मन्थलीमा खोलाले बगाउँदा एक जना विद्यार्थी बेपत्ता

रामेछाप, वैशाख ३१ – रामेछापको सदरमुमकाम मन्थलीमा परीक्षा दिन गएका ७ जना विद्यार्थीलाई रणजोर खोलाले बगाएको छ ।

उनीहरुमध्ये ६ जनाको उद्धार गरिएको र एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा मन्थलीको महेन्द्रोदय माविकी सुष्मा फुँयाल रहेको पनि प्रहरीले जनाएको छ ।

मन्थलीको रुद्राक्षेश्वर मावि भटौली केन्द्रमा ११ कक्षाको परीक्षा दिन जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो ।

बाढीका कारण मन्थली बजार डुबानमा परेको छ ।

आईपीएल : मुम्बई ७ विकेटले पराजित

वैशाख ३१ – आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको छ ।

आइतबार रातिको खेलमा १ सय ६९ रनको लक्ष्य राजस्थानले १८ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाउँदै २ अंक थप गरेको हो । राजस्थानलाई जिताउन जोश बटनरले नटआउट ९४ रन बनाए भने अजिन्क्या रहानेले ३७ रनको योगदान गरे ।

बटलरले मात्र ५३ बलमा ९ चौका र ५ छक्काको मद्दतमा नटआउट ९४ रन बनाए । पहिले ब्याटिङ गरेको मुम्बइले एभिन लेविसको ६० र हार्दिक पाण्ड्याको ३६ रनको सहयोगमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । आइतबारको पहिलो खेलमा चेन्नईले हैदराबादलाई ७ विकेटले हराएको थियो ।

देशभर ४८ गाउँपालिका अझै सडकविहीन

देशभर ४८ गाउँपालिका अझै सडकविहीन
काठमाडौं बैशाख ३१: संघीयता कार्यान्वयनसँगै गाउँमा सिंहदरबारको अधिकार पुगे पनि अझै ३७ जिल्लाका ४८ गाउँपालिकामा सडक पुगेको छैन । साविकका दुई सय ५९ गाविसमा सडक पुगेको छैन । साविकका ती गाविसबाटै ४८ गाउँपालिकाको केन्द्र तोकिएको छ । बाँकी गाविस दुई सय ११ वडामा परिणत भएका छन् । स्थानीय सरकारका प्रत्येक वडामा सडक सञ्जाल हुनु आवश्यक मानिएको छ।सरकारले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सडक विभागमार्फत देशभर झन्डै ७० हजार किलोमिटर सडक निर्माण गरिसकेको छ ।

तर पनि कर्णाली अञ्चलको डोल्पा र हुम्ला जिल्ला सडक सञ्जालबाट जोडिएका छैनन् । यस हिसाबले हुम्लाका सात र डोल्पाका आठवटै गाउँपालिकामा सडक पुग्न सक्ने अवस्था भएन । ग्रामीण कृषि सडकको ट्र्याक खोल्ने र स्तरोन्नति गर्ने डोलिडारका अनुसार प्रदेश १ का ताप्लेजुङका तीन गाउँपालिकाका केन्द्र र १६ वडा केन्द्र, भोजपुरका दुई वडा, सोलुखुम्बुका चार गाउँपालिका र १४ वडा र खोटाङका पाँच वडा केन्द्रमा सडक पुगेको छैन ।

डोलिडारले तीन वर्ष लगाएर गरेको जिल्ला यातायात गुरुयोजना (डीटीएमटी)ले तयार पारेको प्रतिवेदनमा प्रदेश ३ का रामेछापका दुई वडा, दोलखाको एक वडा, काभ्रेका दुई गाउँपालिका र सात वडा, नुवाकोटको एक वडा, रसुवाका दुई वडा, धादिङको एक गाउँपालिका र तीन वडा एवं चितवनको एक गाउँपालिका र एक वडा पनि सडकले जोडिन बाँकी छ ।

यसैगरी प्रदेश ४ को गोरखाका आठ, लमजुङका तीन, तनहुँको एक, कास्कीका दुई, मनाङका दुई, म्याग्दीका ६ र बाग्लुङका दुई वडा बाँकी छन् । प्रदेश ५ मा प्युठानको एक, रोल्पाको एक र रुकुमका ६ वडाका केन्द्रमा सडक जोडिएका छैनन् । प्रदेश ६ मा सल्यानका चार, सुर्खेतका तीन, दैलेखका तीन वडा, जाजरकोटका दुई गाउँपालिका र १० वडा, जुम्लाका दुई वडा, डोल्पाका आठ गाउँपालिका र २१ वडा, कालिकोटका सात गाउँपालिका र २४ वडा, मुगुका दुई गाउँपालिका र १३ वडा एवं हुम्लाका सात गाउँपालिका र २७ वडा सडकविहीन छन् ।

प्रदेश ७ का बाजुराका तीन गाउँपालिका र १० वडा, बझाङको एक गाउँपालिका र सात वडा, डोटीका पाँच वडा, अछामका चार वडा, कैलालीको एक गाउँपालिका र तीन वडा, बैतडीका चार गाउँपालिका र २३ वडा, दार्चुलाका ११ गाउँपालिका र ६६ वडाका केन्द्रमा सडक पुगेको छैन । प्रदेश १ मा चार जिल्लाका सात गाउँपालिका केन्द्र र ३७ वडा केन्द्रमा सडक पुगेको छैन भने दुईका सबै गाउँपालिका र वडामा सडक सञ्जाल पुगेको छ ।

