श्याम घिमिरे,अर्घाखाँची २८ वैशाख
नेपाली कांग्रेस पाँच नम्वर प्रदेश संसदिय दलकी सचेतक निर्मला क्षेत्रीले राष्ट्रको समृद्धीको लागी प्रतिपक्षमा बसेरपनी राम्रो काम गर्नु पर्ने बताउनु भएको छ । उहाँले सत्ता पक्ष दलहरुले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई कमजोर बनाउन नसक्ने नसक्ने भन्दै प्रतिपक्ष दललाई पेल्न खोजे कांग्रेस सहेर नबस्ने चेतावनी दिनु भएको छ ।
रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले सुक्रबार सन्धिखर्कमा गरेको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भयो । सबैखाले राजनीतिक परिवर्तनहरुमा नेपाली कांग्रेसको महत्वपुर्ण भुमिका रहेकोले त्यो भूमिकालाई सत्ता पक्षले चाहेर पनि अवमुल्यन गर्न नसक्ने बताउनु भयो । उहाँले जिल्लाको समग्र विकासका लागि सबैको एकता हुनुपर्ने बताउनुदै मुलुकका परिवर्तनकारी आन्दोलनहरुलाई सफल तुल्याउन पत्रकारहरुले खेलेको भूमिकाको जति प्रशंसा गरे पनि नपुग्ने बताउनु भयो ।
कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर भुसालले आफ्नो नैतिकतालाई आत्मसाथ गर्दे अगाडी बढ्नु पर्ने भन्दै स्थानीय तहका कामलाई पारदर्शी बनाउन जिससले निरन्तर अनुगमन गर्ने बताउनु भयो । उहाँले निर्वाचनमा भोट नदिएकै कारण, सिफारिस नदिने, अन्य काममा पनि दुःख दिने गरेका गुनासाहरु आउने गरेको भन्दै त्यस्ता जनप्रतिनिधिहरुलाई कारवाहीको दायरामा ल्याउने बताउनु भयो ।
त्यस्तै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले नगरपालिकाले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने ढंगले कामहरु गरिरहेको बताउनु भयो । उहाँले गलत नगरे कसै संग पनि डराउन नपर्ने भन्दै पत्रकारलाई सचेत भएर कलम चलाउन आग्रह गर्नु भयो ।
मालारानी गाँउपालीकाका अध्यक्ष बालकृष्ण आचार्यले सहकारीको माध्यमबाट जिल्लालाई बिकास निर्माणको गतीमा अगाडी बढाउनु पर्ने भन्दै सबैलाई एकताबद्ध भएर काममा अगाडी बढ्न आग्रह समेत गर्नु भएको थियो ।
पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकालीले जिल्लाका पत्रकारहरुमा आपसी एकता रहेको भन्दै समृद्धिको अभियानलाई सफल तुल्यान पत्रकारहरुका कमल निरन्तर चलिरहने बताउनु भयो ।
पत्रकार महासंघका पाँच नम्वर प्रदेश सदस्य अशोक खनालले पत्रकारहरुले एनजिओ सञ्चालन गरेर अपारदर्शी ढंगले कामहरु गरेको भन्दै त्यस्लाई निरुत्साहित गर्न पत्रकार महासंघले उचित कदम चाल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्लाबाट विभिन्न पदमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा पत्रकार महासंघ पाँच नम्वर प्रदेश सदस्यमा जिल्लाबाट निर्वाचित हुनुहुने शोभाखर पन्थी, प्रेमनारायण आचार्य,र अशोक खनाललाई क्लवले सम्मान गरेको थियो । यस्तै बानको प्रदेश सदस्यमा निर्वाचित श्याम घिमिरे, पर्यटन पत्रकार मञ्चका प्रदेश संयोजक जितेन्द्र खत्री, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्यमा निर्वाचित अनिल नेपालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, बिरेन्द्र केसीको स्वागत मन्तव्य र गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।