नेपाल शिक्षक संघ अर्घाखाँची द्वारा स्थापना दिवसको अवसरमा फलफुल वितरण तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

Image may contain: 16 people, including Sharada Rayamajhi and Chetnarayan Belbase, people smiling, people standing, wedding and outdoor

श्याम घिमिरे, बैशाख ३०अर्घाखाँची

नेपाल शिक्षक संघ  जिल्ला कार्य समिति अर्घाखाँचीले आफ्नो २९ औ स्थापना दिवसको अवसर पारी जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा रहेका विरामीहरुलाई आइतबार फलफुल बितरण तथा सदरमुकाम स्थित विद्यालयका उत्कृष्ट विद्यार्थिहरुलाई सम्मानका साथै शैक्षिक सामाग्री प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Image may contain: 8 people, including Chetnarayan Belbase, outdoor

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले नेपाल शिक्षक संघ शैक्षिक आन्दोलनको अग्रहरणिय सस्था रहकाले शैक्षिक क्षेत्रको विकासका लागि पनि नेतृत्व दायी भुमिका खल्दै सामुदायिक विद्यालयको शैक्षि गुणस्तर वृद्धिमा लागन आग्रह समेत गनुभएको थियो ।

Image may contain: 15 people, people sitting

कार्यक्रमका विशिष्ट अतिथी साहयक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल, शिक्षा विकास समितिका उपसचिव लिल व. राउत, नेपाली कांग्रेसकी जिल्ला उपसभापती शान्ता भण्डारी, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख जगन्नाथ तिवारी, नेपाल ट्रेड युनियनका सचिव गणेशराज पौडेल, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष सुरज रायमाझी लगायतले शुभकामना मन्तव्य राख्दै नेपाल शिक्षक संघले आफ्नो स्थापना दिवसको अवसरमा गरेको कार्यक्रम रचनात्मक भएकोमा प्रसंसा गर्दै आगामी दिनमा समय अनुसारको शैक्षिक क्षेत्रको विकासमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

Image may contain: 17 people, people standing and outdoor

कार्यक्रममा जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरणका साथै जनज्योती मा.वि. की नविना जि.सी., भगवती मा.वि. संखेटारीकी अस्मीता भुसाल, युवा वर्षा जनता रविचित्र मा.वि.का सन्देस वाग्ले, गौरि संकर इङ्गीलिस बोडिङ स्कुलका दिनेस खनाल, अर्घाखाँची आवसिय वेलवाटिकाका बरुण रायमाझी, ग्रीन इङ्गीलिस बोडिङ स्कुलका धिरज पन्थी र मदरल्यान्ड इङ्गीलिस बोडिङ स्कुलका बिसाल पन्थी लाई उत्कृष्ट विद्यार्थिहरुलाई सम्मान कार्यक्रम अन्र्तगत शैक्षिक सामाग्री प्रदान गरिएको नेपाल शिक्षक संघकी प्रदेश प्रतिनिधि सारदा रायमाझी  बताउनुभयो  ।

Image may contain: 7 people, including Radha Ghimire Acharya and Bishnu Dhungana, people smiling, people standing

कार्यक्रम नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अध्यक्ष यादव प्रसाद घिमिरेको अध्यक्षता, नेपाल शिक्षक संघ सन्धिखर्क नगर समितिका अध्यक्ष डिल्लि राज थापाको स्वागत मन्तव्य र नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

Image may contain: 11 people, including शान्ता भण्डारी and DrJagannath Tiwari, people standing, wedding and outdoor

नेकपाको बन्दले विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित

श्याम घिमिरे,अर्घाखाँची ३० बैशाख
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले आइतवार विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ ।

