उपराष्ट्रपति चिल्ड्रेन खेलकुदको उपाधि गौरीशंकर वोर्डिङ्ग स्कुलको हातमा

उपराष्ट्रपति चिल्ड्रेन खेलकुदको उपाधि गौरीशंकर वोर्डिङ्ग स्कुलको हातमा
सन्धिखर्क, २८ वैशाख – उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिताको उपाधि गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कुलले जितेको छ । ५ स्वर्ण, एक रजत, १ कास्य गरि कुल ७ पदकका साथ गौरीशंकरले उपाधि उचालेको हो । यस्तै ४ स्वर्ण, ३ रजत गरि ७ अंकका साथ सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुल द्वितिय भएको छ भने १ स्वर्ण र २ कास्य गरि कुल ३ पदकका साथ मदरल्याण्ड वोर्डिङ्ग तृतिय भयो ।

कुल १० स्वर्ण, १० रजत र १० कास्य गरि ३० पदकमा खेल भएको थियो । छात्र÷छात्रामा १ सय, २ सय मिटर दौड, लङजम्प, त्रिपलजम्प र सटपुट खेल खेलाइएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरेले बताए । प्रतियोगितामा छात्रतर्फ ३ स्वर्ण प्राप्त गरि गौरीशंकरका सुमन खड्का उत्कृष्ट खेलाडी बने ।

यस्तै छात्रातर्फ २ स्वर्ण र १ रजत प्राप्त गर्दै सन्धिखर्क ग्रिनकी विपना रायमाझी उत्कृष्ट घोषित भइन । प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका १४ वर्ष उमेर समुहका विद्यार्थी सहभागि भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले जानकारी दिए । उनले जिल्ला भरका १९ विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिएको बताए ।

प्रतियोगितामा प्रथम,द्वतिय र तृतिय हुने विद्यालयलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले पुरस्कृत गरियो । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रदिप डिसिले विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गरे ।

पुरस्कार वितरण समारोहमा बोल्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख विकले खेल क्षेत्रको विकासले समग्र विकासमा ठूलो मद्दत पुग्ने बताए । उनले खेलकुदको विकासका लागि राज्यले प्रयाप्त वजेट विनियोजन गर्नु पर्नेमा जोड दिए । सन्धिखर्क नगरपालिकाले खेल क्षेत्रको विकासमा ध्यान पु¥याएको उनले बताए ।

गौरीशंकर वोर्डिङ्गका प्रिन्सिपल गणेश क्षेत्रीले विद्यार्थी र खेल शिक्षकको मेहनतले उपाधि हात पार्न सफल भएको बताए । उनले प्रथम उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिताको उपाधि जित्न सफल हुनुलाई उपलव्धीको रुपमा लिएको बताए ।

वोर्डिङ्गले यसअघि राष्ट्रपति रनिङ्गशिल्ड, सन्धिखर्क रनिङ्गशिल्ड लगायतले ठूला प्रतियोगिताका उपाधि समेत हात पार्न सफल भइरहेको छ । सभापन समारोह गौरीशंकर वोर्डिङ्गका शिक्षक शिब बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी द्धारा बैशाख ३० गते नेपालबन्दको घोषणा,अर्घाखाँचीमा पनि सहयोग गर्न अपिल

बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि ३० गते आईतबार नेपालबन्दको घोषणा गरेको छ । पार्टीका महासचिव बिप्लबले आज प्रेस बिज्ञप्ति निकालेर ३० गते नेपाल बन्द को घोषणा गरेका हुन । विज्ञप्तीमा सरकारले निरकुश पञ्चायती शैलीमा आफना कार्यकर्ता पक्राउ गरि बेपत्ता बनाउने, यातना दिनुको साथै संविधानले दिएको अघिकारलाई कुल्चि नागरिकलाई व्यक्तिगत स्वतन्त्रताको अधिकारबाट बन्चित गराई नेपालमा भएको प्राकृतिक सम्पदामा आघात पुग्ने गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण तेस्रोको शिलन्यास मोदीको जनकपुर भ्रमण , कथिन नागरिक अभिन्नदन, संवेदनशील र रणनैतिक महत्वको मुस्तान भ्रमण सुरक्षाको नाममा भारतीस सेना अत्याधुनिक सैन्य हेलिकप्टर जहाजको अबतरण गरी नेपाली सुरक्षा शक्तिलाई मनौबैज्ञानिक रुपमा आघात पुग्नेगरि गरीएकोे सम्झौता प्रति नेपाल कम्युनिष्ट पाटीले घोर भर्सना र निन्दाा गर्दछ बिज्ञप्तीमा भनिएको छ ।

