हिम जिसी लेकाली,अर्घाखाँची १६ जेष्ठ
अबैध मदिरा नियन्त्रण समिति को बैठक कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख सालिग्राम शर्मा पौडेलको अध्यक्षतामा सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकमा समितिले गरेका कार्यहरूको बारे प्रकाश पारिएको छ । बैशाख मसान्तसम्म समितिले ६०७ जना नबिकरण , ६६ जना नयाँ दर्ता र ४० लाख लाईसेन्स रिन्यु बाट प्राप्त भएको कोलेनिका प्रमुखले बताउनु भयो ।
समितिले पाणिनि गाउँ पालिकाको विभिन्न स्थानमा अनुगमन गरेको छ । बैठकले होटल ब्यबसायिक संघ र उद्योग बाणिज्य संघ लाई अन्तशुल्क ईजाजत पत्र नविकरण र नयाँ बनाउनकालागि सम्बन्धितलाई जागरुक बनाउन अनुरोध गरेको छ ।बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी शंकर प्र भसाल ,उबासंघका महा सचिब नेत्र भुसाल , होटल ब्यबसाई संघका नोलराज भण्डारी ,प्रनानि राज किशोर शाह ,पत्रकार हिम लेकालिको उपस्थिति रहेको थियो ।