नगरपालिकालाई जग्गादान

वीरेन्द्र केसी ,अर्घाखाँची २७ बैशाख

शीतगंगा नगरपालिकाको कार्यालय स्थापना गर्न ठाडाका स्थानीयले १३ रोपनी जग्गा दान गरेका छन । वडा नम्बर ३ का जग्गाधनीले निशुल्क रुपमा पालिकाको विभिन्न कार्यालय बनाउन मिल्ने जग्गा दान दिएका हुन ।

जग्गा पाएपछि नगरपालिकाले आफना कार्यालय निर्माण गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेले बताए ।

नगरपालिकालाई ठाडा स्थित साउटोलाका हेमनाथ भुसाल, नेत्र भटराई, ज्वाला प्रसाद भटराई, टंक पौडेल, बाबुराम पौडेल, टामलाल भटराई, काठुर पौडेल, केशव पौडेल, दिपक पौडेल, देवी अर्याल, नरेन्द्र भण्डारी, सन्तोष भटराई र माधव पौडेलले नगरपालिकालाई जग्गा दान दिएका हुन । निशुल्क रुपमा जग्गा दिने दाताहरुलाई नगर प्रमुख सुर्यप्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मीले धन्यावाद दिनुभएको छ ।

जग्गा पाएपछि भवन निर्माण गरी छिटै आफनो कार्यालय निर्माण गर्ने भएको पत्रकार वीरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

भुमिकास्थान नगरपालीका एक मा योजना अनुगमन कार्य सम्पन्न

श्याम घिमिरे अर्घाखाँची २७ बैशाख

भुमिकास्थान नगरपालीका अर्घाखाँचीको आयोजनामा बिहिबार वडानम्बर १ ढाकाबाङ्गमा १७ वटा योजनाहरुको अनुगमन कार्य सम्पन्न भएको छ ।

अनुगमनमा भुनपा उपप्रमुख तथा योजना अनुगमन संयोजक खडानन्द बेल्बासे,प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद अर्याल,शाखा अधिकृत खगेन्द्रराज मरासीनि,कार्यक्रम अधिकृत हरीशचन्द्र भुसाल,लेखा अधिकृत नबिन श्रेष्ठ,ईन्जीनियर कुलानन्द बन्जाडे,वडानम्बर १ का अध्यक्ष भोजराज खनाल,२ का अध्यक्ष बुद्धिबहादुर थापा,कार्यपालीका सदस्य शान्ता खनाल लगाएतको सहभागीता रहेको थियो ।

अनुगमनमा हालसम्म राम्रोकाम भएपनी केही सुधारगर्नु पर्ने बिषयमा सुझाबहरु समेत दिईएको कम्प्युटर अप्रेटर दिलिप केसीले जानकारी दिनु भएको छ ।

सन्धिखर्कमा जिल्ला स्तरिय प्रथम उप–राष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिता सन्चालन

B612_20180510_104623_140.jpg

गोपाल भट्टराई, अर्घाखाँची २७ बैशाख

जिल्ला स्तरिय प्रथम उप–राष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिता आज देखी सन्धिखर्कमा सुरु भएको छ । जिल्लाभरका १६ वटा विद्यालय सहभागि भएको प्रतियोगिताको जिल्ला समन्वय समिति अर्घाखाँची प्रमुख पिताम्बर शर्माले उद्घाटन गर्नुभएको हो । दौड,लङजम्प,सटपुट र त्रिपलजम्प गरि चार खेल खेलाईने प्रतियोगिताको उद्घाटन शत्रमा बोल्ने बक्ताहरुले समाजमा शान्ति स्थापना गर्न,राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र स्वास्थ्यको लागि खेलकुदको महत्व उल्लेख्य रहेको भन्दै खेल क्षेत्रको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि भट्टराईको अध्यक्षता र शिव वेल्वासेको संचालनमा सम्पन्न भएको खेल उद्घाटन शत्रमा जिल्ला समन्वय समिति प्रमुख शर्मा,सहायक प्रजिअ शंकर भुसाल,प्रहरी नायव उपरिक्षक एक नारायण कोइराला,सन्धिखर्क १ का वडा अध्यक्ष युवराज बन्जाडे,पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष हिम लेकाली लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

उद्घाटन समारोहपछि आज भएका खेलमा सटपुट तर्फ सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ्ग स्कुलका सन्जय रोका र विपना जि.सी.प्रथम,गंगा अधारभुत विद्यालय सनिधखर्कका पदम मुखिया र आदर्श मा.वि.खांचिकोटका सुस्मिता के.सी.द्धितिय र भगवति मा.वि.शंखेटारीका मिलन वि.क.र अन्नपूर्ण मा.वि.धारापानीका ज्योति भुसाल तृतिय हुनुभएको छ । यस्तै आजै सम्पन्न लङजम्प तर्फ गौरी शंकर इङ्गिलिस बोर्डिङ्ग स्कुलका सुमन खड्का प्रथम,अर्घाखाँची आवासिय मा.वि.का निराजन पोख्रेल द्धितिय र मदरल्यान्ड इङ्गिलिस बोर्डिङ्ग स्कुलका पुरन क्षेत्री तृतिय भएका हुन । पानि परेपछि आजका बाकि खेल स्तगित भएको आयोजकले जनाएको छ भोलि बाकि रहेका खेल बिहानबाट सुरुहुने पनि आयोजकले बतायको छ ।

सुचना सम्बन्धी ज्ञानकाे जनतालाई सुशुचित गराउनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुको जोड

श्याम घिमिरे ,अर्घाखाँची २७ बैशाख

सही सुचनाहरु जनतालाई सुशुचित गराउनु हामी सबैको कर्तब्य भएकोले सुचनाको हकलाई सही रुपमा लागु गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । सुचना तथा सुशासन अभियान सिआईजी अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालीकाको सहकार्यमा बिहिबार सदरमुकाम सन्धिखकमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै जिल्ला अदालत अर्घाखाँचीका न्यायधिस रामचन्द्र पौडेलले सुचनाको हक नागरीकको हक भएकोले यसलाई सबैले उपयोग गर्नुपर्ने बताउनु भयो । साथै न्यायधिस पौडेलले सबैलाई पारर्दर्शी भएर काम गर्न पनी आग्रह समेत गर्नु भएको थियो । यस्तै कार्यक्रममा मनतब्य राख्दै एमालेका काबा अध्यक्ष जिबनारायण कोईरालाले पत्रकार लगाएत आम सन्चारकर्मीहरुलाई सत्यतथ्य सुचना तथा समचार सम्प्रेसण गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा सम्पुर्ण कार्यालयको तर्फबाट पशु बिकाश कार्यालयका प्रमुख डाक्टर लोकनाथ पौडेल,पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, पत्रकार सहयोगी बिसी लगायतले मनतब्य राख्दै सुचनाको हकको सबैले सदुपयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मुक्तीनाथ भुसालको अध्यक्षता र सचिब राधा नेपालीको सन्चालनमा सम्पन्न भएको थियो । सोही अबसरमा पत्रकार सहयोगी बिसीलाई सम्मान समेत गरीएको थियो ।