यसैबिच राष्ट्रियता र जनजिविको सवाललाई लिएर गरिएको बन्दलाई सहयोग पु¥याउनका लागि सम्पूर्ण उद्योगधन्दा कलकारखाना शिक्षणसंस्था यातायात लगायत सम्पुर्ण सरोकारबालाहरु संग पार्टीका अर्घाखाँची जिल्ला सेक्रेटरी खेम घर्तिले आग्रह गर्नु भएको छ ।

राष्ट्रिय जनमोर्चा सन्धिखर्कको प्रथम नगर सम्मेलन सम्पन्न, अध्यक्षमा ढकाल चयन

श्याम घिमिरे अर्घाखाँची २९ बैशाख

राष्ट्रिय जनमोर्चा सन्धिखर्कको प्रथम नगर सम्मेलन सनिबार सम्पन्न भएको छ । सम्मेलनले पशुपति ढकालको अध्यक्षतामा १५ पुर्ण ४ वैकल्पिक र ८ सल्लाहकार गरि २७ सदस्यीय नगर समिति गठन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश कमल प्रसाद घिमिरे, कमलप्रसाद भुसाल, प्रेम नेपाली र गंगाराम खनाल रहनुभएको छ । सदस्यहरूमा सावित्रा बञ्जाडे, तुल्सी खनाल, पदम केसी, साजन वली, लिला भुसाल, कृष्ण खनाल राजेन्द्र नेपाली, दिलदार हुसेन, गोपाल पाण्डे र कमल खड्का रहनुभएको छ ।

त्यस्तै वैकल्पिक सदस्यहरूमा पुनबहादुर नेपाली, मिना बिसी, वसन्त खड्का र थम्मनबहादुर केसी रहनुभएको छ । समितिको सल्लाहकारमा शिद्दी प्रसाद भट्टराई, गोविन्द विसी कल्पना पोखेरल, भिमलाल आचार्य, मेहरसींह केसी जिवनारायण खनाल, रूद्र पराजुली र वास्मता भट्टराई रहनुभएको छ ।

Image may contain: 5 people, including Jhabilal Thapa and Thamman Kc, people sitting, people on stage, living room and indoor

राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन शत्र सिद्धि भट्टराईको अध्यक्षता, भिमलाल आचार्यको स्वागत मनतब्य र तुल्सी खनालको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राजमोका ५ नम्बर प्रदेश सदस्य शेरबहादुर विसी, नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन केसी, पुर्व केन्द्रीय सदस्य सागर केसी अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना पोखरेल, अखिल (छैठौं) केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर लगायतका वक्ताहरूले सम्मेलन सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।


यस्तै भुमिकास्थान नगरपालिकामा जेठ ५ गते हुने राजमोको नगर सम्मेलनको पुर्वसन्ध्यामा वार्ड नं.९ मा राजमो जिल्ला सचिव गौपाल पौडेलको प्रमुख आतिथ्यतामा वार्ड भेला सम्पन्न भएको छ । भेलाले नारायण प्रसाद घिमिरेको अध्यक्षतामा ९ पुर्ण र २ वैकल्पिक गरि ११ सदस्यीय वार्ड समिति गठन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस खुमबहादुर खत्री, भरत प्रसाद घिमिरे, सुन्दरा रायमाझी रहनुभएको छ । सदस्यहरूमा विष्णु रायमाझी, सान्ता घिमिरे, लेखबहादुर खड्का र लक्ष्मी विक रहनुभएकोछ त्यस्तै वैकल्पिक सदस्यमा विमला रायमाझी र मनिषा रायमाझी रहनुभएको छ ।

