सन्धिखर्कमा नेशनल प्याथ ल्याव सञ्चालनमा

सन्धिखर्कमा नेश्नल प्याथ ल्याव सञ्चालनमाअर्जुन भुसाल,सन्धिखर्क २६ वैशाख 

सन्धिखर्कमा नेश्नल प्याथ ल्यावको शाखा सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले रिवन काटेर ल्यावको उद्घाटन गरे । कार्यक्रममा बोल्दै भुसालले स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा ल्यावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘प्याथ ल्याव सञ्चालनमा आएपछि धेरै खाले रोगको निदान हुने भएको छ’ उनले भने, ‘बाहिरी जिल्ला गएर उपचार गराउनु पर्ने समस्या पनि हल हुने देखिन्छ ।’ उनले जिल्लामै स्तरीय स्वास्थ्य सेवा मिलेपछि गरिव विपन्न वर्गका नागरिकलाई राहत हुने बताए । ‘यस्ले सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रमलाई पनि सहयोग गर्ने विश्वास लिएको छु’ उनले थपे, ‘स्वास्थ्य क्षेत्रको विकासमा निजि क्षेत्रको भूमिका अग्रणि रहेको छ ।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगन्नाथ तिवारीले नेश्नल प्याथ ल्यावको सञ्चालनले बिरामीहरुको उपचारका लागि थप टेवा पुग्ने बताए । उनले जिल्लामा प्याथ ल्यालवको आवश्यकता रहेको बताउँदै सञ्चालनमा आउनु सबैको लागि सुखद भएको बताए । तिवारीले स्वास्थ्य संस्थाहरुले गरिव विपन्न वर्गका नागरिकलाई निशुल्क उपचार सेवा प्रदान गर्नु पर्ने बताए ।

‘प्रत्येक स्वास्थ्य संस्थाहरुले १० प्रतिशत बिरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने कानूनी प्रावधान छ’ उनले भने, ‘यो संस्थाले पनि त्यता तर्फ ध्यान पु¥याउँछ भन्नेमा पूर्ण आशावादी छु ।’ ल्यावका प्रबन्ध निर्देशक पवन जोशीले ०७० सालमा बुटवलबाट सेवा सुरु गरेको संस्थाले हाल भैरहवा, गुल्मी धनगढी, र दाङबाट सेवा दिइरहेको बताए ।

छैठौं शाखाको रुपमा अर्घाखाँचीमा सेवा प्रदान गर्न लागेको उनले बताए । ल्यावका अध्यक्ष रुद्र बहादुर कार्कीले स्वास्थ्य क्षेत्रको विकासमा यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले सरकारी क्षेत्रलाई निजि क्षेत्रको सहयोग अपरिहार्य रहेको भन्दै नेश्नल प्याथ ल्यावले सरकारी अस्पताललाई सहयोग पु¥याउने बताए । ‘हामी १० प्रतिशत भन्दा धेरै बिरामीको निशुल्क उपचार गर्नेछौं’ उनले भने, ‘सम्पूर्ण गरिव विपन्न वर्गको नागरिकको निशुल्क उपचार गर्छौं ।’ अर्का सञ्चालक सरद भुसालले नेश्नल प्याथ ल्याव सबैको साझा संस्था भएको भन्दै सेवा भावका साथ आफूहरु काममा लाग्ने बताए ।

पाणीनिको चित्ररम्भा आधारभुत विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न

हरि प्रसाद भूसाल अर्घाखाँची २६बैशाख

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं २ पोखराथोक रयेलेमा रहेको चित्ररम्भा आधारभुत विद्यालयले विशेष कार्यक्रमका साथ स्वर्ण जयन्ती समारोह सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्दै पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिानी गाउँपालिको शैक्षिक विकासको लागि आफुहरु विशेष योजनाका साथ अगाडि बढिरहेको बताउदै शैक्षिक विकासको लागि हातेमालो गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मन्तव्य राख्दै शिक्षा विकास तथा समन्वय ईकाई अर्घाखाँचीका उप सचिव लिल बहादुर राउतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि स्थानियको विशेष सक्रियताको खाँचो औल्याउनु भएको थियो । कार्यक्रममा पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेल, नयाँ एफ एमका स्टेसन म्यानेजर हरि प्रसाद भुसाल, स्रोत व्यक्ति यादव प्रसाद घिमिरे, ठाकुर घिमिरे, चेतनारायण बेल्वासे, चन्दादाता गणेश गौतम, मदन गौतम, माधव गौतम लगायतले मन्तव्य राख्दै विद्यालयको शैक्षिक सफलताको कामना गरेका थिए ।