अर्घाखाँचीमा यातायात, कलकारखाना, उद्योग धन्दा,शैक्षिक संस्था र बजार ठप्प रहेको छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले शनिबार प्रेस बक्तव्य जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सन्धि र सम्झौंता राष्ट्रियताको बर्खिलाप भएको जिकिर सहित नेपाल वन्द गरिएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको अरुण–३ को शिलन्यासलाई राष्ट्रघातको संज्ञा दिइएको छ । त्यस्तै मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको मोदीको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनःनयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप रहेको समेत नेकपाले बताएको छ ।

 

मोदीको भ्रमणमा नेपाल र भारतबीच यस्ता भए सहमति ,थप हवाई रुटको माग

बैशाख ३०, २०७५ काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संझौता भएको छ। दुई सार्वभौम सम्पन्न राष्ट्रको एकअर्काको आन्तरिक मामिला र वैदेशिक सम्बन्धको मामिलामा हस्तक्षेप नगर्ने संझौता भएको हो।

आइतबार मोदीको भ्रमणबारे संघीय संसदको प्रतिनिधिसभामा जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको भौगोलिक अखण्डतालाई सम्मान गर्ने सहमति भएको जानकारी दिए। उनले भने, ‘एकअर्काको भौगोलिक अखण्डताको सम्मान गर्ने, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, राष्ट्रियहितमा हस्तक्षेप नगर्ने लगायत कुरा हामीले कुराकानीका क्रममा राखेका छौँ। मोदीजी र मेरो संयुक्त १६ बुँदे वक्तव्यमा पनि उल्लेख छ।’ प्रधानमन्त्री ओलीले विगतमा गरिएका कतिपय सहमति र संझौतालाई कार्यन्वयन गर्नेतर्फ पनि जोड दिएको बताए। उनले भने, ‘विगतमा भएका केही सहमति र संझौताहरू कार्यान्वयनमा ढिलाई भएको छ। ती संझौता उपयुक्त समयमा सकिनुपर्छ भन्नेमा हामीले जोड दियौँ। ’

यस्तै, दुई देशका कृषिमन्त्री तहमा बैठक बसेर सहकार्य र सहयोग अघि बढाइने बताए। उनले भने, ‘नेपाल र भारतको कृषिमन्त्रीको तहमा अब छिट्टै छलफल हुन्छ। अनि नेपाल र भारतको आवस्यकता अनुसार कृषिमा नयाँ संझौता हुन्छ। त्यसका निम्ति हाम्रो आवस्यकता तय हुनुप¥यो। यसका निम्ति मन्त्री स्तरको बैठकबाट तुरुन्त निर्णय हुने सहमति हामीले गरेका छौँ।’ काठमाडौं–रक्सौल रेलमार्ग निर्माणका लागि प्राविधिकहरूको संयुक्त कार्यदल बनाएर सर्भे गर्ने मोदीको भ्रमणका क्रममा सहमति भएको ओलीको भनाइ छ। त्यसका लागि छिट्टै नै समझदारी हस्ताक्षर गर्ने गरी सहमति भएको समेत ओलीले जानकारी दिए। त्यसका निम्ति भारतको तर्फबाट एउटा डिभिजनलाई जिम्मा दिएको र नेपालको तर्फबाट कार्यदल निर्माण गरेर पठाउने संसदलाई जानकारी दिए। ती कार्यदलले छिट्टै काम थाल्ने ओलीले बताए।

 ओलीका अनुसार उक्त रेलमार्ग भारतकै खर्चमा सर्भे र निर्माण हुने छ। यस्तै, नेपाल-भारतबीच जलमार्ग सञ्चालन गर्ने विषयमा पनि सहमति भएको थियो। यो विषय ओलीको भ्रमणका क्रममा पनि उठेको थियो। उक्त कामका लागि प्रविधिकको टोली बनाएर तुरुन्त सर्भेक्षण गर्ने सहमति मोदीको भ्रमणका क्रममा भएको छ।  नेपाल-भारत संयुक्त आयोगको तत्काल विदेशमन्त्री स्तरीय बैठक बोलाउनेरने र सम्बन्धका बारेमा पुनारवलोकन गर्ने विषयमा पनि मोदी र ओलीबीच छलफल भएको थियो।

