सात जुवाडे पक्राउ

हेटौँडा :  हेटौँडा बजारमा तास खेल्दै गरेका सात जुवाडेलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–२ मानसचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

ओखलढुङ्गे नास्ता घरमा दैनिक तास खेल्ने गरेको सूचनाको आधारमा हेटौँडा–२ का समाज घिमिरे, भरत थापा, भीमफेदी–१ निरज राना मगर, बारा जितपुरसिमरा–२ का टिका शिवाकोटी, मकवानपुर गढी–४ का छविलाल पुडासैनी, बकैया–२ का नारायण पराजुली र हेटौंडा–४ का सरोज पाण्डेलाई पक्राउ गरेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए।

घटनास्थलबाट एकचालीस हजार सात सय एक रुपैयाँ बरामद भएको छ। उनीहरुलाई जुवा ऐन अनुसार कारवाही अघि बढाउने श्रेष्ठको भनाइ छ।
source:thahakhabar.com

रुपन्देहीको तिलोत्तमामा गोली चल्यो, एक युवा घाइते

जेठ २, २०७५ बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा गोलि प्रहार भएको छ। अज्ञात समूहले गरेको गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।  घाइतेलाइ उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको इप्रका मंगलापुरले जनाएको छ।   गोलीबाट घाइते हुने ४१ वर्षीय रामकेश धवल नामका युवा रहेको र उनी सामान्य मजदुरी गर्दै अाएका थिए।
source: http:thahakhabar.com

फिल्म निर्माता वाग्लेसहित नक्कली नोट बनाउने ६ जना यसरी परे पक्राउ

काठमाडौं, जेठ २ – काठमाडौंबाट ठूलो परिणामको नक्कली नाेटसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामा प्रिन्टिङ प्रेस चलाउनेदेखि फिल्म निर्मातासम्म रहेका छन् । उनीहरुलाई दुई करोड साटी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, माधवराज वाग्लेले प्रकाश सुवेदी र विकेश नापित छन् ।

यसरी पक्राउ परे

जेठ १ गते सुर्खेत घर भएका महेन्द्र बोगटी नयाँ बसपार्क नजिकै रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाजा खान गएका थिए ।

उनले त्यहाँ खाजा खाएको बिल तिर्न नक्की नोट दिएको भन्दै खाजाघरका सञ्चालकले महानगरीय प्रहरी प्रभाग गोंगबुमा खबर गरे । तत्काल गोंगबु प्रभागबाट खटिएको प्रहरी टोलीले बोगटीलाई सोधपुछ तथा खानतलासी गर्यो । उनको साथबाट प्रहरीले एक लाख २० हजार बराबरको नक्कली नोट फेला पार्यो ।

बोगटीले दिएको सूचनाका आधारमा सिन्धुलीका सुजित तामाङ र साजन तामाङको ललितपुरको कोठामा खानतलासी गर्दा सात लाख ४३ हजार बराबरको नक्कली नोट फेला पर्यो ।

त्यसपछि चारढुङ्गेमा रहेको तेजेनजङ थापाको घरमा रहेको प्रिन्सेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठमा खानतलासी गर्दा १ हजार दरका नेपाली नक्कली नोट दुई करोड बाउन्न लाख बरामद भयो । लूट, लूट २ तथा रेशम फिलिलीका निर्मातासमेत रहेका वाग्लेले अाफूले  फिल्मकाे छायाँकंनका लागि नक्कली नाेट छापेकाे बताएका छन् । केही नाेटमा  ‘फिल्म प्रयाेजनका लागि’ भनेर समेत लेखिएकाे छ .

बागबजारमा नवज्योति प्रिन्टिङ प्रेस चलाएर बस्ने धादिङका प्रकाश सुवेदीले भक्तपुरका विकेश नापितलाई नक्कली नोट छाप्न दिएको उनीहरुले प्रहरीलाई दिएको बयानमा खुलेको महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी विश्वराज पोख्रेलले जानकारी दिनुभयो ।

बरामद भएका सबै नक्कली नोट नापितकै कारखानाबाट छापिने गरेको खुल्न गएको छ । नापितको कारखानाबाट नक्कली नोट छाप्न प्रयोग गरिएका ४ थान प्लेटसमेत बरामद गरिएको छ ।

यसरी जान्छ बजारमा नक्कली नोट

नक्कली नोट एकमुष्ट रुपमा बजारमा पठाउँदा पक्राउ पर्ने डरले नक्कली नोट बनाउने गिरोहले अलिअलि गरी बजारमा नोट पठाउँछ । उनीहरुले होटेलमा खाजाको बिल तिर्न नक्कली नोटको प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

त्यस्तै यौनकर्मीले पनि नक्कली नोट प्रयोग गर्दछन् । सक्कली नोटको बण्डलमा मिसाएर नक्कली नोट बजारमा पुग्ने गर्दछ । त्यस्तै लागुऔषध कारोबारीमाफर्त पनि नक्कली नोट बजारमा पुग्ने गरेको प्रहरीले जनाएको छ । source:ujyaaloonline

सुरक्षित प्रसुति सेवाकाे लागि २ दिने तालिम दुर्गाफाटमा सुरू

सुरक्षित प्रसुति सेवाकाे लागि २ दिने तालिम दुर्गाफाटमा सुरूघनश्याम पाैडेल,पाणिनि, २ जेठ

पाणिनि गाउँपालिकाकाे केन्द्र दुर्गाफाटमा दुईदिने सुरक्षित प्रसुति अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।गाउँपालिकाका स्वास्थ संस्था प्रमुख तथा नर्सिंग कर्मचारी लाई लक्षित गरि सञ्चालन गरिएकेा तालिममा जिल्ला स्वास्थ्य कार्यालयका कालिका भन्डारी र बिजय बीक ले सहजीकरण गरेका छन् ।

स्थानीय स्वास्थ्य संस्थामा गुणस्तर वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको पालिका स्वस्थ्य संयोजक सेषकान्त घिमिरेले बताए । तालिममा १६ जनाकाे सहभागीता रहेकाे पोखराथोक स्वास्थ्य चौकी इन्चार्ज मनीष अधिकारीले जानकारी दिए ।

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तामा एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ । एकीकरणअघि दुवै पार्टीका केन्द्रीय कमिटी बैठक बसेर मान्युट गरेपछि मात्र निर्वाचन आयोगमा जानकारी दिनुपर्छ ।

एमाले केन्द्रीय कमिटी बैठकअघि पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा गर्ने सम्भावना छ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ । सकेसम्म बिहीबार नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । यद्यपि एमाले उपमहासचिव बिष्णु पौडेलले भने संयोजन समितिको बैठकपछिमात्र टुंगो लाग्ने बताए । उनले दुवै अध्यक्षको भनाइ उधृत गर्दै भने-एकता ‘अन प्र्रोग्रेस’मा छ ।

स्रोतका अनुसार केन्द्रीय कमिटीमा प्रतिशतको आधारमा हुने छैन । माओवादीले समानतामा आधारित एकता हुनुपर्ने भनेको छ । एमालेका २५/३० जना बढी केन्द्रीय सदस्य रहनेछन् । पोलिटव्यूरो र स्थायी कमिटी पनि सोही अनुसार बन्नेछ । पार्टीमा दुई अध्यक्ष बाहेक अरु पदाधिकारी हुने छैनन् ।