विद्यालयका शिक्षक शंकर घिमिरेले संचालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम बहादुर दमैले शैक्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा बिद्यालयले विभिन्न समयमा विभिन्न हिसावले सहयोग गर्ने दाताहरुलाइ सम्मान सहित वार्षिक परीक्षामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाइ पुरस्कृत समेत गरेको थियो । कार्यक्रममा स्वर्गीय भुवनेश्वर गौतमको नाममा छोराहरु गणेश गौतम, शिव गौतम र गोकर्ण गौतमले १ लाख १५ हजारको अक्षयकोष स्थापना गरेका थिए ।

न्यायको पहुँच आम जनतासम्म पुर्‍याउन अदालत लागि परेको छ- न्यायाधीश पौडेल

 

श्याम घिमिरे अर्घाखाँची २६ बैशाख

जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश रामचन्द्र पौडेलले जनताको पहुँच सम्म न्याय क्षेत्रलाई पु¥याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भएको छ । कानुन दिवसको अबसरमा जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा न्यायीक सचेतना अभियान अन्र्तगत न्यायीक संबाद कार्यक्रममा जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई कानुन सम्बन्धी कुरा सिकाउदै न्यायधिस पौडेलले यस्तो बताउनु भएको हो ।

अदालतले गर्ने कामकारबाहीहरुको बारेमा बिद्यार्थी मार्फत न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने प्रमुख उद्धेश्यका साथ सचेतना कार्यक्रमको आयोजना गरीएको भन्दै पौडेलले अदालतबाट जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन आफुहरु तत्पर रहेको बताउनु भयो । जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को दायित्व भएको समेत उहाँले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायब उपरीक्षक एकनारायण कोईराला,सहायक जिल्ला न्यायधीबक्ता रोमकान्त ज्ञवाली, बार ईकाइका अध्यक्ष टंकप्रसाद पोख्रेल,सचिब जगनाथ भुसाल, बैतनिक अधिबक्ता केबि भुसाल , प्रमुख कोष नियन्त्रक शालिग्राम पौडेल, क्याम्पसका सहायक प्रचार्य बुद्धिराम भुसाल, पत्रकार श्याम घिमिरे,स्वबियु कोषध्यक्ष घनश्याम पौडेल लगायतले बिभिन्न बिषयबस्तुहरु माथी केन्द्रीत रहेर आ आफ्नो मनतब्य राख्नु भएको थियो । कार्यक्रम जिल्ला न्याधिश रामचन्द्र पौडेलको अध्यक्षता, श्रेस्तेदार मोहनप्रसाद बेल्वासेको स्वागत मनतब्य र सुचना अधिकारी टेकराज गैरेको सञ्चालन सम्पन्न भएको थियो ।

मालारानीलाई वातावरण मैत्री बनाईने

नबिन केसी २६ बैशाख अर्घाखाँची
मालारानी गाउँपालिकालाई वातावरण मैत्री बनाउन लागी पर्ने व्यापारिहरुले प्रतिबद्धता जनाएका छन । पालिकामा रहेका व्यबसाययहरु वातावरण मैत्री बनाउनको लागी पालिका अध्यक्ष बालकृष्ण आचार्यले जोड दिएका छन ।

पालिकालाई दिउँसोमा बिक्रिबितरण गर्ने मदिरालाई रोक्नु पर्नेमा समेत आचार्यले जोड दिएका छन । कार्यक्रममा योजना अधिकृत नेत्र खनालले बातावरण मैत्रीकाम गर्नु पर्ने भन्दै पूर्ण सरसफाई युक्त पालिका बनाउन सबै लागनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम्मा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री , जनार्दन खनाल लगाएतले मन्तव्य राख्दै पालिकाका व्यबसायीहरु जडिबुटि तथा कृषि क्षेत्रमा समेत व्यबसायीक रुपमा लागी आर्थिकरुपमा पालिकालाई सम्बृद्ध बनाउन लागनु पर्नेमा जोड दिएका थिए ।

पालिकाले गाउँपालिका भित्र रहेका व्यबसायीहरुलाई मगंलबार प्रतिनिधी मुलक रुपमा सहभागी गराई अन्तरक्रिया गरेको प्राबिधीक प्रमुख हरिशचन्द्र पाण्डेले जानकारी दिएका छन ।