नेपालको आर्थिक विकासमा ध्यान दिने सहमति भएको ओलीले जानकारी दिए।  नेपाल र भारतबीचको व्यापारमा धेरै नै असन्तुलन छ। नेपालको व्यापार सधैँ नै घाटामा छ। व्यापार घाटालाई सन्तुलन गर्न पनि उपाय अपनाउने सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। उनले भने,‘नेपाल र भारतको व्यापारमा धेरै असन्तुलन छ। असन्तुलन भन्न पनि नसुहाउने असाधारण असन्तुलन छ। त्यसलाई के के बाटोबाट असन्तुलन घटाउन सकिन्छ। त्यसका निम्ति आगामी तीन महिनाभित्र व्यापार सन्धिको समग्र पुनारवलोकन गर्ने र भारतीय बजारमा नेपाली उत्पादनको पहुच पढाउने विषयमा सहमति भएको छ।’

नेपालबाट चिया, अदुवा, जुट, अलौँचीलगायत कृषि उत्पादनहरू भारततर्फ जाने गरेका छन्। तर, यी उत्पादित कृषि जन्यवस्तुको निकासीमा समस्या देखिँदै गएको छ। यसको समस्या समाधानाका निम्ति पनि केही समति भएको प्रधानमन्त्रीले संसदमा जानकारी गराए।  नेपालमा अहिले अन्तर्राष्ट्रिय हवाई उडानमा एउटा मात्र एयर इन्ट्रि रुट छ। वीरगंज र सिमराबाटको एयर इन्ट्रि रुढबाट मात्र उडानहरू काठमाडौं आउन सक्छन्। त्यसका लागि पनि ओलीले मोदी समक्ष कुरा उठाएका छन्।

प्रधानमन्त्री ओलीले एयर रुट थप बढाउन माग गरेको बताए। उनले भने, ‘हामीले अब थपएयर रुट चाहिएको बताएका छौं। नेपालगंज, भैरहवा, विराटनगरबाट इन्ट्रि रुटको माग गर्‍यौँ। थप चार रुढ दिन प्राविधिक पक्षको अध्धयन गर्न निर्देशन दिएका छौँ। यो २२ सेक्टेम्बरसम्ममा गर्छौँ।’ बर्खायाम लागेपछि प्रत्येक वर्ष नेपालको तराई क्षेत्र डुबानमा पर्ने गरेको छ। सीमानमा बाँध बाँधिने, बाटो बनाउने ब्यारेज पुल बनाइने गरेका कारण नेपालको जमिन डुबानमा पर्ने गरेको छ।  यो छिमेक सम्बन्ध नसुहाने र अन्यायपूर्ण भएकाले यस विषयमा पनि कुरा राखेको ओलीले संसदमा जानकारी दिए।

अघिल्लो भ्रमणमा पनि यी कुरा उठाएको र अहिले पनि आफूले उठाएको ओलीले बताए। भारतले आफ्नो जमिन बचाउन नेपालको जमिन डुबानमा पार्नु उचित नभएको बताए। यो समस्या समाधान गर्न भारत तत्पर भएको बताए। यो बर्खाअघि नै अनुगमन टोली बनाएर केही समस्याको समाधान गर्ने सहमति भएको जानकारी गराए। दुईपक्षय उर्जा व्यापारका विषयमा पनि छलफल भएको बताए।

यसै क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको पनि शिलन्यास भएको ओलीको भनाइ थियो। ओलीले उक्त आयोजना पाँच वर्षभित्र सम्पन्न हुने जानकारी दिए।  महाकाली नदीमा तीनवटा पुल बनाउने विषयमा आफूहरूदले कुरा राखेको ओलीले जानकारी गराए।
source:thahakhabar.com

रोल्पाले खेलकुदको माध्यमबाट एकता, सद्भाव र शान्ति सन्देश दिनुपर्छ : सभामुख महरा

बैशाख २९, २०७५ रोल्पा :