ेप्रदेश ३ का सात जिल्लाका चार गाउँपालिका र १७ वडा केन्द्रमा सडक पुगेको छैन । प्रदेश ४ का सात जिल्लाका २४ वडा केन्द्रमा सडक जोडिएको छैन । प्रदेश ३ का तीन जिल्लाका आठ वडा, ६ का नौ जिल्लाका २६ गाउँपालिका, एक सय सात वडा केन्द्र र प्रदेश ७ का सात जिल्लाका ११ गाउँपालिका र ६६ वडा केन्द्र सडक सम्पर्कविहीन छन् ।

सातवटै प्रदेशका ३७ जिल्लाका ४८ गाउँपालिका र दुई सय ५९ वडा सडक सञ्जालमा जोडिन बाँकी रहेको डोलिडारको ग्रामीण कृषि सडक शाखाका प्रमुख जीवन गुरागाईंले जानकारी दिए । सरकारले एसियाली विकास बैंक (एडीबी), वल्र्ड बैंक, डीएफआईडीलगायत दातामार्फत पनि ग्रामीण सडकमा लगानी गरेको उनको भनाइ छ ।

चालू आर्थिक वर्षमा एक अर्ब रुपैयाँ विनियोजन गरिएको उनले बताए । ‘यसमध्ये जनसहभागितामा आधारित सडकलाई ५५ करोड र गाउँपालिका वा वडा केन्द्र जोड्ने सडकलाई ४५ करोड छुट्याइएको छ’, उनले भने ।

विगतमा सडक प्रयोग र प्रयोगकर्ताको संख्याका दृष्टिले यी सडक प्राथमिकतामा नपरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले बताए । ‘सिंगो गाविसलाई वडा बनाइए पनि त्यहाँ सडक जोडिनैपर्छ भनेर आगामी वर्ष सबै गाउँपालिकाका केन्द्र र वडाकेन्द्र जोड्न मन्त्रालयले बजेटमा विशेष पहल गरेको छ’, उनले भने ।

source:annapurnapost

आजदेखि बाईबाई लोडसेडिङ

काठमाडौं, वैशाख ३१ –

नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो ।

खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको  लोडसेडिङ पनि अन्त्य गरिएको पनि उहाँले बताउनुभयो ।

यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा  लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

बेलाबेला बत्ती जानु लोडसेडिङ होइन : प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले विभिन्न कारणले केहीबेरका लागि बिजुली जाने क्रम लोडसेडिङ नभएको बताएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले अहिलेको प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण/बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मतसम्भार तथा विकास निर्माणका कामका कारण कहिलेकाँही केही समयका लागि बिजुली नआउन सक्ने तर त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताउनुभयो ।

बिहान बेलुका बिजुली कम खपत गर्न आग्रह

विद्युत प्राधिकरणले बिजुलीको माग धेरै हुने बिहान र बेलुकाको सयममा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध गरेको छ । विहान बेलुकाको पिक आवरमा धेरै बिजुली खपत गर्ने उपकरण प्रयोग नगर्न र अरु समयमा पनि बिजुली सकेसम्म कम मात्र खपत गरी ऊर्जा बचतमा सहयोग गर्न प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङले अनुरोध गर्नुभएको छ । उपभोक्ताको सहयोगमा मात्र लोडसेडिङ अन्त्य गर्न सकिने भएकाले प्राधिकरणको अभियानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

चुहावट ६ प्रतिशतले घट्यो, १५ प्रतिशतमा झार्ने लक्ष्य

विद्युत प्राधिकरणले विद्युत चुहावट ६ प्रतिशतले घटाएको छ । यसअघि २६ प्रतिशतसम्म रहेको लोडसेडिङ अहिले २० प्रतिशतमा झरेको प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङले जानकारी दिनुभयो । चुहावट आउँदो वर्षसम्ममा १५ प्रतिशतमा झार्ने गरि काम भइरहेको पनि उहाँले बताउनुभयो ।

source:ujyaaloonline

 

अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न,अध्यक्षमा घिमिरे निर्वाचित

Image may contain: Anilkishor Ghimire, standing
श्याम घिमिरे, बैशाख ३१ पेखरा
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । बैशाख २८ देखी सुरुभएको सम्मेलनले अनिलकिशोर घिमिरेको अध्यक्षतामा २५ पुर्ण र ८ बैकल्पिक गरि ३३ सदस्यीय केन्द्रिय समितीको गठन गरेको छ ।

Image may contain: one or more people and outdoor

Image may contain: 1 person, standing

समितिको उपाध्यक्षहरुमा लक्ष्मण पुन,पियारी थापा,मुकुन्द रोका त्यस्तै महासचिवमा कृष्णराज पाण्डे ,सचीवमा भक्त बिक र प्रशान्त थापा रहेका छन । त्यस्तै कोषाध्यक्षमा भिमसेन बन निर्वाचित भएका छन । सम्मेलनले १११ सदस्यीय राष्ट्रिय परिषदको समेत गठन गरेको छ ।

Image may contain: one or more people, crowd and outdoor

Image may contain: one or more people, crowd and indoor

यसअघि बैशाख २८ गते राजमो अध्यक्ष चित्रबहादुर केसीले एक समारोहका बिच सम्मेलनको उद्घाटन गरेका थिए ।

Image may contain: 1 person