२ किलोमिटर सडकमा ढुङ्गा गिटटी विसाउनुको अलवा आठवटा नयाँ ट्रयाक खोलीसकेका उनको टिमले चारवटा कुवाँ पधेरा मर्मत सम्भार गरिसकेका छन । जम्मा ५२ जना एकल महिलाहरुलाई च्याउँखेती तालिमद्धारा आत्मनिर्भर बनाउने कार्य सँगै एकल महिला तथा विपन्न परिवारका १२५ जना छात्रछात्राहरुलाई स्टेशनरी र पोशाख वितरण गरि राजनिती गर्ने सबै मानिसहरु भ्रष्ट हुदैनन् भन्ने एक दह्रीलो उदाहरण उनले पेश गरेका छन । अध्यक्ष खड्काको आग्रहमा सहभागिहरुलाई सुशासन प्रर्वद्धनका लागि सूचनाको हक सम्वन्धमा जानकारी गराउन सूचना तथा सुशासन अभियान सिआईजीले स्वही समय आफनो भुमिका निर्वाह गर्दै गर्दा कार्यक्रमको प्रमुख आथित्यता सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीको रहेको थियो ।

महिलाका लागी बनेका बिद्यमान कानुनि प्राबधानहरुको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे ,अर्घाखाँची २५ बैशाख

महिलाका लागी बनेका बिद्यमान कानुनि प्राबधानहरुको बारेमा अन्तरक्रिया कार्यक्रम सोमबार सन्धिखर्क नगरपालीका वडानम्बर ३ को आयोजनामा सम्पन्न भएको छ । कार्यक्रम वडाअध्यक्ष लिलाराम गौतमको अध्यक्षता,मानब अधिकारकालागी एकल महिला सन्जालकी अध्यक्ष खगीश्वरा बस्यालको प्रमुख आतिथ्यिता,सृजना बिकको स्वागत मनतब्य र वडासचिब शान्ता भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा अधिबक्ता जगनाथ भुसालले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा करीब १२० जना एकल महिलाहरुको सहभागीता रहेको थियो ।