सभामुख कृष्णबहादुर महराले रोल्पाबाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताए। शनिबार रोल्पाको लिबाङमा प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन्। सभामुख महराले विगतमा राजनीतिक परिवर्तनको नेतृत्व गरेको रोल्पामा अब एकता, सद्भाव र शान्तिको नेतृत्व गर्नुपर्ने बताए।

‘रोल्पाले विगतमा ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो।’ सभामुख महराले भने, ‘अब खेलकुदका माध्यमबाट एकता, सद्भाव र शान्तिको सन्देश यहीँ रोल्पाबाटै दिनुपर्छ।’ सभामुख कप खेलकुद प्रतियोगिता पहिलो पटक आयोजना भएको भन्दै सभामुख महराले रोल्पामा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता पनि पहिलो पटक भएकोमा खुसी व्यक्त गरे।

सभामुख महराले खेलकुद विशुद्ध मनोरञ्जन र शारीरिक कसरत मात्रै नभएकाले नेपालीहरूलाई जोड्नुका साथै देशको पहिचान विश्वमै फैलाउने क्षेत्र रहेको बताए। ‘खेलकुद विशुद्ध मनोरञ्जन र कसरत मात्रै होइन, उनले भने, ‘खेलकुदले नेपाली–नेपालीबीच एकताको पुलको काम गर्नुका साथै विश्व समुदायमा देशको पहिचान बनाउँछ।’ नेपाललाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अपरिहार्य भएकोमा जोड दिदै सभामुख महराले गाउँ–गाउँ, नगर–शहर र जिल्ला–जिल्लामा खेलकुद मैदानहरू बनाउन राज्यस्तरबाटै पहल गर्नुपर्ने बताए। ‘विद्यार्थीकालमा आफूहरूको खेलकुद मैदान मकैबारी हुन्थ्याे।’

सभामुख महराले भने, ‘अहिले जिल्लाका प्राय जसो विद्यालयहरूमा खेल मैदान बन्न थालेका छन्।  रंगशाला निर्माण गर्न सकिने ठाउँहरूपनि प्रशस्त छन्।’  देशैभरिबाट रोल्पा पुगेका खेलाडीहरूलाई सम्बोधन गर्दै महराले भने, ‘तपाइँहरू सवै प्रदेशबाट रोल्पा आउनुभएको छ। विगतमा राजनीतिक परिवर्तनमा निकै योगदान गरेको रोल्पाले आज खेलकुदका माध्यमबाट एकता र शान्तिको सन्देश दिदैँछ। यहीँ सन्देश देशभर फैलाउनुहोस्।’

खेलकुद क्षेत्रले महिलालाई स्थापित गराएको छः  उपसभामुख कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले खेलकुद क्षेत्रले महिलालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा स्थापित बनाएको बताइन्। ‘खेलकुद क्षेत्रले नेपाली महिलालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराएको छ’ उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘महिला खेलाडीको प्रेरणाले नेपाली महिलाको सशक्तीकरण र अधिकारका पक्षमा लाग्न थप प्रेरित गरेको छ।’

आफ्नो पहिचानलाई स्थापित गर्दै रोल्पाले अहिले खेलकुदका क्षेत्रमा नयाँ काम गरिरहेको भन्दै उपसभामुख तुम्बाहाम्फेले रोल्पा सधैँ क्रियाशील र गतिशील भइरहनेमा विश्वास व्यक्त गरिन्। कार्यक्रममा प्रदेश सांसद दीपेन्द्र पुन ‘सिजल’, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको पनि सहभागिता रहेको थियो।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सभामुख कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ अलग-अलग गरी ७ वटै प्रदेशका १४ टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीतर्फ महिला र पुरुषका अलग-अलग गरी ६ टोली सहभागी भएका छन्।
source:thahakhabar.com

छिट्टै चीन जान्छुः प्रधानमन्त्री ओली

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे अाइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्री अोलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन् । तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन् ।