Image may contain: 7 people, including Jhabilal Thapa and Thamman Kc, people sitting and indoor

यसैबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल सरकारका प्रधान मन्त्री केपीशर्मा वलीले गरेका राष्ट्घाती संझौताको विरोधमा राष्ट्यि जनमोर्चा अर्घाखाँचीले आज विरोध सभा सम्पन्न गरेको छ । सभामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसीले देशको राष्ट्यिता खतरामा रहेको उल्लेख गर्दै राष्ट्यिताको पक्षमा आवाज उठाउन आग्रह गर्नु भएको थियो । केसीले प्रधानमन्त्री वलीको खोक्रो राष्ट्वाद आज र्छलंग भएको बताउँदै भारतिय प्रधान मन्त्री नरेन्द्र मोदी र केपि वलीले राष्ट्घाती संझौतामा हस्तारक्षर गरेकोले उनलाई ईतिहासले क्षमा नदिने बताउनुभयो । कार्यक्रममा जिल्ला सचिव गोपाल पौडेल,नगर अध्यक्ष पशुपति ढकाल लगायतले मनतब्य राख्नु भएको थियो ।

Image may contain: 6 people, including Kamala Khanal, people sitting, table and indoor

छत्रदेवमा तरुण दलको भेला, तरुणको एकताबाट पार्टी बलियो हुने – सचिव भुसाल

घनश्याम पौडेल सन्धिखर्क, २९ वैशाख

नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु भुसालले तरुणहरुको एकताबाट मात्र कांग्रेस बलियो बन्ने बताएका छन् । शनिबार छत्रदेव गाउँपालिकामा भएको तरुणहरुको भेलालाई सम्बोधन गर्दै भुसालले कांग्रेसका सवै भातृ संगठन जारुक भई विकास निमार्णका कार्यमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधी तथा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, जिल्ला सदस्य पिताम्बर खनाल, गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, पुर्व जिल्ला सदस्य बाबुराम पौडेल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, छत्रदेव ६ का वडा अध्यक्ष कमल पौडेल छत्रदेव तरुण दलका इन्चार्ज ठाकुर पन्थी, छत्रदेव नेविंसघका अध्यक्ष सञ्जय पाण्डे लगाएतले मन्तव्य राखे ।

कार्यक्रम छत्रदेव गाउँपालिका तरुण दलका अध्यक्ष नरेन्द्र पौडेको अध्यक्षता, सदस्य ऋषि बन्जाडेको स्वागत र सचिव विजय पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

मोदीकाे अभिनन्दनमा नेपाली पत्रकारलाई प्रवेश निषेध !

मोदीकाे अभिनन्दनमा नेपाली पत्रकारलाई प्रवेश निषेध !काठमाडौं २९ बैशाख

राष्ट्रियसभा गृहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दनमा पुगेका नेपाली पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । भारतीय पत्रकार र नेपालको सरकारी मिडियाका पत्रकारलाई भने भित्र छिराइएको छ ।

पत्रकारहरु केहीबेर पर्खदा समेत भित्र छिर्न नदिएपछि क्यामेरा डाउन गरेर फर्किएका छन् । सभागृहमा हुने अभिनन्दन कार्यक्रमका लागि नेपाली मिडियाका पत्रकारलाई छुट्टै पासको व्यवस्था गरिएको थियो । तर पास पाए पनि भित्र छिर्न रोक लगाइएको पत्रकारहरुले जनाएका छन् ।

बहिस्कार स्वरुप केही बेर क्यामेरा डाउन गरेपछि सबै पत्रकार बाहिरिएका छन् । पत्रकारहरुले क्यामेरा डाउन गर्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सभागृह आइपुगेका छन् । source:nayapatrika